災害について学ぶ
टोकियो महानगरको विपद रोकथाम नक्साबारे①
टोकियो महानगरको विपद रोकथाम नक्सा भन्नाले
”टोकियो महानगरको विपद रोकथाम नक्सा” मा नक्सा हेर्दै विपद रोकथामका संरचना <आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने संरचना>हरूको स्थान तथा विस्तृत जानकारी खोज्न सकिन्छ।
टोकियो महानगरको विपद रोकथाम नक्सामा खोज्न सकिने संरचना (उदाहरण)
- आश्रयस्थल (避難所)

विपदका कारण घरमा बस्न खतरा हुँदा वा घर भत्किएर बस्न नसक्ने अवस्थामा जाने स्थान । विद्यालय, सामुदायिक भवन आदि । - आश्रयठाउँ (避難場所)

खतराजनक कुराबाट भाग्नको लागि जाने स्थान | ठूला पार्क, चौर, कलेज आदि | - अस्थायी बसोबास संरचना (一時滞在施設)
किनमेल आदि कारणले बाहिर रहेका बेला घर फर्कन नसक्ने व्यक्तिहरूले ३ दिनसम्म बस्न सक्ने स्थान । टोकियो महानगरद्वारा सञ्चालन गरिने सार्वजनिक संरचनाहरु आदि | - पानी आपूर्ति केन्द्र (給水拠点)

विपद उत्पन्न भई पानी आपूर्ति बन्द भएको अवस्थामा, पिउने पानी प्राप्त गर्न सकिने स्थान | - स्वास्थ्य संस्था (医療機関)

अस्पताल आदि - विपदको समयमा घर फर्कन सहयोग गर्ने स्थान, विपदको समयमा सहयोग गर्ने स्थान (災害時帰宅支援ステーション、災害時サポートステーション)

पिउने पानी, शौचालय प्रयोग गर्न सकिने तथा टेलिभिजन वा रेडियोमार्फत जानकारी प्राप्त गर्न सकिने स्थान |
कन्भिनियन्स स्टोर, फास्ट फुड, पारिवारिक रेस्टुरेन्ट, पेट्रोल पम्प आदि |
टोकियो महानगरको विपद रोकथाम नक्साको प्रयोग बिधि ① विपद रोकथाम संरचना खोज्ने बेलामा
टोकियो महानगरको विपद रोकथाम नक्साको वेबसाइट खोल्नुहोस
■ टोकियो महानगरको विपद रोकथाम नक्सा(टोकियो महानगर सामान्य मामिला ब्यूरो, समग्र विपद व्यवस्थापन विभाग)
https://map.bosai.metro.tokyo.lg.jp/(मेसिनको भाषा अनुवाद उपलब्ध(अंग्रेजी/चिनिया/कोरियन))अहिले आफू रहेको स्थान वा आफूले हेर्न चाहेको स्थान देखाउनुहोस
● अहिले आफू रहेको स्थान देखाउने बेलामा
・“स्थान जानकारी प्रयोग गर्ने” मा “अनुमति” थिच्नुहोस
・“हालको स्थान देखाउने” थिच्नुहोस
・आफुले हेर्न चाहेको स्थान देखाउने बेलामा → नक्सामा आफुले हेर्न चाहेको स्थान थिच्नुहोस |प्लस (+)मा थिचेर नक्सा जुम (ठूलो) गर्ने |
・ विपद रोकथाम संरचना (आश्रयस्थल/सुरक्षित स्थान/अस्थायी बसोबास संरचना/पानी आपूर्ति केन्द्र/चिकित्सा संस्था)को स्थान हेर्ने बेलामा : 1 km
・ विपदको समयमा घर फर्कन सहयोग गर्ने स्थान हेर्ने बेलामा : 300m~100m
“प्रदर्शन जानकारी” थिच्नुहोस्
→ खोज्न चाहेको सुविधा छान्नुहोस
खोज्न चाहेको सुविधा छान्नुहोस
→ चिन्ह थिच्दा संरचाना तथा स्थानको नाम, जानकारी देखिन्छ |
चिन्हको अर्थको व्याख्या हेर्नुहोस
“संकेत बिवरण” थिच्नुहोस →“प्रदर्शन जानकारी” मा छानिएको जानकारीको व्याख्या देखिन्छ
आश्रयस्थल/अस्थायी बसोवास संरचनाको चिन्ह हेर्दा, अहिले के भइरहेको छ, थाहा हुन्छ |
- आश्रयस्थल
| 未開設・閉鎖 (नखोलिएको/बन्द रहेको) |
अझै खुलेको छैन/बन्द छ | |
|---|---|
| 開設中 空き (खुल्ला रहेको खाली खुल्ला छ | खाली छ |) |
खुल्ला छ | खाली छ | |
| 開設中 混雑 (खुल्ला रहेको भिडभाड) |
खुल्ला छ तर, भिडभाड छ | |
| 定員一杯 (तोकिएको संख्या भरिएको मानिस भरिएको छ | छिर्न सकिंदैन |) |
मानिस भरिएको छ | छिर्न सकिंदैन | |
| 不明 (अज्ञात) |
थाहा छैन | |
- अस्थायी बसोवास संरचना
| 未開設・閉鎖・不明 (नखोलिएको/बन्द रहेको/अज्ञात) |
अझै खुल्ला छैन/बन्द छ/ थाहा छैन |
|---|---|
| 開設中 受入可 (खोलिएको छिर्न सकिन्छ) |
खोलिएको छिर्न सकिन्छ खुल्ला छ | छिर्न सकिन्छ | |
| 開設中 受入終了 (खोलिएको छिर्न सकिन्न) |
खुल्ला छ तर, मानिस भरिएको छ | छिर्न सकिंदैन | |