災害のときのQ&A

2 आश्रय

避難 ページ アイコン

2 आश्रय

    1. आश्रय लिन जाने ठाउँमा तोकिएको सुरक्षित स्थान या आश्रय स्थलहरू पर्दछन्।

      • तोकिएको सुरक्षित स्थान (hinan basho)

        ठुलो भूकम्प पश्चात् भाग्ने ठाउँ हो।
        तोकिएको सुरक्षित स्थानमा यस्तो चित्र दिइएको हुन्छ।
        धेरैजसो ठुला पार्क या ग्राउण्डहरू तोकिएको सुरक्षित स्थान बनाइने गरिन्छ।
        खानेकुरा या पानी नपाइन सक्छ।
        बास बस्न मिल्दैन।

      • आश्रय स्थल (hinanjo)

        विपद्‍ले घरमा बस्न नमिल्ने हुँदा, जीवनयापन गर्ने ठाउँ हो।
        आश्रय स्थल स्वरूपको ठाउँमा यस्तो चित्र दिइएको हुन्छ।
        बास बस्न मिल्छ।
        आश्रय स्थलमा खानेकुरा, पिउने पानी, कम्बल, दैनिक प्रयोग हुने सामान पाउन सकिन्छ।
        आश्रय स्थल स्वरूपको ठाउँ अग्रिम रूपमा निर्धारण गरिएको हुन्छ।
        विपद्‍ आइपरेको समयमा नगर/गाउँपालिका कार्यालयले विद्यालय या टोलका भवनहरूलाई, अबदेखि आश्रय स्थल स्वरूप प्रयोग गर्छौँ भनेर सूचित गर्नेछन्।

    2. ठुलो भूकम्प पश्चात् सुनामी (tsunami) आउन सक्छ।
      समुन्द्रको नजिक हुनुहुन्छ भने तुरुन्त समुन्द्रबाट टाढिएर, अग्लो तथा सुरक्षित ठाउँमा भाग्नुहोस्।
      तोकिएको सुनामी सुरक्षित स्थान या सुनामी आश्रय बिल्डिङ भएमा त्यस ठाउँमा जाने।
      तोकिएको सुनामी सुरक्षित स्थान (tsunami hinan basho) या सुनामी आश्रय बिल्डिङ (tsunami hinan biru)मा निम्न चित्र हुन्छ।


      सुनामी ढिलो गरी आउने पनि गर्छ। टिभी या रेडियो, नगर/गाउँपालिका कार्यालयले गर्ने प्रसारणलाई ध्यान दिऔँ।
      सुनामी, खोला उल्टो चढेर आउने पनि गर्छ।
      सुनामीको जोखिम छ भनिएमा, खोलाबाट टाढा भागौँ।

      ☞ शब्दावली सङ्ग्रह:सुनामी

  • अहिले भएको ठाउँमा जोखिम भए वा ठुलो आँधीबेहरी (तुफान) आउने पूर्वानुमान भएमा, ट्रेन रोकिनु अगाडि नै सुरक्षित स्थानमा रहेका आफन्त वा साथीहरूको घरमा चाँडै आश्रय लिन जानु महत्त्वपूर्ण हुन्छ। भारी वर्षा हुनु अगाडि वा समुन्द्री आँधी आउनु अगाडि नै, अहिले रहनु भएको नगर/गाउँपालिकाहरूमा आश्रय स्थल (hinanjo) खुल्ला गरिने पनि हुन्छ।

    हजार्ड म्याप हेरेर, कहाँ आश्रय लिँदा ठिक हुन्छ निर्धारण गरिराखौँ।
    खोला नजिक हुने जस्ता कारणले भारी वर्षा हुँदा प्रयोग गर्न नमिल्ने आश्रय स्थल पनि हुन्छन्। सावधानी अपनाउनुहोला।

    आश्रय स्थलको बारेमा निम्न पेज हेर्नुहोस्।

    ■आश्रय स्थलको बारेमा (TIPS)

    https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/shelter.html(जापानी भाषा)

    https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/shelter.html (नेपाली भाषा)

    बाढी हजार्ड म्याप हेर्ने तरिका र भाग्ने ठाउँ बारेमा निम्न पेज हेर्नुहोस्।

    ■बाढी हजार्ड म्यापको बारेमा (TIPS)

    https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/hazard_maps.html(जापानी भाषा)

    https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/hazard_maps.html(नेपाली भाषा)

    1. आफू अहिले रहेको नगर/गाउँपालिकाको वेबसाइट हेर्नुहोस्।
      〇〇 (आफू अहिले रहेको नगर/गाउँपालिकाको नाम), आश्रय स्थल” हालेर सर्च गर्ने।

    2. निम्न वेबसाइटमा खोज्नुहोस्।
      ■टोकियो महानगर विपद्‍ जोखिम व्यवस्थापन म्याप (टोकियो महानगर सामान्य मामिला ब्युरो, विपद्‍ जोखिम व्यवस्थापन डिभिजन)

      https://map.bosai.metro.tokyo.lg.jp/(मेसिनद्वारा अनुवाद हुने (अङ्ग्रेजी/ चिनियाँ/ कोरियाली भाषा))

      थाहा नभएको केही भएमा नजिकका मानिस या नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।

    3. आश्रय स्थलमा लिएर जाने वस्तु र आश्रय स्थलको नियमको लागि निम्न पेज हेर्नुहोस्।

      ■आश्रय स्थलको बारेमा (TIPS)

      https://tabunka.tokyo-tsunagari.or.jp/disaster/howto/shelter.html(जापानी भाषा)

      https://tabunka.tokyo-tsunagari.or.jp/nepali/disaster/howto/shelter.html(नेपाली भाषा)

  • आश्रय स्थल (hinanjo)ले, घर भत्किने जल्ने भएर आफ्नो घरमा जीवनयापन गर्न नसक्ने व्यक्तिलाई दायरामा राखेको हुन्छ।
    पर्यटक (अस्थायी पर्यटक भिसा भएका व्यक्ति)हरू, अर्थायी बास गृह (ichiji taizai shisetsu) (विद्यालय, सरकारी कार्यालय, पालिका, ठुल्ठुला बिल्डिङ या सुविधा गृहहरू)मा जानुहोस्।
    अस्थायी बास गृहमा खानेकुरा या पिउने पानी, कम्बल, टोइलेटहरू हुन्छन्।

    अस्थायी बास गृह भएको ठाउँका लागि टोकियो महानगर विपद्‍ जोखिम व्यवस्थापन म्याप हेर्नुहोस्। इन्टरनेट चलाउन नपाएमा नजिकका मानिससँग सोध्नुहोस्।

    ■टोकियो महानगर विपद् जोखिम व्यवस्थापन म्याप
    (टोकियो महानगर सामान्य मामिला ब्युरो, विपद् जोखिम व्यवस्थापन डिभिजन)

    https://map.bosai.metro.tokyo.lg.jp/(मेसिनद्वारा अनुवाद हुने (अङ्ग्रेजी/ चिनियाँ/ कोरियाली भाषा))

    1. अपाङ्गता भएका व्यक्ति पनि आश्रय स्थल (hinanjo)मा जान पाउँछन्। आश्रय स्थलमा गएपछि रिसेप्शनमा बस्ने व्यक्तिलाई आफ्नो अवस्था र मद्दत चाहेको कुरा बताउनुहोस्।

    2. साधारण आश्रय स्थलभन्दा पनि अपाङ्गता भएका व्यक्तिलाई ख्याल राख्ने आश्रय स्थललाई “कल्याणकारी आश्रय स्थल (fukushi hinanjo)” भनिन्छ।
      धेरैजसो कल्याणकारी आश्रय स्थल विपद्‍ आइपरेको केही समयपछि मात्र खुल्छ।
      कल्याणकारी आश्रय स्थल कहाँ खुल्छ भन्ने कुरा, आश्रय स्थलको सम्बन्धित व्यक्ति या नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।

      ☞ शब्दावली सङ्ग्रह:कल्याणकारी आश्रय स्थल

  • आश्रय स्थल (hinanjo) अनुसार फरक पर्छ।

    धर्म आदिको कारणले ध्यान पुऱ्याउनुपर्ने कुरा भए (प्रार्थना गर्ने ठाउँ उपलब्ध छ छैन, खान नमिल्ने कुराहरू छन् कि इत्यादि) या रोग आदि विशेष लक्षण भएर चिन्ता लागेको छ भने, आश्रय स्थलका सम्बन्धित व्यक्तिसँग परामर्श गर्नुहोला।

  • आश्रय लिन जाँदा गाडी प्रयोग नगरौँ।
    धेरै मानिसले एकै चोटि गाडी लिएर आए भने, आपत्कालिन मोटरगाडी (एम्बुलेन्स, दमकल, प्रहरीको गाडी) आदि पास नहुने हुन्छ।
    आँधीबेहरी (तुफान) आउने समय या भारी वर्षात् हुने समय हो भने, बीच बाटोमा गाडी पानीमा डुब्न पनि सक्छ।

    साथै, टोकियोमा ठुलो भूकम्प (भूकम्पीय तीव्रता (सिन्दो) 6 तल्लो (shindo 6 jaku) वा सो भन्दा माथि) आएपछि, कान्ज्यो 7 नं. रिङ्गरोड (kannana-dori) भन्दा बाहिरबाट भित्रपट्टि गाडी लैजान नमिल्ने हुन्छ। ठुला सडकबाट पास हुन नमिल्ने हुन्छ।

  • हजार्ड ल्याम्प बालेर थोरै-थोरै स्पीड कम गर्दै लैजाने र कम्पन रोकिनलाई पर्खिने।
    कम्पन रोकिएपछि चढेको गाडीलाई फराकिलो ठाउँमा लगेर रोक्ने वा सडकको बायाँपट्टि रोक्ने।
    गाडी छोडेर आश्रय लिन जानु पर्दा, आपत्कालीन गाडी (एम्बुलेन्स/ दमकल/ प्रहरीको गाडी) पास हुने हुनाले गाडी जतिखेर पनि चलाउन मिल्ने गरी छोडिदिने।
    ढोकामा लक नलगाई सम्पर्क ठेगाना लेखेको कागज र साँचो गाडीमा छोडिदिने।
    बहुमूल्य सामान तथा सवारी जाँच प्रमाणपत्र भने लिएर जाने।

    ☞ शब्दावली सङ्ग्रह:सवारी जाँच प्रमाणपत्र

    1. ठुलो भूकम्पपछि टोकियो महानगरमा सूचीकृत व्यक्तिले तपाईंको घरमा जोखिम छ छैन हेर्न आउँछन्। यसलाई “आपतकालीन जोखिम स्तर निर्धारण (oukyuu kikendo hantei)” भनिन्छ।
      आपतकालीन जोखिम स्तर निर्धारण गरियो भने, घरमा रातो, पहेँलो वा हरियो रङ्गको कागज टाँसिन्छ।

       रातो रङ्ग: जोखिमपूर्ण भएकोले घरभित्र नछिर्नुहोला।
       पहेँलो रङ्ग: घरभित्र छिर्नु पर्दा पर्याप्त सावधानी अपनाउनुहोला।
       हरियो रङ्ग: यस घरमा न्यून क्षति भएको छ। घरभित्र छिरे पनि हुन्छ।

      आफ्नो घरको अवस्था हेरेर आश्रय लिन जाने नजाने सोच्नु होला।

      ☞ शब्दावली सङ्ग्रह:आपतकालीन जोखिम स्तर निर्धारण

    2. बिजुली/ ग्याँस/ धाराको पानी प्रयोग गर्न नमिलेको समयमा, फेरि विपद्‍ आउने हो कि भन्ने डर भएको समयमा समेत, आश्रय स्थल (hinanjo)मा जीवनयापन गर्न सकिन्छ।

    3. तथापि, आश्रय स्थलमा थुप्रै मान्छेसँग जीवनयापन गर्नुपर्ने भएकोले तनाव बेहोर्नु पर्ने हुन्छ।
      साथै धेरैजसो ठाउँमा, आफ्नो घरमा जीवनयापन गर्नेले पनि आश्रय स्थलबाट खानेकुराहरू प्राप्त गर्न सक्छन्।
      आफ्नो घर सुरक्षित छ भने घरमा नै जीवनयापन गर्ने, आश्रय स्थल नभएर आफन्त वा चिनजानका व्यक्तिको घरमा जाने आदि, आफू र परिवारलाई मिल्ने आश्रयबारे बिचार गरौँ।

    1. ठुलो भूकम्पपछि निम्न कुरामा ध्यान पुऱ्याउनुहोस्।

      • परकम्पन (yoshin) आउन सक्छ। घर वरिपरि नजिकिँदा ध्यान पुऱ्याउनुहोस्।

      • सुनामी (tsunami) आउने हुनसक्छ। समुन्द्र या खोलाको नजिकमा घर पर्छ भने, सुनामी नआउने कुरा निश्चय गरेर मात्र जानुहोला।

      • ठुलो भूकम्प पछि टोकियो महानगरमा सूचीकृत व्यक्तिले तपाईंहरूको घरमा जोखिम छ छैन हेर्न आउँछन्। यसलाई “आपतकालीन जोखिम स्तर निर्धारण (oukyuu kikendo hantei)” भनिन्छ।
        आपतकालीन जोखिम स्तर निर्धारण गरियो भने, घरमा रातो, पहेँलो वा हरियो रङ्गको कागज टाँसिन्छ।

         रातो रङ्ग: जोखिमपूर्ण भएकोले घरभित्र नछिर्नुहोला।
         पहेँलो रङ्ग: घर भित्र छिर्नु पर्दा पर्याप्त सावधानी अपनाउनुहोला।
         हरियो रङ्ग: यस घरमा न्यून क्षति भएको छ। घरभित्र छिरेपनि हुन्छ।

        शब्दावली सङ्ग्रह:परकम्पन, सुनामी, आपतकालीन जोखिम स्तर निर्धारण

    2. भारी वर्षा या आँधीबेहरी (तुफान)पछि पहिरो या बाढीको जोखिम नभएको निश्चय गरेर मात्र जानुहोला।

  • ठुलो विपद्‍ पश्चात् थुप्रो मानिसहरू एकैचोटि घर फर्किन खोजे भने, ट्रेन स्टेसन वरपर या सडकहरूमा भीडभाड हुने भएकोले खतरनाक हुन्छ।
    हतारिएर अन्य ठाउँमा नगई नजिकको सुरक्षित ठाउँमा रहने गरौँ।

    1. कम्पनी या विद्यालयमा हुनुहुन्छ भने

      3 दिन जति त्यसै कम्पनी या विद्यालयमा नै रहने गरौँ। कम्पनी या विद्यालयमा विपद्‍ आइपरेको बखतको लागि भनेर पिउने पानी या खानेकुराहरू राखिएको हुन सक्छ। कम्पनी या विद्यालयका मानिससँग सोध्नुहोस्।

    2. घरबाट टाढा रहेको बखतमा

      अस्थायी बास गृह (ichiji taizai shisetsu) (विद्यालय/ सरकारी कार्यालय, पालिका/ ठुल्ठुलो बिल्डिङ या सुविधा गृह इत्यादि)मा जानुहोस्। खानेकुरा या पिउने पानी पाउन सकिन्छ। कम्बल या टोइलेट प्रयोग गर्न पाइँन्छ।

    3. घर फर्कनु पर्दा

      फर्कनु अगाडि सडक या ट्रेन/ बसको जानकारी खोजबिन गर्नुहोस्। सडक सुरक्षित छ भनी थाहा नपाएसम्म नफर्कनुहोस्।
      घर फर्कनु पर्दा ठुलो सडक भएर जाने गरौँ।
      रातीको समयमा घर नजाऔं।

      घर फर्कने बेलामा “विपद्‍कालीन घर फिर्ती सहयोग स्टेसन”मा धाराको पानी पाउन सकिन्छ। टोइलेट जान पाइने हुन्छ। पैसा लाग्दैन।
      विपद्‍कालीन घर फिर्ती सहयोग स्टेसनमा निम्न साङ्केतिक मार्क रहेका हुन्छन्।
      धेरैजसो कन्भिनियन्स स्टोर या पेट्रोल पम्प, फ्यामिली रेस्टुराँहरू हुने गर्दछन्।

    आश्रय स्थल, अस्थायी बास गृह, विपद्‍कालीन घर फिर्ती सहयोग स्टेसनहरू कुन ठाउँमा छन् भनी जान्नका लागि, टोकियो महानगर विपद् जोखिम व्यवस्थापन म्याप हेर्नुहोस्।
    इन्टरनेट चलाउन नपाएमा नजिकका मानिससँग सोध्नुहोस्।

    ■टोकियो महानगर विपद् जोखिम व्यवस्थापन म्याप (टोकियो महानगर सामान्य मामिला ब्युरो, विपद् जोखिम व्यवस्थापन डिभिजन)

    https://map.bosai.metro.tokyo.lg.jp/(मेसिनद्वारा अनुवाद हुने (अङ्ग्रेजी/ चिनियाँ/ कोरियाली भाषा))

    1. धेरैजसो नजिकको आश्रय स्थल (hinanjo)मा खानेकुराहरू पाउन सकिन्छ।
      गाडीमा जीवनयापन गरिरहेको कुरा आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई भनेर, सधैँ पाउन सकिन्छ कि सोधि हेर्नुहोस्।

    2. गाडीभित्र लामो समय हलचल नगरी रह्यो भने, रगतको ढिका बन्न थालेर फोक्सोमा गई अड्किन गयो भने मृत्यु समेत हुन सक्छ। यस्तोलाई “इकोनोमि क्लास सिन्ड्रोम” भनिन्छ।

      इकोनोमि क्लास सिन्ड्रोम नहोस् भन्नका लागि निम्न कार्य गर्नुहोस्।

      • 2-3 घण्टाको अन्तरालमा खुट्टा बङ्ग्याउने तन्काउने गर्नुहोस्।
      • धेरै पानी पिउनु पर्छ।
      • अल्कोहल या चुरोट रोक्नु पर्छ।
      • सजिलो खालको पहिरन लगाएको हुनुपर्छ।
      • सुत्दा सीट ढालेर खुट्टा माथि चढाउने। (ब्यागहरू प्रयोग गर्दा राम्रो)
  • एकदमै ठुलो विपद्‍ पश्चात् राजदूतावासले प्लेन चार्टर गर्ने जस्ता देश फर्कने उपाय लगाउन सक्छन्।
    विस्तृतमा आफ्नो राष्ट्रको राजदूतावासमा सोध्नुहोस्।
    जापानमा रहेका राजदूतावास या वाणिज्य दूतावासहरूको जानकारी, निम्न पेजमा हेर्नुहोस्।

    जापान स्थित विदेशी कूटनीतिक नियोगहरूको लिष्ट (परराष्ट्र मन्त्रालय, जापान)

    https://www.mofa.go.jp/mofaj/link/emblist/index.html(जापानी भाषा)

    https://www.mofa.go.jp/about/emb_cons/protocol/index.html(अङ्ग्रेजी)