災害のときのQ&A

7 लाइफलाइन/ यातायात

ライフライン・交通 ページ アイコン

7 लाइफलाइन/ यातायात

    1. टोकियो महानगरको बिजुली/ धाराको पानी/ ग्याँसको अवस्था निम्न पेजमा हेर्न सकिन्छ।

      • बिजुली: बिजुली गएको जानकारी (टोकियो इलेक्ट्रिक पावर कम्पनी)

        https://teideninfo.tepco.co.jp/(जापानी भाषा मात्र)

      • धाराको पानी: पानी रोकिँदा/ धमिलो पानीको जानकारी (टोकियो महानगर खानेपानी ब्युरो)

        https://www.waterworks.metro.tokyo.lg.jp/kurashi/menu_dakusui/ (जापानी भाषा मात्र)

      • ग्याँस: ग्याँस सेवा पुनर्स्थापना नक्सा (5 भाषामा) (टोकियो ग्याँस नेटवर्क)

        https://fmap.tokyo-gas.co.jp/(जापानी भाषा)

        https://fmap.tokyo-gas.co.jp/en(अङ्ग्रेजी)

    2. बिजुली जाँदा विद्युतीय सामानका तारहरूलाई प्लगबाट छुटाउनु पर्छ।
      प्लग जोडेको जोडिएको अवस्थामा बिजुली आयो भने आगलागी हुनसक्छ।

    3. धाराको पानी प्रयोग गर्न मिल्ने भएपछि पहिला धमिलो पानी आउन पनि सक्छ।
      पारदर्शी सफा पानी नआएसम्म केही बेर पानी बगाऔँ।

    4. विपद्‍को कारण ग्याँस बन्द भएमा निम्न अनुसार गर्नुहोस्।

      ग्याँस गन्हाएको छ छैन निश्चय गर्नुहोस्।
      ग्याँस गन्हाएको छ भने ग्याँस चुहावट भएको हुन सक्छ।
      झ्याल खोलेर हावा ओहोरदोहोर हुन दिऔँ। बिजुलीबाट झिल्को आउन पनि सक्छ, तसर्थ भेन्टिलेसन फ्यान प्रयोग गर्नु हुन्न।
      लाइटर वा सलाईहरू जस्ता आगो कदापि प्रयोग नगर्नुहोस्।
      तुरुन्तै ग्याँस कम्पनीमा सम्पर्क गर्नुहोस्।

      ग्याँसको गन्ध छैन भने निम्नानुसार गर्नुहोस्।

      • City Gas हो भने (घरबाहिर वा अपार्टमेन्टमा ग्याँस सिलिण्डर नभएको)


        1. ग्याँस बन्द गर्ने र ग्याँसको मूल भल्भलाई नै बन्द गरिदिने।

        2. ग्याँस मिटरको पुनर्बहाली बटन (Fukki Button)को बटन क्याप खोल्ने (क्याप नहुने ग्याँस मिटर पनि हुन्छ)।
          ग्याँस मिटर घरको बाहिर वा अपार्टमेन्टको प्यासेजको बक्सभित्र जस्ता ठाउँहरूमा हुन्छन्।

        3. पुनर्बहाली बटनलाई भित्रसम्म थिचिराख्ने।       
          2 सेकेण्ड थिचेपछि बटनबाट बिस्तारै औँला हटाउने र क्यापलाई पहिलेकै ठाउँमा फर्काउने।

        4. 3 मिनेट पर्खने। धिपधिप गरी बलेको रातो ल्याम्प निभेपछि ग्याँस प्रयोग गर्न मिल्छ। अब मूल भल्भ खोल्नुहोस्।

        5. 3 मिनेट पर्खिँदा पनि रातो ल्याम्प धिपधिप गरी बल्न नरोकिएमा फेरि एक पटक ① देखि ④ सम्म गर्ने। त्यति हुँदा पनि धिपधिप गरी बल्न नरोकिएमा ग्याँस कम्पनीलाई सम्पर्क गर्नुहोस्।


      • प्रोपेन ग्याँस हो भने (घरको बाहिर या अपार्टमेन्टमा ग्याँस सिलिन्डर भएको)


        घरबाहिर गएर ग्याँस सिलिन्डर अवस्थित ठाउँ हेर्नुहोस्।
        पहिलाको अवस्थित ठाउँबाट ग्याँस सिलिन्डर हलचल भएको रहेछ भने ग्याँस कम्पनीले हेर्नुपर्ने हुन्छ।
        ग्याँस प्रयोग गर्नुअगाडि ग्याँस कम्पनीमा सम्पर्क गर्नुहोस्।


        ग्याँस सिलिन्डर हलचल नभएमा निम्न अनुसार गर्नुहोस्।

        1. ग्याँस बन्द गर्नुहोस् र ग्याँसको मूल भल्भपनि बन्द गर्नुहोस्।

        2. ग्याँस मिटरको बायाँपट्टिको बटन थिच्नुहोस्।
          ग्याँस मिटर, घरबाहिर वा अपार्टमेन्ट प्यासेजको बक्सभित्र जस्ता ठाउँहरूमा हुन्छन्।

        3. एलसिडि स्क्रीनको अक्षर र बत्ती धिपधिप गरी बल्ने हुनाले 1 मिनेट पर्खनुहोस्।

        4. एलसिडि स्क्रीनको अक्षर र बत्ती निभेपछि ग्याँस प्रयोग गर्न मिल्छ। मूल भल्भ खोल्नुहोस्।

        5. बत्ती ननिभेमा ग्याँस कम्पनीमा सम्पर्क गर्नुहोस्।

    1. टोकियो महानगरको यातायात (ट्रेन/ बस/ हवाई जहाज/ पानी जहाज)को अवस्था निम्न पेजमा हेर्न सकिन्छ।

      JR EAST ट्रेन

      https://traininfo.jreast.co.jp/train_info/(जापानी भाषा)

      https://traininfo.jreast.co.jp/train_info/e/ (अङ्ग्रेजी)

      Tokyo Metro ट्रेन

      https://www.tokyometro.jp/index.html#UnkouLinesList(जापानी भाषा)

      https://www.tokyometro.jp/lang_en/index.html(अङ्ग्रेजी)

      Toei Subway ट्रेन

      https://www.kotsu.metro.tokyo.jp/subway/schedule/(जापानी भाषा)

      https://www.kotsu.metro.tokyo.jp/eng/(अङ्ग्रेजी)

      Toden Arakawa Line ट्राम

      https://tobus.jp/tlsys/navi(जापानी भाषा)

      https://tobus.jp/tlsys/navi?LCD=e(अङ्ग्रेजी)

      Toei बस

      https://tobus.jp/blsys/navi(जापानी भाषा)

      https://tobus.jp/blsys/navi?LCD=e(अङ्ग्रेजी)

      हानेदा एयरपोर्ट

      https://tokyo-haneda.com/flight/index.html(जापानी भाषा)

      https://tokyo-haneda.com/en/(अङ्ग्रेजी)

      नारिता एयरपोर्ट

      https://www.narita-airport.jp/jp/flight/(जापानी भाषा)

      https://www.narita-airport.jp/en/flight/(अङ्ग्रेजी)

      Tokai Kisen पानी जहाज

      https://www.tokaikisen.co.jp/?doing_wp_cron=1683853921.3657801151275634765625(जापानी भाषा)

      https://www.tokaikisen.co.jp/en/(अङ्ग्रेजी)

      Ogasawara Kaiun पानी जहाज

      http://www.ogasawarakaiun.co.jp/(जापानी भाषा)

      http://www.ogasawarakaiun.co.jp/english/(अङ्ग्रेजी)

    2. अन्य यातायात जानकारीका लागि निम्न पेजबाट हेर्न सकिन्छ।
      ■रेल सञ्चालन जानकारी (NHK)

      https://www3.nhk.or.jp/news/traffic/(जापानी भाषा मात्र)

      ■Japan Safe Travel Information (जापान राष्ट्रिय पर्यटन संगठन)

      https://www.japan.travel/en/japan-safe-travel-information/(अङ्ग्रेजी मात्र)

    1. धेरैजसो ठुलो भूकम्प पश्चात् सडकमा आपत्कालिन गाडी (एम्बुलेन्स/ दमकल/ प्रहरीको गाडी) र आवश्यक सामाग्री ढुवानी गर्ने बाहेक अरू गाडीलाई पास हुन दिइन्न। सर्वसाधारणको गाडी चल्न मिल्ने नहुँदासम्म नचलाउनुहोला।

    2. टोकियोमा ठुलो भूकम्प (भूकम्पीय तीव्रता (सिन्दो) 6 तल्लो (shindo 6 jaku) वा सो भन्दा माथि) आएपछि, रिङ्गरोड नं. 7 (kannana-dori) भन्दा बाहिरबाट भित्रपट्टि गाडी लैजान नमिल्ने हुन्छ। ठुला सडकबाट पास हुन नमिल्ने हुन्छ।

    3. सडकको जानकारी, टिभी र रेडियोबाट प्रसारण गर्ने गरिन्छ। इन्टरनेटबाट समेत खोजबिन गर्न सकिन्छ।

      ■जापान सडक यातायात जानकारी केन्द्र

      https://www.jartic.or.jp/(जापानी भाषा मात्र)