災害について知る

बाढी हजार्ड म्यापको बारेमा

हजार्ड म्याप भनेको के हो?

हजार्ड म्याप भनेको ठूलो ताइफुन र ठूलो वर्षा, भुकम्प आदिको कारणले विपद् आउन सक्ने ठाउँहरू र विपद् आएको बेला सुरक्षाको लागि जाने ठाउँहरू आदि थाहा हुने नक्सा हो।
प्रत्येक सहरको आफ्नै हजार्ड म्याप हुन्छ।

आफू बसोबास गरिरहेको सहरको हजार्ड म्याप हेरेर विपद्को बेला आफ्नो घर वरिपरि के हुन्छ भन्ने कुरा थाहा पाइराख्नुहोस्।

बाढी हजार्ड म्यापको बारेमा

[उदाहरण: आराकावाको खण्डमा]

हजार्ड म्यापका किसिमहरू

बाढी हजार्ड म्याप, भित्री पानी निस्किने हजार्ड म्याप, उच्च समुद्र सतह हजार्ड म्याप, पहिरो विपद् हजार्ड म्याप आदि विपद् अनुसार छुट्टाछुट्टै हजार्ड म्याप हुन्छ।

  • बाढी

    यसको अर्थ नदीको पानी ओभरफ्लो भई सडकमा आउनु हो।

  • भित्री पानी निस्किने

    यसको अर्थ आकाशबाट परेको पानी नदीमा जान नसकी सडकमा ओभरफ्लो हुनु हो। धेरैजसो एकै ठाउँमा ठूलो मात्रामा वर्षा भएको बेला यस्तो हुन्छ।

  • उच्च समुद्र सतह

    यसको अर्थ सहरसम्म समुद्रको पानी आउनु हो। यसको कारण समुद्रको उचाइ उच्च भएको बेला शक्तिशाली हुरी चलेर छाल ठूलो हुनु हो। धेरैजसो ताइफुन वा न्यून वायुमण्डलीय चापको बेलामा यस्तो हुन्छ। समुद्र नजिक नभए तापनि नदीबाट छालहरू माथितिर आउने अवस्थाहरू पनि हुन्छन्।

    बाढी हजार्ड म्यापको बारेमा

  • पहिरो विपद्

    यसको अर्थ वर्षाले गर्दा पहाड र भीरमा पहिरो जानु हो।

    पानीको विपद्को हजार्ड म्यापबाट पानी आउन सक्ने ठाउँहरू, पानी आउने उचाइ र पानी बाँकी रहने समय थाहा हुन्छ।

    यी बाहेक भुकम्प, सुनामी आदिको पनि हजार्ड म्यापहरू छन्।

    हजार्ड म्याप प्राप्त गर्ने तरिक

    सहर कार्यालयहरूमा पाइन्छ। सहर कार्यालयहरूको HP मा हेर्न पनि सकिन्छ।
    विभिन्न भाषाहरूमा हजार्ड म्याप बनाएका सहरहरू पनि छन्।

    अर्को पृष्ठमा टोक्यो जिल्लामा भएका सहर (माची) हरू को बाढी हजार्ड म्यापको URL संग्रह गरिएको छ।

    आफू बसोबास गरिरहेको सहर (माची) चयन गर्‍यो भने हजार्ड म्यापको पृष्ठ खुल्छ।

    टोक्यो जिल्लाको निर्माण ब्यूरो (जापानी भाषा)

    तलको साइटमा विभिन्न हजार्ड म्यापहरू खोज्न सकिन्छ।

    भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय "हजार्ड म्याप पोर्टल साइट" (जापानी भाषा)

    बाढी हजार्ड म्यापको बारेमा

Hazard Map (खतरा ठाउँको नक्शा) खोज्ने तरिका यसरी हो l
         
  1. आफू खोज्न चाहेको ठाउँ चयन गर्ने

    ①[ठाउँ चयन गर्ने] को [प्रदेश]मा [टोकियो प्रदेश] चयन गर्ने 

    ②「महानगरपालिका/वडा/उपमहानगरपालिका/गाउँपालिका] मा खोज्न चाहेको सहर चयन गर्ने

    ③[खोज्ने बटन] थिच्ने

    बाढी हजार्ड म्यापको बारेमा

  2. हेर्न चाहेको हजार्ड म्यापको [लिङ्क खोल्ने] मा क्लिक गर्ने।

    बाढी हजार्ड म्यापको बारेमा

  3. हजार्ड म्यापको लिङ्क भएको पृष्ठ खोलिने हुनाले फाइल खोल्ने।

    बाढी हजार्ड म्यापको बारेमा

    [उदाहरण: च्युओ सहरको HP]

    विपद्को बेला आफ्नो घर नजिक के हुन्छ भन्ने कुरा हजार्ड म्याप हेरेर थाहा पाइराख्नुहोस्।
    विशेष गरी टोक्योमा धेरै नदीहरू छन्।
    बाढी हजार्ड म्याप हेरेर ताइफुन र ठूलो वर्षाको बेलाको सुरक्षित ठाउँमा जाने योजना बनाउनुहोस्।
    सुरक्षित ठाउँमा जाने योजना बनाउने बेला "माइ-टाइमलाइन" सुविधाजनक हुन्छ।

    सामान्य सम्मिलित संस्था स्थानीय सरकार अन्तराष्ट्रीयकरण संघ "माइ-टाइमलाइन" (जापानी भाषा)

    बाढी हजार्ड म्याप हेर्ने तरिका

    प्रत्येक नदीको लागि छुट्टाछुट्टै बाढी हजार्ड म्याप बनाइएका अवस्थाहरू पनि हुन्छन्।
    डुबानको गहिराइ (नदीको पानी पुग्ने उचाइ) को हजार्ड म्याप र डुबेको अवस्था कायम रहने समय (नदीको पानी बाँकी रहने समय) को हजार्ड म्याप फरक हुने अवस्थाहरू पनि हुन सक्छन्
    आफू बसोबास गरिरहेको सहर (माची) को सबै हजार्ड म्यापहरू हेरेर निम्न कुराहरू थाहा पाइराख्नुहोस्।

    बाढी हजार्ड म्यापको बारेमा

    1. आफू बसोबास गरिरहेको ठाउँको डुबानको गहिराइ (नदीको पानी पुग्ने उचाइ)

      उचाइ अनुसार कति जतिसम्म पानी पुग्छ भन्ने कुरा थाहा पाउनको लागि तलको चित्र हेर्नुहोस्।

      बाढी हजार्ड म्यापको बारेमा

    2. आफू बसोबास गरिरहेको ठाउँको डुबेको अवस्था कायम रहने समय (पानी बाँकी रहने समय)

    3. आफू बसोबास गरिरहेको ठाउँ "घर भत्किने जस्ता पानी ओभरफ्लो हुने अनुमान गरिएको क्षेत्र"
      (नदीको पानी ओभरफ्लो भई घर भत्किन सक्ने ठाउँ) हो वा होइन।

    ① - ③थाहा पाएपछि कहिले, कहाँ, कसरी भागेर जाँदा राम्रो हुन्छ भन्ने कुरा निर्धारण गर्नुहोस्।

भागेर जाने ठाउँ

पानी पुग्ने उचाइ (①) अनुसार कहाँ भागेर जाँदा राम्रो हुन्छ भन्ने कुरा विचार गर्नुहोस्।

  • घर भित्र माथिपट्टि जाने

    बाढी हजार्ड म्यापको बारेमा

  • भवनको माथिल्लो तल्लामा जाने

    बाढी हजार्ड म्यापको बारेमा

  • घर बाहिरको सुरक्षित ठाउँमा जाने

    बाढी हजार्ड म्यापको बारेमा

    (③)को जवाफ "हो" भएको अवस्थामा घर बाहिरको सुरक्षित ठाउँमा जानुहोस्।

    केही भागेर जाने ठाउँहरू विचार गर्नुहोस्।

    • आश्रय स्थल जस्ता सुरक्षित ठाउँहरू
    • नदीको पानी नआउने नजिकको सुरक्षित तथा बलियो भवन
    • नदीको पानी नआउने परिवार वा साथीको घर

भागेर जाने ठाउँ

भागेर जाने ठाउँ तोकेपछि भागेर जाने बाटो, भागेर जाने तरिका (हिँड्ने/ट्रेन/सवारी साधन आदि) र भागेर जानको लागि लाग्ने समय विचार गर्नुहोस्।
सुरक्षित बाटो चयन गर्नुहोस्।

बाढी हजार्ड म्यापको बारेमा

तयारी गरेर राख्ने कुराहरू

अहिलेदेखि नै बाढीको कारणले बाहिर निस्किन नसकिने बेलामा आवश्यक कुराहरू र भागेर जाने बेला आफूसँग लिएर जाने कुराहरू तयारी गरेर राख्नुहोस्।
कति जति पानी बाँकी रहन्छ (②) बाट लगभग कति परिमाण आवश्यक पर्छ भन्ने कुरा विचार गर्नुहोस्।

  • ठूलो ताइफुन र ठूलो वर्षाको बेला

    ठूलो ताइफुन र ठूलो वर्षाको कारणले बाढी आउन सक्ने बेला यसपटक बनाएको सुरक्षित ठाउँमा जाने योजनाको उपयोग गर्नुहोस्।
    मौसम विज्ञान नियोग र अहिले तपाई हुनुभएको सहर (माची) ले जारी गर्ने "सतर्कता स्तर" निश्चय गर्दै सुरक्षाको लागि कहिले, कहाँ जाने भन्ने कुरा निर्धारण गर्नुहोस्।

    सतर्कताको स्तरबारे(8 भाषाहरू)