災害について知る
ठूलो वर्षा र ताइफुन आउनु अघि गर्नुपर्ने कुराहरू
अग्रिम रूपमा तयारी गरेमा ठूलो ताइफुन र लामो वर्षाको कारण आउने विपदबाट हुने क्षतिलाई कम गर्न सकिन्छ।
समाचार र मौसम पूर्वानुमानमा तपाईं बसोबास गर्नुहुने सहरमा ठूलो ताइफुन आउँछ वा ठूलो वर्षा हुन्छ भनेर भनिएको बेला निम्न कुराहरू गर्नुहोस्।
घर भित्र गर्ने कुराहरू
- बाहिर निस्किन नसक्ने अवस्था पनि आउन सक्छ। पानी र खानेकुराको व्यवस्था गर्नुहोस्।
- बिजुली रोकिन सक्छ। टर्चलाइटको व्यवस्था गरी, मोबाइल फोन चार्ज गर्नुहोस्।
- पानी रोकिन सक्छ। बाथटबमा पानी भर्नुहोस्।
भुईँ तल्लामा घर भएका व्यक्तिहरू…
- मूल ढोका र भुईँ तल्लामा पानी पस्न सक्छ। मूल ढोका र भुईँ तल्लामा भएका सामानहरू अग्लो ठाउँमा सार्नुहोस्।
- विद्युतीय उपकरणहरूको कोड सकेटबाट थुत्नुहोस्।
शक्तिशाली हुरी आउने बेला…
- झ्याल फुटेको बेला सिसा नछरिने गरी पर्दा बन्द गरी क्लिप आदि लगाउनुहोस्।
घर बाहिर गर्ने कुराहरू
-
सजिलै पानी बग्ने गरी ड्रेन पाइप र बरन्डाको पानी निस्कने नाली सफा गर्नुहोस्।
*ड्रेन पाइप: आकाशबाट परेको पानी बगाउनको लागि बनाइएको पाइप
*पानी निस्कने नाली: आकाशबाट परेको पानी आदि जम्मा गरी बगाउनको लागि बनाइएको नाली
-
शक्तिशाली हुरीले बाहिर भएको सामानहरू नउड्ने र आकाशबाट परेको पानीले नबगाउने गरी निम्न कुराहरू गर्नुहोस्।
- गमला, चप्पल जस्ता बगैंचा र बरन्डामा भएका कुराहरू घर भित्र राख्नुहोस्।
- लुगा सुकाउने डण्डी, साइकल जस्ता घर भित्र नपस्ने ठूला सामानहरूलाई जमिनमा राख्ने र ढलाएर राख्ने गर्नुहोस्।
*लुगा सुकाउने डण्डी: धोएको लुगा सुकाउने डण्डी
- गमला, चप्पल जस्ता बगैंचा र बरन्डामा भएका कुराहरू घर भित्र राख्नुहोस्।
जानकारी सङ्कलन गर्ने
-
तपाईं अहिले हुनु भएको ठाउँ सजिलै बाढी र पहिरो विपद् आउने अनि भित्री पानी निस्किने ठाउँ हो वा होइन भन्ने कुरा हजार्ड म्यापमा निश्चय गर्नुहोस्।
*भित्री पानी निस्किने: ढल भरिएर सडकमा पानी ओभरफ्लो हुने कुरा
तलको साइटमा पत्ता लगाउन सकिन्छ।
भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय "हजार्ड म्याप पोर्टल साइट (जापानी भाषा मात्र)
-
खतरा नजिकिँदै आएमा कुन सडक भएर कहाँ भाग्ने भन्ने कुरा अग्रिम रूपमा तोकेर राख्नुहोस्।
नजिकै भएको दुई तल्ला वा सोभन्दा बढीको बलियो भवन र आश्रय स्थल भएको ठाउँ निश्चय गर्नुहोस्।
तपाईं अहिले हुनु भएको ठाउँमा खतरा भएको बेला चाँडै परिवार वा साथीको घरमा जाने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
-
कुन ठाउँलाई आश्रय स्थलको रूपमा प्रयोग गरिन्छ भन्ने कुरा तलको साइटमा निश्चय गर्न सकिन्छ।
टोक्यो महानगरपालिका विपद् रोकथाम नक्सा (मेसिनद्वारा अनुवादित वाक्यहरू पनि छन् [जापानी, अंग्रेजी, कोरियन र चिनियाँ भाषा])
-
सुरक्षित ठाउँमा जाने योजना बनाउने तरिकाको लागि अन्तिम स्तम्भ लेख ②: "माइ-टाइमलाइन बनाउनुहोस्" हेर्नुहोस्।
-
-
कहिले ताइफुन आउँछ र कहिले वर्षा हुन्छ भन्ने कुरा थाहा पाउनको लागि पटक-पटक मौसम पूर्वानुमान हेरेर निश्चय गर्नुहोस्।
मौसम विज्ञान नियोग HP (14 भाषाहरू)
- ट्रेन र बस रोकिन सक्छ। ट्रेन र बसको स्थिति निश्चय गर्नुहोस्।
तपाईं अहिले हुनु भएको सहरबाट खतराबारे जानकारी गराउने सूचना आयो भने
सतर्कता स्तर 3 (वृद्धवृद्धा आदि सुरक्षित ठाउँमा जाने) वा सोभन्दा बढी भयो भने तपाईं अहिले हुनु भएको सहरबाट मोबाइल फोनमा सूचना आउँछ।
सूचना आएपछि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
(मोबाइल फोनको सेटिङ अनुसार सूचना नआउने अवस्थाहरू पनि हुन्छन्।)
- सुरक्षित ठाउँमा जाने बाहेक अन्य कार्यहरूको लागि घर बाहिर ननिस्किनुहोस्।
-
तपाईं अहिले हुनु भएको ठाउँको स्थिति निश्चय गर्नुहोस्।
-
तलको साइटमा चेतावनी जारी गरिएका ठाउँहरू र आश्रय स्थल खुलेका ठाउँहरू निश्चय गर्न सकिन्छ।
टोक्यो महानगरपालिका विपद् रोकथाम नक्सा (मेसिनद्वारा अनुवादित वाक्यहरू पनि छन् [जापानी, अंग्रेजी, कोरियन र चिनियाँ भाषा])
-
तलको साइटमा चेतावनी जारी गरिएका ठाउँहरू र आश्रय स्थल खुलेका ठाउँहरू निश्चय गर्न सकिन्छ।
-
सतर्कता स्तर अनुसारका आवश्यक कदमहरू चाल्नुहोस्।
-
सतर्कता स्तर अनुसार चाल्नुपर्ने कदमहरूको लागि तलको लेख हेर्नुहोस्।
सतर्कताको स्तरबारे (8 भाषाहरू)
-
जसरी भएपनि बाहिर नगईकन नहुने बेलामा
जसरी भएपनि बाहिर नगईकन नहुने बेलामा निम्न कुराहरूमा ध्यान दिनुहोस्।
- बिजुली रोकियो भने चल्न नसक्ने हुने हुनाले लिफ्टमा नचढ्ने।
- भूमिगत मार्गको प्रयोग नगर्ने।
- नदी नजिक नजाने।
- म्यानहोल नजिक नजाने।
- पहाड र भीर नजिक नजाने।
- ओभरफ्लो भएको पानीको कारण चल्न नसक्ने हुने सम्भावना भएकोले सवारी साधनको प्रयोग नगर्ने।
गर्न नहुने कुराहरू
लामो अवधि वर्षा भइरहेको बेला र ताइफुनको कारण धेरै वर्षा हुने बेला अचानक नदीको पानी ओभरफ्लो हुने र पहाडमा पहिरो जाने गर्छ।
कदापि नदी र पहाडको स्थिति हेर्न नजानुहोस्।
सुरक्षित ठाउँमा जाने बेला
टाढाको सुरक्षित ठाउँमा जानु भन्दा पनि नजिकै भएको दुई तल्ला वा सोभन्दा बढीको बलियो भवन वा आश्रय स्थलमा जानुहोस्।
उज्यालो भएकै बेला सकेसम्म सामूहिक रूपमा सुरक्षित ठाउँमा जानुहोस्।
सुरक्षित ठाउँमा जान गाह्रो अवस्थामा…
दुई तल्ला वा सोभन्दा माथि र मूल ढोका, झ्याल, पहाडको भिरालो ठाउँबाट टाढाको ठाउँ जस्ता सकेसम्म घर भित्रको सुरक्षित ठाउँमा बस्नुहोस्।
वर्षा रोकिए पछि पनि…
वर्षा रोकिए पछि पनि नदीमा पानी जम्मा भई नदीबाट पानी ओभरफ्लो हुने अवस्थाहरू हुन्छन्। केही समय सुरक्षित ठाउँमा बसिरहनुहोस्।
स्तम्भ लेख ①: मुसलधारे भारी वर्षा
साँघुरो क्षेत्रमा छोटो अवधिमा अत्यन्तै भारी वर्षा हुने कुरालाई "मुसलधारे भारी वर्षा" भनेर भनिन्छ।
"मुसलधारे भारी वर्षा" हुनु अघि अचानक आकाश अँध्यारो भई चिसो हावा चल्छ।
मुसलधारे भारी वर्षा भएको बेला निम्न कुराहरू गर्नुहोस्।
- वर्षा हुन नरोकिएसम्म सुरक्षित ठाउँमा पर्खने।
- अन्डरग्राउन्डमा भएको बेला तुरुन्तै जमिनमा जाने।
- नदीबाट टाढा रहने।
कहिले वर्षा गराउने बादल पार हुन्छ भन्ने कुरा जान्नको लागि वर्षा बादल रेडारमा निश्चय गर्ने।
वेदर न्यूज "वर्षा बादल रेडार" (जापानी भाषा)
स्तम्भ लेख ②: माइ-टाइमलाइन बनाउनुहोस्
"माइ-टाइमलाइन" भनेको ठूलो ताइफुन र ठूलो वर्षाको बेला आफूले कहिले, कसरी आवश्यक कदमहरू चाल्ने भन्ने कुराको योजना बनाउने टुल हो।
प्रश्नको जवाफ दिई आफू सुरक्षित ठाउँमा जाने योजना बनाउनुहोस्।
14 भाषाहरूमा बनाउन सकिन्छ।
सामान्य सम्मिलित संस्था स्थानीय सरकार अन्तराष्ट्रीयकरण संघ माइ-टाइमलाइन (जापानी भाषा)