災害について知る

किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी ) बारे

किकुरु(चेतावनीको जोखिम स्तर जानकारी)भनेको के हो ?

「किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी )」भनेको ठूलो पानी पर्दा वा बाढी आउँदा कहाँ , कतिको खतरा छ भनेर नक्शामा हेर्न सकिने साइट हो । यो साइट मौसम विज्ञान नियोगको Home Pageमा हेर्न सकिन्छ ।

कहिले किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी ) हेर्ने ?

  1. टि.भी. वा समाचारमा हुन लगाउने सूचना वा चेतावनी (*)दिइएको बेला
  2. एकदमै ठूलो पानी परेको बेला
  • सतर्क हुन लगाउने सूचना वा चेतावनी:

    प्रकोप आइपर्न सक्ने बेलामा सजग गराउनको लागि गरिने घोषणा ।
    मौसम विज्ञान नियोगले दिनेछ।चेतावनीले सुचनाभन्दा गम्भीरअवस्थालाई बुझाउँछ ।

टि.भी. वा समाचारमा हुन लगाउने सूचना वा चेतावनी दिइएको बेला

एकदमै ठूलो पानी परेको बेला

कसरी किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी ) हेर्ने ?

  1. मौसम विज्ञान नियोगको Home Page खोल्नुहोस् ।

    मौसम विज्ञान नियोगको Home Page
    (१४ वटा भाषाहरु) 

    मौसम विज्ञान नियोगको Home Page QR

  2. यीमध्ये कुनै बुँदा खोल्नुहोस् ।

    • चेतावनीको जोखिम स्तर जानकारी :पहिरो विपद् (पहाड वा भीरबाट ढुङ्गा वा बालुवा खस्ने )
    • चेतावनीको जोखिम स्तर जानकारी :डुबान क्षति (घर वा कोठाभित्र पानी पस्ने )
    • चेतावनीको जोखिम स्तर जानकारी :बाढी (नदीको पानीको वहाव बढ्ने )
    मौसम विज्ञान नियोगको Home Page चेतावनीको जोखिम स्तर जानकारी
  3. 「हालको स्थान देखाउने」बटन थिचेर अहिले भएको ठाउँको नक्सा निकाल्नुहोस् ।

  4. 「पहिरो विपद्」「डुबान क्षति」「बाढी」 बटन थिच्नुहोस् ।

    कसरी किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी ) हेर्ने ?
  5. अहिले रहेको ठाउँमा खतरा छ कि छैन? भनेर पक्का गर्नुहोस् ।
    अहिले रहेको ठाउँमा खतरा छ कि छैन?भन्ने कुरा नक्साको रङबाट थाह पाउन सकिन्छ ।

    अहिले रहेको ठाउँमा खतरा छ कि छैन? भनेर पक्का गर्नुहोस् ।
  6. अहिले रहेको ठाउँमा खतरा छ भने तुरुन्तै भाग्नुहोस् ।
    नक्साको रङ कालो भयो भने माथिल्लो तल्लामा जाने , झ्यालबाट टाढा ठाउँमा बस्ने जस्तो गरेर सकेसम्म सुरक्षित ठाउँमा बस्नुहोस् ।

    अहिले रहेको ठाउँमा खतरा छ भने तुरुन्तै भाग्नुहोस् ।

किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी)हेर्ने बेला महत्वपूर्ण कुराहरु

  1. कालो रङले प्रकोप आइसकेको बुझाउँछ । अहिले रहेको ठाउँमा खतरा छ भने प्याजी रङको अवस्था नभएसम्म तुरून्तै भागिहाल्नुहोस् ।

  2. नक्सा हरेक १० मिनेटमा नयाँ हुनेछ । ठूलो पानी पर्दा वा ठूलो पानी परेपछि धेरै पटकनक्सा हेरेर पक्का गर्नुहोस् ।

  3. नदीको माथिल्लो भागमाखतरा छ भने पछि नदीको तल्लो भागमा पनि खतरा हुन पनि सक्छ ।
    नदी नजिकैको ठाउँमा रहेको बेला किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी)मा नदीको माथिल्लो भाग पनि हेर्नुहोस् ।
    ठूलो पानी पर्दा वा आँधीबेहोरी आउँदा नदीको अवस्था हेर्न जानु हुँदैन । धेरै खतरा हुनेछ ।

    किकिकुरु (चेतावनीको जोखिम स्तर जानकारी)हेर्ने बेला महत्वपूर्ण कुराहरु
  4. नक्साको रङ जस्तोसुकै रङको भए पनि अहिले रहेको नगरपालिकाबाट सूचना पाउँनुभयो भने सतर्कता स्तरअनुसारको कदम चाल्नुहोस् ।

    हरेक सतर्कता स्तरअनुसार चाल्ने कदमबा अर्को पाना हेर्नुहोस् ।

    सतर्कताको स्तरबारे (8 भाषाहरू)

पानी पार्ने बादलको चाल

किकिकुरु(चेतावनीको जोखिम स्तर जानकारी)मा पानी पार्ने बादल अबदेखि कसरी चल्छ? भनेर हेर्न सकिन्छ ।
कहाँ अनि कति जति पानी पर्छ भनेर १५ घण्टापछि सम्मको पानी पर्ने अवस्था थाह पाउन सकिन्छ ।
अहिले रहेको ठाउँको अबदेखिको अवस्था पक्का गरौँ ।

  • कसरी पक्का गर्ने ?(जापानी भाषा ・ अंग्रेजी भाषा मात्र )

    1. स्क्रिन माथिको 「Risk Maps」 थिच्नुहोस् ।

    2. 「Precipitation analysis/forecasts (अबदेखि पर्ने पानी)」 थिच्नुहोस् ।

    3. ▶चिन्ह थिच्नुहोस् ।
      पानी पार्ने बादल नक्शामा सर्छन् ।
      बादलको रङबाट पर्ने पानीको मात्रा थाह पाउन सकिन्छ ।

      पानी पार्ने बादलको चाल