災害について知る

भूकम्प आउँदा

भूकम्प आउँदा

भूकम्प आउँदा नआत्तिकनै कदम चल्नु महत्वपूर्ण छ ।
अब भूकम्प आउँदा के गर्ने ? भन्ने कुरा सिकौं ।

कोठा वा घरभित्र हुँदा

कोठा हल्लिरहेको बेला बाहिर निस्कन खोज्नुभयो भने लड्न सक्छ ,माथिबाट केही खस्न सक्छ,धेरै खतरा हुन्छ ।
हल्लुन्जेल डेस्क वा टेबलमुनि पसेर टाउकोको सुरक्षा गर्नुहोस् ।

हल्लिन बन्द भएपछि जहिले पनि भाग्न सक्ने गरि ढोका वा झ्याल खुल्ला राख्नुहोस् ।

  • आगोको प्रयोग गरिरहेको बेला

    आगोबाट टाढा रहनुहोस् ।
    ठूलो भूकम्प आउँदा ग्यास स्वत: निभ्नेछ ।
    हल्लिन बन्द भएपछि आगो निभाउनुहोस् ।
    जलिरहेका कुराहरु छन् भने हल्लिन बन्द भएपछि आगो निभाउनुहोस् l

  • सुतिरहेको बेला

    सिरानी वा सिरक ओडेर टाउको र शरीरको सुरक्षा गर्नुहोस् l
    पलङमुनि पस्न सक्ने अवस्थामा पलङमुनि पस्नुहोस् ।

  • शौचालयमा हुँदा

    नथुनिनतुरून्तै ढोका खोल्नुहोस् ।

बाहिर हुँदा

सामान वा लुगा आदिले टाउकोको सुरक्षा गरेर हल्लुन्जेल टुक्रुक्क बसेर कुर्नुहोस् ।

  • बाटो हिंड्दा

    सिसाको झ्याल वा भित्ताबाट टाढा रहनुहोस् ।
    अग्लो भवनहरु वा पुरानो भवनहरु धेरै भएका ठाउँहुरुमा पार्क जस्तो फराकिलो ठाउँमा जानु्होस् ।

  • ट्रेन स्टेशनमा हुँदा

    रेलबाट नखस्न होमभित्रै रहनुहोस् ।
    हल्लिसकेपछि ट्रेन स्टेशनको कर्मचारीले भनेअनुसार गर्नुहोस् ।

  • सूपर मार्केट वा Convenience Storeमा हुँदा उत्पादानहरु तख्ताबाट खस्न सक्छ ।

    त्यसैले बास्केट वा झोलाले टाउकोको सुरक्षा गरेर हल्लुन्जेल टुक्रुक्क बसेर कुर्नुहोस् ।

  • भुइँ तल्लामा हुँदा

    आत्तेका मानिसहरु बाहिर निस्कने ठाउँ नजिकै जम्मा भए भने धेरै खतरा हुनेछ ।
    विशेष गरी भुइँ तल्लामा लाइन गएको बेलामा होसियार हुनुहोस् ।
    भित्ता वा स्तन्भहरु नजिकै ठाउँमा हल्लुन्जेल टुक्रुक्क बसेर कुर्नुहोस् ।
    हल्लिसकेपछि हातले भित्ता छोएर बाटो राम्ररी हेर्दै बाहिर निस्कनुहोस् ।

  • Elevator(लिफ्ट)भित्र हुँदा

    ठूलो भूकम्प आउँदा लिफ्ट स्वत: रोकिन सक्छ ।
    सबै तल्लाको बटन थिचेर रोकिएको तल्लामा झर्नुहोस् ।
    ढोकानखुल्दा इन्टरकममा कर्मचारीसित सम्पर्क गरेर तिनले भनेअनुसारगर्नुहोस् ।

  • गाडी हाँक्दा वा गाडीमा चढ्दा

    गाडीको Hazard Lamp (आपतकालीन अवस्थामा अरुको ध्यान खिच्ने बत्ती) बालेर बिस्तारै गाडीको गति घटाउनुहोस् ।
    बाटोको बायाँपट्टी गाडी रोकेर हल्लुन्जेल कुर्नुहोस् ।
    गाडी छोडेर भाग्ने हो भने आपतकालीन गाडीहरु जान सक्ने गरी तपाईंको गाडी सार्नसक्ने अवस्थामा राखिराख्नुहोस् ।
    गाडीको ढोकामा चाबी नलगाई सम्पर्क जानकारी लेखेको कागज र चाबी
    छोडिराख्नुहोस् ।
    बहुमूल्य सामानहरु र गाडीको सवारी साधन परीक्षण प्रमाणपत्र लिएर जानुहोस् ।

ठूलो भूकम्प गएपछि

ठूलो भूकम्प गएपछि हुने कुराहरु

  • हल्लिसकेपछि पनि धेरै पटक भूकम्प आइरहन सक्छ ,यसलाई जापानी भाषामा “YOSHIN(कम्पनहरु)“ भनिन्छ ।

  • समुद्र नजिकै ठाउँमा सुनामी आउन सक्छ ।

  • ठूलो आगलागी पनि हुन सक्छ ।

  • ट्रेन वा बस रोकिन सक्छ ।

  • आपतकालीन गाडीहरुलाई जान दिन ठूलो बाटोमा साधारण गाडीलाई जान नदिन पनि सक्छ ।

  • ग्यास वा बिजुली ,धाराको पानी बन्द पनि हुन सक्छ ।

  • टेलिफोन वा इनटरनेट नचल्ने समस्या पनि हुन सक्छ ।

हल्लिसकेपछि पनि गर्न नहुने कुराहरु

  • आगोको प्रयोग नगर्नुहोस् , ग्यास लिक भयोभने आगलागी हुनेछ ।

  • बत्तिको स्विचलाई नछुनुहोस् , विस्फोट हुन सक्छ ।

  • Elevator(लिफ्ट)मा नचड्नुहोस् , थुनिन सक्छ ।

  • भाग्ने बेलामा गाडीको प्रयोग नगर्नुहोस् , सबैले गाडीको प्रयोग गरे भने आपतकालीन गाडी जान नसक्ने हुन्छ ।

  • हतार छैन भने फोन गर्न एकछिन पर्खनुहोस् , सबैले फोन गरेमा महत्वपूर्ण फोन नलाग्न सक्छ ।

हल्लिसकेपछि गर्नुपर्ने कुराहरु

  • आफू रहेको ठाउँ सुरक्षित छ कि छैन भनेर पक्का गर्नुहोस् ।

    सुनामी आउँछ कि ? भवन भत्किन्छ कि ? आगलागी हुन्छ कि ? भन्ने कुराहरु पक्का गर्नुहोस् ।
    सुरक्षित छैन भने तुरुन्तै भाग्नुहोस् ।

  • तपाईंको परिवार सुरक्षित छन् कि छैनन् भनेर पक्का गर्नुहोस् । lसम्पर्क गर्ने तरिका

    पहिल्यै निश्चित गरिराख्नुहोस् l ।
    विस्तृत विवरणको लागि निम्न पेज हेर्नुहोस् ।
    विपद्को तयारी (8 भाषाहरू)

  • घर वा कोठामा रहन नसक्ने बेलामा नअत्तिकनै भाग्नुहोस् ।

    विस्तृत विवरणको लागि निम्न पेज हेर्नुहोस् ।
    आश्रय स्थलको बारेमा (8 भाषाहरू)

  • घर वा कोठा बाहिर भएको बेलामा केही समय सुरक्षित ठाउँमा बस्नुहोस् ।

    ट्रेनहरु चलेका छन् कि ,बाटो खुल्ला छ कि ? बसेको सहर वा गाउँमा आगोलागी भइरहेको छ कि भनेर अवस्था पक्का गरौँ ।

स्तन्भ:वरपरका मानिसहरुसित एक अर्कालाई मदत गर्नेबारे

भाग्ने बेलामा वरपरका मानिसहरु सुरक्षित छन् कि छैनन् ? भनेर तिनीहरुसित कुरा गर्नुहोस् ।
खसेका वस्तुहरुमुनि रहेका ,घाइते भएर बाहिर निस्कन नसक्ने मानिसहरु छन् कि छैनन् भनेर पक्का गर्नुहोस् ।
मदत गर्ने बेलामा अरु मानिसहरुसित पनि कुरा गर्नुहोस् ।
आफू के गर्ने ? कसो गर्ने ?भनेर थाहा नहुँदा वरपरका मानिसहरुलाई सोध्नुहोस् ।
प्रकोप हुँदा सबैले एक अर्कालाई मदत गर्नु महत्वपूर्ण छ ,
यसको लागि सधैं छिमेकीहरुसित अभिवादन गरेर छिमेकीहरूलाई राम्ररी चिनिराख्नुहोस् ।