
1 विपद् आइपर्नु अगाडि
-
खानेकुरा या पेय पदार्थहरूको जोहो गरिराख्ने, फर्निचरलाई नढल्ने गरी फिक्स्ड गरिराख्ने गर्नुपर्छ।
विपद् आइपर्दा के गर्ने भनेर परिवारसँग निर्धारण गरी राख्ने कार्य पनि महत्त्वपूर्ण हुन्छ।विस्तृतमा निम्न पेज हेर्नुहोस्।
■विपद्को तयारी (TIPS)https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/prepare.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/prepare.html(नेपाली भाषा)
-
आँधीबेहरी (तुफान) आउनुअगाडि खानेकुरा या पेय पदार्थ जोहो गरिराख्ने, बाहिर भएको वस्तुलाई घरभित्र लैजाने जस्ता कार्य गर्ने।
साथै, अहिले भएको ठाउँमा कत्तिको जोखिम छ, कता भाग्दा ठिक हुन्छ भनेर खोजबिन गरिराख्ने, परिवारसँग सम्पर्क गर्ने विधि निर्णय गरिराख्ने।विस्तृतमा निम्न पेज हेर्नुहोस्।
■ठूलो वर्षा र ताइफुन आउनु अघि गर्नुपर्ने कुराहरू (TIPS)https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/rainstorm.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/rainstorm.html(नेपाली भाषा)
-
भारी वर्षा या आँधीबेहरी (तुफान)को जानकारी, निम्न पेजमा हेर्न सकिन्छ।
■मौसम विज्ञान विभाग वेबसाइट (14 भाषा)https://www.data.jma.go.jp/multi/index.html?lang=jp(जापानी भाषा)
https://www.data.jma.go.jp/multi/index.html?lang=np(नेपाली भाषा)
- मौसम पूर्वानुमान या भारी वर्षा/ समुन्द्री आँधीको जानकारी हेर्न सकिन्छ।
- पहिरोजन्य विपद्, डुबान, बाढीका जोखिमहरू छन् छैनन् भन्ने कुरा नक्साको रङ्गले थाहा पाइँन्छ। अहिले आफू भएको ठाउँको नक्सा हेरेर, चाँडै आश्रय लिन गइहालौँ।
पहिरोजन्य विपद्, डुबान, बाढी पस्ने नक्साको रङ्ग हेर्ने तरिकाको लागि निम्न पेज हेर्नुहोस्।
■किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी ) बारे (TIPS)https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/hazard_distribution.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/hazard_distribution.html(नेपाली भाषा)
-
-
भारी वर्षा हुँदा या आँधीबेहरी (तुफान) आउँदा, खोलाको पानी ओभरफ्लो हुने, पहिरो जाने, हावाले सामान उडाइदिने हुन्छ। आश्रय लिन जाने बाहेकको समयमा बाहिर निक्लने काम नगरौँ।
-
बाहिर निक्लिनै परेपनि, खोला या पहाड नजिक नजाने गरौँ।
साथै, भवनहरूको अन्डरग्राउन्ड या सब-वे तिर नजाने गरौँ।
-
-
-
अहिले भएको ठाउँमा कत्तिको पानी आउन सक्छ भन्ने कुरा हजार्ड म्यापहरूमा खोजबिन गरौँ।
■बाढी हजार्ड म्यापको बारेमा (TIPS)
खोज्ने तरिका निम्न पेजमा हेर्नुहोस्।https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/hazard_maps.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/hazard_maps.html(नेपाली भाषा)
-
विपद् आइपर्न सक्ने समयमा मौसम विज्ञान विभाग या अहिले रहनु भएको नगर/गाउँपालिका कार्यालयले “सतर्कता स्तर“ भन्ने सूचना निकाल्छ। सतर्कता स्तर निश्चय गरेर उक्त श्रेणी अनुसारको क्रियाकलाप गर्नुहोस्।
विस्तृतमा निम्न पेज हेर्नुहोस्।
■सतर्कताको स्तरबारे (TIPS)https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/alert_levels.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/alert_levels.html(नेपाली भाषा)
-
अहिले भएको ठाउँ जोखिमपूर्ण भएमा आफन्त वा साथीहरूको घरमा चाँडै आश्रय लिन जाने कुरा महत्त्वपूर्ण हुन्छ।
- बाहिर उज्यालो हुँदा नै, हिँडेर आश्रय लिन जाने।
- बाहिर अँध्यारो छ भने, टर्च लाइट प्रयोग गर्ने।
- बुट जुत्ता भित्र पानी छिर्यो भने गह्रुङ्गो हुने भएकोले खतरनाक हुन्छ। स्पोर्ट्स सुज लगाएर आश्रय लिन जाने।
- पानी जमेको ठाउँ जोखिमपूर्ण हुन्छ। छाता या लौरो आदि प्रयोग गरी, सुरक्षा सुनिश्चित गर्दै हिँड्ने।
- पहाडको नजिक, खोलाको नजिक, जमिन भन्दा होचो सडकहरूबाट नहिँड्ने।
आश्रय लिन जाँदा निम्न कुरामा ध्यान पुऱ्याऔं।
-
आँधीबेहरी (तुफान) आउँदा या भारी वर्षा हुँदा, खोलाको स्थिति हेर्न जानु हुन्न।
भारी वर्षा पश्चात् बाढी आउने पनि हुन सक्छ। भारी वर्षा पछि पनि ध्यान पुऱ्याऔं।खोलाको स्थिति जान्न चाहेमा निम्न पेजबाट हेर्न सकिन्छ।
■खोलाको पानीको तह सम्बन्धी जानकारी (सङ्कट व्यवस्थापन ढाँचागत जल तह मापन एवम् सञ्चालन समिति सचिवालय (नदीनाला जानकारी केन्द्र-FRICS))https://k.river.go.jp/?zm=5&clat=35.687088&clon=138.45645728125004&t=0&dobs=1&drvr=1&dtv=1&dtmobs=1&dtmtv=1(जापानी भाषा मात्र)
खोलाको स्थिति हेर्ने तरिका:
① खोलामा हरियो क्यामेराको मार्क नआउन्जेल, प्लस बटन थिच्ने।
② क्यामेराको मार्क थिच्यो भने, अहिलेको खोलाको भिडियो हेर्न सकिन्छ।
-
-
सतर्कता स्तर भनेको, विपद् आइपर्न सक्ने समयमा मौसम विज्ञान विभाग या अहिले तपाईं रहनु भएको नगर/गाउँपालिका कार्यालयले निकाल्ने सूचना हो।
सतर्कता स्तर, 1 देखि 5 सम्म हुन्छ। श्रेणी पिच्छे गर्नुपर्ने क्रियाकलाप निर्धारण गरिएको छ।
जोखिमपूर्ण ठाउँमा हुनुहुन्छ भने श्रेणी 4 मा पुग्नु अगाडि आश्रय लिन जानुहोस्।सतर्कता स्तर बारेमा निम्न पेज हेर्नुहोस्।
■सतर्कताको स्तरबारे (TIPS)https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/alert_levels.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/alert_levels.html(नेपाली भाषा)
-
“हजार्ड म्याप” भनेको विपद् आइपर्न सक्ने स्थान या विपद् आइपरेको बखतमा आश्रय लिन पाइने ठाउँ थाहा पाउन सकिने नक्सा हो।
हजार्ड म्याप, विपद्को प्रकार या स्थान अनुसार फरक पर्छ।हजार्ड म्याप बारेमा निम्न पेज हेर्नुहोस्।
■बाढी हजार्ड म्यापको बारेमा (TIPS)https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/hazard_maps.html(जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/hazard_maps.html(नेपाली भाषा)
-
अत्याधिक हिउँ पर्ने बेलामा निम्न कुरामा ध्यान पुऱ्याऔं।
- बाटो सजिलै चिप्लिने हुन्छ। नचिप्लिने खालको जुत्ता लगाई पन्जा पनि लगाउने गरौँ।
- हिँड्दा पैताला पुरैले चपक्क टेकेर सानो-सानो कदम चाल्ने।
- ट्रेन या बस रोकिने सम्भावना पनि रहन्छ। समाचारहरूबाट यातायातको जानकारी लिने गरौँ।
- साइकल या बाइकहरू चिप्लिएर लड्न सक्छन्। साइकल या बाइकहरूमा नचढ्नुहोस्।
- मोटरगाडी हाँक्नु पर्दा टायर चेन लगाउने वा शीतकालीन टायरमा बदल्ने।