災害について知る

ठूलो वर्षा र ताइफुनको बारेमा

जापानमा ठूलो वर्षा र ताइफुनको कारण विपद् आइपर्ने अवस्थाहरू हुन्छन्।

ठूलो वर्षा र ताइफुनको बारेमा

ठूलो वर्षा र ताइफुनका विशेषताहरू

  1. ठूलो वर्षा

    ठूलो वर्षामा "लामो वर्षा", "निश्चित क्षेत्रमा केन्द्रित भारी वर्षा" आदि हुन्छन्।
    धेरै दिन हुने वर्षालाई "लामो वर्षा" भनेर भनिन्छ।
    धेरैजसो लामो वर्षा वसन्तदेखि गर्मी ऋतुको सुरुमा र गर्मीको अन्त्यदेखि शरद ऋतुमा हुने गर्छ।
    एकै ठाउँमा अचानक ठूलो परिमाणमा भारी वर्षा हुने कुरालाई "निश्चित क्षेत्रमा केन्द्रित भारी वर्षा" भनेर भनिन्छ।
    प्रायः निश्चित क्षेत्रमा केन्द्रित भारी वर्षा छोटो समयमा रोकिन्छ। अक्सर वसन्त ऋतुको अन्त्यदेखि गर्मी ऋतुसम्म हुनेछ ।

  2. ताइफुन

    जापानको दक्षिणको न्यानो समुद्रमा उत्पन्न हुने ठूलो बादलको भुँवरीलाई "ताइफुन" भनेर भनिन्छ।
    ताइफुन धेरै दिन लगाएर ठूलो हुँदै जापान नजिक आउने अवस्थाहरू हुन्छन्।
    जापान माथिबाट जाने अवस्थाहरू पनि हुन्छन्।
    ताइफुन नजिक आयो भने शक्तिशाली हुरी चल्ने र ठूलो वर्षा हुने गर्छ।
    जापानमा धेरैजसो गर्मी ऋतुको सुरुदेखि शरद ऋतुमा ताइफुन आउने गर्छ।

    ताइफुन उत्पन्न भयो भने समाचार र मौसम पूर्वानुमानमा निम्न अनुसारका चित्रहरू देखाइन्छ।
    यसलाई "ताइफुनको अनुमानित मार्ग चित्र" भनेर भनिन्छ।
    यो चित्र हेर्‍यो भने ताइफुन कहिले, कसरी अघि बढ्छ भन्ने कुरा थाहा हुन्छ।

    गोलो आकारको मानक (साइज) ताइफुनको मानक (साइज) होइन।
    यसपछि ताइफुन अगाडि बढ्ने सम्भावना भएको ठाउँ हो।
    "ताइफुनको अनुमानित मार्ग चित्र" तीव्र गतिमा नयाँ हुन्छ।
    ताइफुन पार नभएसम्म पटक-पटक हेरिराख्नुहोस्।

    ठूलो वर्षा र ताइफुनको बारेमा

ठूलो वर्षाको कारण हुने कुराहरू

  • सडकमा पानी जमेर नदी जस्तो हुन्छ।
    सवारी साधन र मान्छेले प्रयोग गर्न नसक्ने अवस्थाहरू हुन्छन्।

ठूलो वर्षा र ताइफुनको बारेमा

  • सडकमा जमेको पानी घर भित्र पस्छ।
  • सडकमा जमेको पानी सबवे र भूमिगत मार्गमा पस्छ।
    सबवे रोकिने, भूमिगत मार्ग बन्द हुने अवस्थाहरू हुन्छन्।

ठूलो वर्षा र ताइफुनको बारेमा

  • बिजुली रोकिन्छ।
  • ट्रेन रोकिन्छ।
  • नदीको पानी ओभरफ्लो हुन्छ।
    नदीबाट ओभरफ्लो भएको पानीले सवारी साधन र घर बगाउने अवस्थाहरू हुन्छन्।
  • पहाड र भीरमा पहिरो जान्छ।
    पहिरोको माटोले घर र मान्छे पुरिने र बगाउने अवस्थाहरू हुन्छन्।

ठूलो वर्षा र ताइफुनको बारेमा

  • चट्याङ पर्छ।
    मान्छे र भवनमा चट्याङ परेर चोट लाग्ने र आगलागी हुने अवस्थाहरू हुन्छन्।

शक्तिशाली हुरीको कारण हुने कुराहरू

  • घर र बरन्डामा राखेको सामानहरू उड्छ।
  • रूख भाँचिने र ढल्ने हुन्छ।
  • छत र साइनबोर्ड उड्ने र खस्ने हुन्छ।
  • बिजुली रोकिन्छ।
  • ट्रेन रोकिन्छ।

ठूलो वर्षा र ताइफुनको बारेमा

सुरक्षित ठाउँमा जानेबारे

सुरक्षित ठाउँमा जाने भनेको विपद्को बेला सुरक्षित ठाउँमा जानु हो।
विपद् आइपर्ने सम्भावना भएको बेला मौसम विज्ञान नियोग र तपाईं अहिले हुनु भएको सहरले "सतर्कता स्तर" भनिने सूचना जारी गर्दछ।
सबै गरेर 5 वटा सतर्कता स्तरहरू छन्। स्तर अनुसार चाल्ने कदमहरू तोकिएका छन्।
खतरा भएको ठाउँमा भएको बेला सतर्कता स्तर 4 सम्ममा सुरक्षित ठाउँमा जानुहोस्।

ठूलो वर्षा र ताइफुनको बारेमा

सतर्कता स्तर 1

मौसम विज्ञान नियोगले सूचना जारी गर्दछ।
टि.भी. र इन्टरनेटमा यसपछिको मौसम निश्चय गर्नुहोस्।
ठूलो वर्षा र ताइफुन आउने बेला गर्नुपर्ने तयारी गर्नुहोस्।

सतर्कता स्तर 2

मौसम विज्ञान नियोगले सूचना जारी गर्दछ।
तपाईं अहिले हुनु भएको सहरको होमपेजमा कहाँ, कसरी सुरक्षित ठाउँमा जाने भन्ने कुरा निश्चय गर्नुहोस्।

सतर्कता स्तर 3

तपाईं अहिले हुनु भएको सहरले सूचना जारी गर्दछ।
सुरक्षित ठाउँमा जान समय लाग्ने व्यक्तिहरू सुरक्षित ठाउँमा जानुहोस्।
ती बाहेकका अन्य व्यक्तिहरूले सुरक्षित ठाउँमा जाने तयारी गर्नुहोस्।

सतर्कता स्तर 4

तपाईं अहिले हुनु भएको सहरले सूचना जारी गर्दछ।
केही समय भित्र नै विपद् आउन सक्छ। खतरा ठाउँमा भएका व्यक्ति चौतो स्तरको अवस्थासम्ममा सुरक्षित ठाउँमा भाग्नुहोस् l

सतर्कता स्तर 5

तपाईं अहिले हुनु भएको सहरले सूचना जारी गर्दछ।
विपद् आइसकेको छ।
तुरुन्तै माथिल्लो तल्लामा जाने, झ्यालबाट टाढाको ठाउँमा बस्ने जस्ता सुरक्षित ठाउँमा गएर बस्नुहोस्।

ठूलो वर्षा र ताइफुनको बारेमा

तलको साइटमा सुरक्षित ठाउँमा जाने तरिका हेर्नुहोस्।

मन्त्रिमण्डल प्रकोप रोकथाम जानकारीको पाना (PDFमा बहुभाषा QR code छ)

तोकिएको सुरक्षित स्थान र आश्रय स्थल कहाँ छ भन्ने कुरा थाहा पाउनको लागि तलको साइट हेर्नुहोस्।
टोक्यो महानगरपालिका विपद् रोकथाम नक्सा (मेसिनद्वारा अनुवादित वाक्यहरू पनि छन् [जापानी, अंग्रेजी, कोरियन र चिनियाँ भाषा])

स्तम्भ लेख 1: याद गरेर राख्नुहोस् "नियोजित स्थगन"

ठूलो वर्षा र ताइफुन आउने बेला चल्ने ट्रेन र बसको संख्या कम हुने र चलाउन रोकिने अवस्थाहरू हुन्छन्।
यसलाई "नियोजित स्थगन" भनेर भनिन्छ।
यो धेरैजसो ठूलो वर्षा र ताइफुन आउने अघिल्लो दिन तोकिने गर्छ।
"नियोजित स्थगन" गर्ने निर्णय भयो भने टि.भी र इन्टरनेटको समाचार बन्छ।
आफू चढ्ने ट्रेन र बस चल्छ वा चल्दैन, निश्चय गर्नुहोस्।

ठूलो वर्षा र ताइफुनको बारेमा

स्तम्भ लेख 2: जापानको "वर्षायाम"

वसन्त र गर्मी ऋतुको बीचको धेरै वर्षा हुने र आकाश सफा रहने समय कम हुने ऋतुलाई "वर्षायाम" भनेर भनिन्छ।
वर्षायाम सुरु हुने कुरालाई "वर्षायाममा पस्ने" र समाप्त हुने कुरालाई "वर्षायाम खुल्ने" भनेर भनिन्छ।
ठाउँ अनुसार वर्षायाममा पस्ने र वर्षायाम खुल्ने दिन फरक हुन्छ।
धेरैजसो टोक्यो जुन महिनाको सुरुमा वर्षायाममा पस्ने र जुलाई महिनाको बीचदेखि अन्त्यसम्ममा वर्षायाम खुल्ने गर्छ।