災害について知る
जापानको भूकम्पको बारेमा
जापान अत्यन्तै धेरै भूकम्प आउने देश हो।
भूकम्प कहिले, कहाँ आउँछ भन्ने कुरा थाहा हुँदैन।
भूकम्पको बारेमा थाहा पाइराख्नु महत्त्वपूर्ण हुन्छ।
भूकम्प भनेको के हो?
भूकम्प भनेको जमिन हल्लिनु हो।
ठूलो भूकम्प आएको बेला निम्न कुराहरू हुन्छन्।
- भवनहरू भत्किन्छन्।
- अग्ला ठाउँहरूबाट सामानहरू खस्छन्।
- हल्लिन रोकिए पनि त्यसपछि धेरै पटक हल्लिन्छ।
*यसलाई परकम्प भनिन्छ। - हल्लिनाले सुनामी आउँछ र आगलागी हुन्छ।
भूकम्पको "मानक (साइज)" भनेको के हो?
भूकम्पको मानक (साइज) लाई जनाउने ①म्याग्निट्यूड र ②भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) नामक दुई वटा एकाइहरू छन्।
-
म्याग्निट्यूड
यसले भूकम्पको ऊर्जाको परिमाण (साइज) लाई जनाउँछ। यो संसारभरि प्रयोग गरिन्छ।
-
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो)
यसले एक निश्चित ठाउँ कत्तिको हल्लियो भनेर जनाउँछ।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 0 (सबैभन्दा कम स्तर) देखि भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 7 (सबैभन्दा ठूलो स्तर) सम्म हुन्छन्।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) को 5 र 6 मा "तल्लो" र "माथिल्लो" हुने हुनाले सबै गरेर 10 स्तरहरू छन्।
यी 10 स्तरहरूको भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) जापानमा मात्र प्रयोग गरिने मानक हो।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 0
हल्लिएको कुरा महसुस हुँदैन।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 1
भवन भित्र शान्त भएर बसेका व्यक्तिहरू मध्ये केहीले हल्लिरहेको कुरा थाहा पाउँछन्।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 2
भवन भित्र शान्त भएर बसेका धेरै व्यक्तिहरूले हल्लिरहेको कुरा थाहा पाउँछन्।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 3
भवन भित्र रहेका प्रायः व्यक्तिहरूले हल्लिरहेको कुरा थाहा पाउँछन्।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 4
प्रायः व्यक्तिहरूलाई अचम्म लाग्ने गरी हल्लिन्छ।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 5 तल्लो
धेरै व्यक्तिहरूलाई डर लाग्ने गरी हल्लिन्छ।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 5 माथिल्लो
कुनै चिजमा समातेन भने हिँड्न गाह्रो हुन्छ।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 6 तल्लो
उभिएर बस्न गाह्रो हुन्छ।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 6 माथिल्लो
उभिएर बस्न सकिँदैन। लड्ने अवस्थाहरू पनि हुन सक्छन्।
भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 7
उभिएर बस्न सकिँदैन। लड्ने अवस्थाहरू पनि हुन सक्छन्। ढल्कने र पल्टने भवनहरू धेरै हुन्छन्।
ठूलो भूकम्प आएको कुरा जानकारी गराउने प्रणाली
जापानमा ठूलो भूकम्प आउनु भन्दा केही क्षण अघि मोबाइल फोन, स्मार्ट फोन, टि.भी., रेडियो आदिमा विशेष आवाज बजाउने प्रणाली छ। यसलाई भूकम्पको आपत्कालीन समाचार (ब्रेकिङ न्यूज) भनेर भनिन्छ।
यो आवाज बज्यो भने तुरुन्तै बेस्कन हल्लिन्छ।
तुरुन्तै आफू जोगिने कदमहरू चाल्नुहोस्।
कस्तो आवाज बज्छ भन्ने कुरा जान्नको लागि निम्न साइटमा हेर्नुहोस्।
भत्किन सक्ने वस्तुहरु वा खस्न सक्ने चीजहरुबाट अलग रहेर आफ्नो टाउको जोगाउनुहोस्।
आवाजको उदाहरण)
स्मार्ट फोन र मोबाइल फोन | https://www.youtube.com/watch?v=4gZW7HRHJmM (जापानी भाषा) |
---|---|
टि.भी. र रेडियो | https://nettv.gov-online.go.jp/prg/prg9152.html (जापानी भाषा) |
भवन भित्र गरिने अनाउन्स | http://www.real-time.jp/?page_id=465 (जापानी भाषा) |
स्तम्भ लेख 1 : किन जापानमा धेरै भूकम्प आउँछ?
पृथ्वीको सतहलाई कडा प्लेटहरूले ढाकेका हुन्छन् र यी प्लेटहरू बिस्तारै चलिरहेका हुन्छन्। यी प्लेटहरूको चालको कारण भूकम्प आउँछ।
जापानको वरिपरि ४ वटा प्लेटहरु एक अर्कासित ठोकिरहेका छन्। त्यसकारण भूकम्प जाने जोखिम बढी हुन्छ। भूकम्पका केही प्रकारहरू छन्।
समुद्रको भूकम्प
समुद्रको प्लेट भूमिको प्लेट मुनि पस्ने बेला, भूमिको प्लेटको छेउको भाग पनि सँगै भित्र पस्छ।
भित्र पसेको भूमिको प्लेट पहिलेकै आकारमा फर्किँदा जोड लगाएर फर्किन्छ।
यो बेला भूकम्प आउँछ। यो समुद्रको भूकम्प हो।
भूमिको भूकम्प
समुद्रको प्लेटले भूमिको प्लेटलाई ठेल्ने वा तान्ने गर्यो भने भूमिको प्लेटमा शक्ति पर्न जान्छ।
यो शक्तिले भूमिको प्लेट माथिको जमिन चर्किएर छुट्टिन्छ।
यो बेला भूकम्प आउँछ। यो भूमिको भूकम्प हो।
स्तम्भ लेख 2 : जापानमा आएका भूकम्पहरू
1990 साल पछि तलका 2 वटा भूकम्पहरूले ठूलो क्षति भयो।
2011 साल: पूर्वी जापान महाभूकम्प
जापानको तोहोकु (उत्तर पूर्वी) क्षेत्रको प्रशान्त महासागर किनारमा ठूलो भूकम्प गयो।
यो संसारको चौथो ठूलो भूकम्प हो।
यो भूकम्पको कारण आएको सुनामीले धेरै मान्छेहरूको मृत्यु भयो।
15 हजार भन्दा बढी मान्छेहरूको मृत्यु भयो भने अहिले पनि 2500 भन्दा बढी हराएका छन्।
यो भूकम्पको म्याग्निट्यूड 9.0 र सबैभन्दा ठूलो भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 7 रहेको थियो।
1995 साल: हान्सिन-आवाजी महाभूकम्प
ह्योगो जिल्लाको कोबे सहरमा केन्द्रित ठूलो भुकम्प गयो।
यो भूकम्प बिहान सबेरै आएको हुनाले त्यो बेला धेरै मान्छेहरू सुतिरहेका थिए र धेरै मान्छेहरूको गह्रुँगो सामानले थिचेर मृत्यु भयो। 6 हजार भन्दा बढी मान्छेहरूको मृत्यु भयो।
यो भूकम्पको म्याग्निट्यूड 7.3 र सबैभन्दा ठूलो भूकम्पीय तीव्रता गुणाङ्क (सिन्दो) 7 रहेको थियो।