災害について知る

विपद्को तयारी

विपद् कहिले आइलाग्छ कसैलाई थाहा हुदैन ।
हरबखत तयार गरेर बस्न महत्वपुर्ण हुन्छ ।

सामाग्रीको तयारी

विपद् आइलाग्यो भने बिजुली, ग्यास, पानीको आपूर्ति बन्द हुनसक्छ ।
सुपरमार्केट वा कन्भिनियन्ट स्टोरमा खाद्यपदार्थ तुरुन्त बिक्री भएर सकिन्छ ।
पसल बन्द हुने अवस्था पनि धेरै हुन्छ ।
विपद्को तयारी गर्दा खाद्यपदार्थ आदि सङ्कलन द्वारा जम्मा गरेर राख्ने कामलाई जापानी भाषामा 'बिचिकु' भनिन्छ ।
दैनिक जीवनमा आवश्यक वस्तु, 3 दिनको भाग अथवा सकेसम्म 1 हप्ताको भाग तयार गरौं ।

विपद्को तयारी

पिउने वस्तु, खाने वस्तु

  • पिउने पानी: 1 जना 1 दिनमा 3 लिटर

  • खाद्यपदार्थ: भात(*अल्फा माइ आदि), कप रामेन, क्यानमा हालिएका पदार्थ, रेडमेड फुड, भेजिटेबल जुस, एक्स्ट्रा न्युट्रिसनल फुड (सजिलैसँग पौष्टिक पदार्थ प्राप्त गर्न सकिने खाद्यपदार्थ) चकलेट आदि

    *पानी वा तातो पनि हालेर मात्र खान सक्ने चामल

विपद्को तयारी

दैनिक जीवनमा आवश्यक वस्तु

  • दैनिक जीवनमा प्रयोग गर्ने पानी: पेय पदार्थको ठूलो प्लास्टिक बोटल वा बाथटबमा पानी जम्मा गरेर राख्ने

  • आकस्मिक शौचालय, टोइलेट पेपर

  • पोर्टेवल ग्यास चुलो, ग्यास सिलिन्डर

  • टर्चलाइट

  • सधैं सेवन गर्ने गरेको औषधि र औषधि

  • फेर्ने लुगा, अन्डरवेयर

  • मोबाइल फोन आदिको ब्याट्री, सेल ब्याट्री

भएमा उपयोगी हुने वस्तु

  • प्लास्टिकको झोला, फोहोरको झोला

  • र्‍यापर

  • डिस्पोजेवल कायरो

  • लाइटर

  • ट्स्युपेपर, वेटट्युस्यु

  • रेडियो

खाद्यपदार्थ, सेल ब्याट्री, र्‍यापर, सेनेटरीका सामानहरू, डायपर, कन्ट्याक्ट लेन्स, ग्यास सिलिन्डर आदि सधैं प्रयोग गरिने सामानहरू अलिकति बढि मात्रामा किनेर पुरानो वस्तुबाट चलाउने गरौं ।

टोक्यो महानगरपालिका विपद् रोकथाम होमपेज "निचिज्यो बिचिकु"लाई प्रोत्साहन गरौं भन्ने नाराको अंग्रेजी भाषा संस्करणको जानकारीपत्र (जापानी भाषा, अंग्रेजी भाषा)

टोक्यो बिचिकु नाभिगेसन (जापानी भाषा, अंग्रेजी भाषा)

सुरक्षित आश्रय स्थलमा लिएर जाने वस्तुहरू

विपद्को कारणले घरमा बस्न नसकिने बेला सुरक्षित आश्रय स्थलमा गइन्छ ।
सुरक्षित आश्रय स्थलमा लिएर जाने वस्तुहरूलाई विपद् आइपर्दा प्रयोग गरिने झोला भित्र हालेर राख्ने र जुनसुकै बेला पनि निकाल्न सकिने गरिराखौं ।
विस्तृत जानकारीको लागि अर्को पृष्ठमा हेर्नुहोस् ।

सुरक्षित आश्रय स्थलको बारेमा (8 भाषाहरू)

घर भित्रको तयारी

भूकम्पको बेला फर्निचरहरू ढल्ने, सामानहरू खस्ने, चोटपटक लाग्ने हुनसक्छ ।
घर भित्र पनि विपद् आइपर्दाको तयारी गरिराखौं ।

फर्निचर

निम्न अवस्थामा, फर्निचरको स्थान परिवर्तन गरिन्छ ।

  • फर्निचर ओछ्यानको माथि ढल्ने स्थानमा छ ।

  • फर्निचर ढल्यो भने, ढोका नखुल्ने वा हलवे पार गर्न नसकिने अवस्था छ ।

विपद्को तयारी

ठूलो फर्निचर नचल्ने गरि राखिन्छ ।

  1. फलामे पेचले बाँध्ने

  2. अड्याउने रडले बाँध्ने

  3. ऐडेसिभ सिटको माथि राख्ने

  4. चेनले बाँध्ने

विपद्को तयारी

तखता

  • हलुका वस्तु माथि, गह्रुङ्गो वस्तु तल राखिन्छ । भूकम्पको बेला, भित्र राखिएको वस्तुको हल्लाइ कम हुन्छ ।

विपद्को तयारी

झ्यालको सिसा

  • झ्यालमा मात्र प्रयोग गर्ने फिल्मलाई झ्यालमा टाँसिन्छ । सिसा फुटेको बेला नछरिने हुन्छ ।

विपद्को तयारी

सुत्ने स्थान

  • नजिकमा विपद् आइपर्दा प्रयोग गरिने झोला राखिन्छ ।

  • जुनसुकै बेलापनि भाग्न सकिने गरि स्लिपर वा जुत्तालाई आफ्नो नजिकमा राखिन्छ ।

विपद्को तयारी

विस्तृत जानकारीको लागि अर्को पृष्ठमा हेर्नुहोस् ।

टोक्यो महानगरपालिका विपद् रोकथाम होमपेज निवासमा रहेको फर्निचर आदि ढल्न, खस्न वा सर्नबाट रोकथाम गर्ने उपाय (जापानी भाषा)

NHK तुरुन्त गर्न सकिने! घर भित्र अपनाउने भूकम्प आउँदाको उपायको चित्रद्वारा जानकारी (जापानी भाषा)

परिवारसँग निश्चय गरेर राख्ने कुरा

विपद् आइपरेमा टेलिफोन नचल्ने हुनसक्छ ।
ट्रेन रोकिने वा सडक पार गर्न नसकिने आदि भइ स्वतन्त्रका साथ चल्न नसकिने हुनसक्छ ।
विपद्को बेला आश्रय लिने सुरक्षित स्थान तथा सम्पर्क गर्ने तरिकाको बारेमा परिवारसँग निश्चय गरिराखौं ।

आश्रय लिने सुरक्षित स्थान

हजार्ड म्याप आदि हेरेर आश्रय लिने सुरक्षित स्थानको निश्चय गरिन्छ ।
हजार्ड म्यापमा बाढी हजार्ड म्याप, भूकम्प हजार्ड म्याप आदि विपद् अनुसार फरक फरक हुन्छ ।
विपद् अनुसार आश्रय लिने सुरक्षित स्थान कहाँ गर्ने भनि निश्चय गरौं ।
विस्तृत जानकारीको लागि अर्को पृष्ठमा हेर्नुहोस् ।

बाढी हजार्ड म्यापको बारेमा (8 भाषाहरू)

सम्पर्क गर्ने तरिका

विपद्को बेला सुरक्षित रहेको वा नरहेको, कहाँ रहेको आदि बारेमा परिवारलाई सम्पर्क गर्ने तरिकाको निश्चय गरेर राखौं ।

  1. विपद् सन्देश डायल (171):

    यो विपद्को बेलामा उपयोगी टेलिफोन नम्बर हो ।
    171मा फोन गरेर पठाउन चाहेको सन्देश रेकर्ड गरिन्छ ।
    आफ्नो टेलिफोन नम्बर थाहा भएको परिवारको सदस्य आदिले उक्त रेकर्ड सुन्न सक्छ ।
    हरेक महिना 1 तारिख र 15 तारिखमा अभ्यास गर्न सकिन्छ ।
    विस्तृत जानकारीको लागि अर्को साइटमा हेर्नुहोस् ।

    NTT EAST Disaster Emergency Message Dial (171) (अंग्रेजी भाषा)

  2. Webमा रहेको विपद् आइपर्दाको सन्देश बोर्डः

    यो विपद्को बेला उपयोगी हुने Web साइट हो ।
    Web साइटमा पठाउन चाहेको वाक्यको दर्ता गरिन्छ ।
    आफ्नो टेलिफोन नम्बर थाहा भएको परिवारको सदस्य आदिले उक्त वाक्य हेर्न सक्छ ।

    NTT पूर्वी जापान, पश्चिम जापान विपद् आइपर्दाको सन्देश बोर्ड (web171)(जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली)

स्तम्भ: विपद् रोकथाम अभ्यासमा भाग लिऔं

जापानमा आफू बस्ने नगर, विद्यालय, कम्पनीमा विपद् रोकथाम अभ्यास गरिन्छ ।
विपद् रोकथाम अभ्यासमा, विपद्को बेला गर्नुपर्ने गतिविधि तथा भाग्ने तरिकाको बारेमा अभ्यास गरिन्छ ।
साथै, सेस्मिक भेकल (भूकम्पको कम्पन उत्पन्न गराउन सक्ने विशेष किसिमको गाडी)द्वारा भूकम्प आउँदा कतिको कम्पन हुन्छ भनि अनुभव गर्ने तथा अग्नि नियन्त्रक, AEDको प्रयोग गर्ने तरिका, आकस्मिक बेलामा टेलिफोन गर्ने तरिका आदिको बारेमा जान्ने गरिन्छ ।
आफू बस्ने नगर, विद्यालय, कम्पनीमा विपद् रोकथाम अभ्यास गरिने भएमा भाग लिऔं ।
साथै, विपद् रोकथाम भवनमा अंग्रेजी भाषाद्वारा विपद् रोकथामको अनुभव लिन सकिन्छ ।

टोक्यो महानगरपालिका विपद् रोकथाम निगम महानगरपालिका निवासी विपद् रोकथाम शिक्षा केन्द्र विपद् रोकथाम भवन (जापानी भाषा, अंग्रेजी भाषा)

विपद्को तयारी