災害について知る

आश्रय स्थलको बारेमा

ठूलो भूकम्प आयो भने भवनहरू ढल्ने र आगलागी हुने गर्छ।
साथै ताइफुन र ठूलो वर्षाले घर पानीमा डुब्ने र घर बगाउने अवस्थाहरू पनि हुन्छन्।
विपद्को बेला वा विपद् आउने सम्भावना भएको बेला भाग्ने कार्यलाई "सुरक्षित ठाउँमा जाने" भनेर भनिन्छ।
सुरक्षाको लागि भागेर जाने ठाउँहरू निम्न अनुसार रहेका छन्।

  • तोकिएको सुरक्षित स्थान
    यो ठूलो भूकम्प पछि भागेर जाने ठाउँ हो।
    तोकिएका सुरक्षित स्थानहरूमा तलको चित्र हुन्छ।
    प्रायः ठूलो पार्कहरूलाई सुरक्षित स्थानको रूपमा तोकिएको हुन्छ। खानेकुरा र पानी नहुने अवस्थाहरू हुन्छन्।

आश्रय स्थलको बारेमा

  • आश्रय स्थल
    यो विपद्को कारण घरमा बस्न नसक्ने बेला जीवनयापन गर्ने ठाउँ हो।
    आश्रय स्थलमा परिणत गरिने ठाउँहरू अग्रिम रूपमा तोकिएका हुन्छन्।
    विपद्को बेला सरकारी कार्यालयले विद्यालय, सहरको भवन आदिलाई हालको समयबाट आश्रय स्थलमा परिणत गरिन्छ भनेर जानकारी गराउनेछ।
    आश्रय स्थलमा परिणत गरिने ठाउँहरूमा तलको चित्र हुन्छ।

आश्रय स्थलको बारेमा

आश्रय स्थलमा सुत्ने ठाउँ, खानेकुरा, पानी आदि हुन्छ।
घरमा बस्न सक्ने अवस्था सृजना नभएसम्म सबैजना सँगै बसेर जीवनयापन गर्छन्।

आश्रय स्थलको बारेमा

सुरक्षित ठाउँमा जाँदाका प्रक्रियाहरू

  • भूकम्पको बेला
    ठूलो भूकम्प पछि सुरुमा, तोकिएको सुरक्षित स्थानमा जानुहोस्।
    आगलागी जस्ता खतराहरू नभएको कुराको थाहा भएपछि आफ्नो घर सुरक्षित छ वा छैन, निश्चय गर्नुहोस्।
    घर भत्किएर वा बिजुली, ग्याँस र धाराको पानी रोकिएर आफ्नो घरमा बस्न नसक्ने अवस्थामा आश्रय स्थलमा जानुहोस्।
  • ठूलो ताइफुन र ठूलो वर्षाको बेला
    ठूलो ताइफुन र ठूलो वर्षाको बेला
    ठूलो ताइफुन र ठूलो वर्षाको बेलामा पनि आश्रय स्थल स्थापना गरिने अवस्थाहरू हुन्छन्।
    खतरा नजिकिँदै आयो भने तपाईं अहिले हुनु भएको सहरले "सतर्कता स्तर" को सूचना जारी गर्दछ।
    सूचना जारी गरिएमा सतर्कता स्तर अनुसारका आवश्यक कदमहरू चाल्नुहोस्।
    तपाईं अहिले हुनु भएको ठाउँ सुरक्षित नभएको खण्डमा आश्रय स्थलमा जाने कुरा पनि विचार गर्नुहोस्।
    सतर्कता स्तर अनुसार चाल्नुपर्ने कदमहरू जान्नको लागि तलको साइटमा हेर्नुहोस्।
    सतर्कताको स्तरबारे (8 भाषाहरू)

आश्रय स्थलको जीवन

आश्रय स्थलको जीवन निम्न अनुसार हुनेछ।

  • खानेकुरा पाइन्छ।
  • तोकिएको ठाउँमा सुत्नु पर्नेछ। सुत्ने बेला चाहिने कुराहरू (ओछ्यान आदि) हुन्छ।

आश्रय स्थलको बारेमा

  • बाथटब (नुहाउने ठाउँ) र शौचालय सबैले मिलेर प्रयोग गरिन्छ।
  • चिकित्सक र नर्स आदि आउने अवस्थाहरू पनि हुन्छन्।
  • सरकारी कार्यालयबाट सूचना वा खुला रहेका पसलहरू जस्ता विभिन्न जानकारीहरू उपलब्ध गराइन्छ।

आश्रय स्थलको बारेमा

  • चार्ज गर्न र Wi-Fi प्रयोग गर्न सक्ने अवस्थाहरू पनि हुन्छन्।

आश्रय स्थलमा फुड ब्याङ्क (तातो खानेकुरा बनाई वितरण गर्ने), पानीको आपूर्ति (पिउने पानी र दैनिक जीवनमा आवश्यक पानीको वितरण) गरिने अवस्थाहरू पनि हुन्छन्।
आश्रय स्थलमा बसोबास नगरे तापनि फुड ब्याङ्कबाट खानेकुरा र पानी लिन सकिने आश्रय स्थलहरू पनि हुन्छन्।

आश्रय स्थलको बारेमा

  • आश्रय स्थलमा पुगेपछि गर्ने कुराहरू

    आश्रय स्थलमा पुगेपछि निम्न कुराहरू गरिन्छ।

    • दर्ता काउन्टरमा आफ्नो नाम, ठेगाना र फोन नम्बर भन्ने।
    • सञ्चालन गरिरहेको व्यक्तिबाट आफ्नो सुत्ने ठाउँको जानकारी लिने।
    • परिवार सुरक्षित भए नभएको कुरा निश्चय गर्ने।
    • आश्रय स्थलको नियमहरू निश्चय गर्ने।
    • आश्रय स्थलको सञ्चालनमा मद्दत गर्ने। आश्रय लिइरहेका व्यक्तिहरू पनि मिलेर आश्रय स्थलको सञ्चालन गरिन्छ।
  • आश्रय स्थलमा ध्यान दिनुपर्ने कुराहरू

    आश्रय स्थलमा धेरै मान्छेहरू सँगै बसेर जीवनयापन गरिन्छ। नियम र मर्यादाको पालना गर्नुहोस्।
    विशेष गरी निम्न कुराहरूमा ध्यान दिनुहोस्।

    • वृद्धवृद्धा, अपाङ्गता भएको व्यक्ति, गर्भवती महिला र नवजात शिशु भएका मान्छेहरू प्रति विचारशील हुने।
    • शौचालय जस्ता सबैले प्रयोग गर्ने ठाउँहरू सफा गर्ने।
    • स्वास्थ्य स्थिति नबिग्रिने गरी शरीर चलाउने (हिँडडुल गर्ने)।
    • सामान र पैसा चोरी नहुने गरी आफ्नो सामानहरूको व्यवस्थापन गर्ने।
  • आश्रय स्थलमा लिएर जाने कुराहरू

    आश्रय स्थलमा खानेकुरा र आवश्यक सामानहरू पुग्न समय लाग्ने अवस्थाहरू हुन्छन्।
    केही समय आफूले लिएर गएको सामानहरू प्रयोग गरी दैनिक जीवन बिताउन सक्ने गरी निम्न कुराहरू लिएर जानुहोस्।

    • वालेट
    • मोबाइल फोन
    • सधैं सेवन गर्ने गरेको औषधि र औषधि पुस्तिका
    • पासपोर्ट ・रेजिडेन्स कार्ड
    • विपद् प्रयोजनको रुकस्याक

    विपद् प्रयोजनको रुकस्याकमा हालेर राख्ने कुराहरू (उदाहरण)

    • पिउने पानी
    • तुरुन्तै खान सक्ने कुराहरू (क्यान फुड आदि)
    • प्राथमिक उपचार र सेनेटरीका सामानहरू
    • हेलमेट, सुतीको पन्जा
    • टर्चलाइट र मोबाइल फोनको चार्जर
    • फेर्ने लुगा
    • टावल, वेट टिस्यू
    • प्लास्टिकको झोला
    • पासपोर्ट ・रेजिडेन्स कार्डको प्रतिलिपि

    गह्रुँगो नहुने गरी सामान हाल्नुहोस्।
    आफूलाई चाहिने सामानहरू हाल्नुहोस्।

    आश्रय स्थलको बारेमा

  • आश्रय स्थलमा जानु अघि गर्ने कुराहरू

    निम्न कुराहरू गरेपछि आश्रय स्थलमा जानुहोस्।

    • बिजुलीको ब्रेकर बन्द गर्ने।


      आश्रय स्थलको बारेमा

    • ग्याँसको मुख्य भल्भ बन्द गर्ने।


      आश्रय स्थलको बारेमा

  • नजिकको आश्रय स्थल खोज्ने तरिका

    तपाईं बसोबास गर्नुहुने सहरको विपद् रोकथाम नक्सा हेरेर "तोकिएको सुरक्षित स्थान" र "आश्रय स्थल" निश्चय गर्नुहोस्।
    तलको साइटमा पनि हेर्न सकिन्छ।
    टोक्यो महानगरपालिका विपद् रोकथाम नक्सा (मेसिनद्वारा अनुवादित वाक्यहरू पनि छन् [जापानी, अंग्रेजी, कोरियन र चिनियाँ भाषा])

स्तम्भ लेख①: विपद्को बेला घर फर्किन सहयोग गर्ने स्टेसन

ठूलो भूकम्प आयो भने ट्रेन रोकिने अवस्थाहरू हुन्छन्।
हिँडेर घर फर्किनुपर्ने बेला "विपद्को बेला घर फर्किन सहयोग गर्ने स्टेसन" मा पानी लिन र शौचालय प्रयोग गर्न सकिन्छ।
"विपद्को बेला घर फर्किन सहयोग गर्ने स्टेसन" मा तलको चित्र हुन्छ।
प्रायः कम्बिनियन्स स्टोर, पेट्रोल पम्प, फ्यामेली रेस्टुरेन्ट आदिलाई यस्तो ठाउँ बनाइन्छ।

आश्रय स्थलको बारेमा

स्तम्भ लेख②: आफ्नै घरमा सुरक्षित भएर बस्ने

विपद् आए तापनि आश्रय स्थलमा नगई घरमा जीवनयापन गर्ने कुरालाई "आफ्नै घरमा सुरक्षित भएर बस्ने" भनिन्छ।
आश्रय स्थलमा धेरै मान्छेहरूसँग बसेर जीवनयापन गरिने हुनाले स्ट्रेस हुन्छ।
सुरक्षित भएमा आफ्नै घरमा जीवनयापन गर्न सक्ने गरी खानेकुरा र पानी, आकस्मिक अवस्थाको लागि शौचालय आदिको व्यवस्था गर्नुहोस्।

आश्रय स्थलको बारेमा