災害について知る

सतर्कताको स्तरबारे

विपद् आइपर्ने सम्भावना भएको बेला मौसम विज्ञान नियोग र तपाईं अहिले हुनु भएको सहरले "सतर्कता स्तर" भनिने सूचना जारी गर्दछ।
सबै गरेर 5 वटा सतर्कता स्तरहरू छन्। स्तर अनुसार चाल्ने कदमहरू तोकिएका छन्।
खतरा भएको ठाउँमा भएको बेला सतर्कता स्तर 4 सम्ममा सुरक्षित ठाउँमा जानुहोस्।

画像01_スマホ警報

  • सतर्कता स्तर 1

    मौसम विज्ञान नियोगले सूचना जारी गर्दछ।
    टि.भी. र इन्टरनेटमा यसपछिको मौसम निश्चय गर्नुहोस्।
    ठूलो वर्षा र ताइफुन आउने बेला गर्नुपर्ने तयारी गर्नुहोस्।

  • सतर्कता स्तर 2

    मौसम विज्ञान नियोगले सूचना जारी गर्दछ।
    तपाईं अहिले हुनु भएको सहरको होमपेजमा कहाँ, कसरी सुरक्षित ठाउँमा जाने भन्ने कुरा निश्चय गर्नुहोस्।

  • सतर्कता स्तर 3

    तपाईं अहिले हुनु भएको सहरले सूचना जारी गर्दछ।
    सुरक्षित ठाउँमा जान समय लाग्ने व्यक्तिहरू सुरक्षित ठाउँमा जानुहोस्।
    ती बाहेकका अन्य व्यक्तिहरूले सुरक्षित ठाउँमा जाने तयारी गर्नुहोस्।

  • सतर्कता स्तर 4

    तपाईं अहिले हुनु भएको सहरले सूचना जारी गर्दछ।
    केही समय भित्र नै विपद् आउन सक्छ।
    खतरा ठाउँमा भएका व्यक्ति चौतो स्तरको अवस्थासम्ममा सुरक्षित ठाउँमा भाग्नुहोस् l

  • सतर्कता स्तर 5

    तपाईं अहिले हुनु भएको सहरले सूचना जारी गर्दछ।
    विपद् आइसकेको छ।
    तुरुन्तै माथिल्लो तल्लामा जाने, झ्यालबाट टाढाको ठाउँमा बस्ने जस्ता सुरक्षित ठाउँमा गएर बस्नुहोस्।

防災リーフレット_ネパール語

तलको साइटमा सुरक्षित ठाउँमा जाने तरिका हेर्नुहोस्।

मन्त्रिमण्डल प्रकोप रोकथाम जानकारीको पाना (PDFमा बहुभाषा QR code छ)

तोकिएको सुरक्षित स्थान र आश्रय स्थल कहाँ छ भन्ने कुरा थाहा पाउनको लागि तलको साइट हेर्नुहोस्।

टोक्यो महानगरपालिका विपद् रोकथाम नक्सा(मेसिनद्वारा अनुवादित वाक्यहरू पनि छन् [अंग्रेजी, चिनियाँ र कोरियन भाषा])