災害のときのQ&A

6 जीवनयापन

生活 ページ アイコン

6 जीवनयापन

  • विपद्‍ आउने बित्तिकै आश्रय स्थल (hinanjo)मा लुगा पाउन सकिन्न। आश्रय स्थल जाँदा फेर्ने लुगा साथमै लिएर जाने गरौँ।

  • धेरैजसो आश्रय स्थल (hinanjo)मा स्नान कक्ष हुँदैन। स्नान सम्बन्धी सूचनाको लागि आश्रय स्थलको सूचना पाटी हेर्नुहोस्।

    1. घर पालुवा जनावरलाई आश्रय स्थल (hinanjo)मा लिएर जान हुने नहुने आश्रय स्थल अनुसार फरक पर्छ। आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।
      आफ्नो घर पालुवा जनावरको खोर छ भने आश्रय स्थलमा लिएर जानुहोस्। घर पालुवा जनावर कहाँ पाल्ने आदि, आश्रय स्थलको नियम अनुसार गर्नुहोस्।

    2. आश्रय स्थलमा घर पालुवा जनावरको लागि खानेकुराको व्यवस्था छैन। आफैले लिएर जानुहोला।

    1. टिभी, रेडियो या आश्रय स्थल (hinanjo)को सूचना पाटीमा बैङ्क खुल्ने दिनको सूचना निकालिएको हुन्छ। लगभग 3 दिनदेखि 1 हप्ता जतिमा पैसा निकाल्न मिल्ने हुन्छ।

    2. पैसा निकाल्न जाँदा आफ्नो परिचय खुल्ने प्रमाण (पासपोर्ट/ आवास कार्ड (zairyu card)/ ड्राइभिङ् लाइसेन्स/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड इत्यादि) र बैङ्कको पासबुक लिएर जानुहोस्।

    3. ठुलो विपद्‍ आइपरेपछि बैङ्कको पासबुक, बैंक कार्ड, नामको छाप नभए पनि, आफ्नो परिचय खुल्ने प्रमाण भएमा पैसा निकाल्न सकिन्छ।

    1. धेरैजसो ठुलो विपद्‍ आइपरे पछि, केही दिनसम्म फोहर सङ्कलन गर्ने गाडी आउँदैन।
      फोहर सङ्कलन गाडी नआएसम्म आफ्नो घरमा नै फोहर राखिराख्नुहोस्।

    2. कहिलेदेखि फोहर सङ्कलन हुन्छ भनेर नजिकको आश्रय स्थल (hinanjo) मा सोध्नुहोस्।
      गल्ने फोहर जस्ता कुहिने खालको फोहरबाट निकाल्न सुरु गर्नुहोस्।
      फाल्न हतार गर्नु नपर्ने फोहर (नबल्ने फोहर/ रिसाइक्लिङ हुने फोहरहरू)लाई सकेसम्म आफ्नो घरमा नै राखि राख्नुहोस्।
      विपद्‍को कारणले निक्लेको फोहरलाई दैनिक जीवनयापनबाट निक्लेको फोहरसँग मिसाएर फ्याल्न पाइँन्न।

    3. विपद्‍को कारणले निक्लेको फोहरलाई “विपद्‍जन्य फोहर (saigai gomi)” भनिन्छ।
      विपद्‍जन्य फोहर, अन्य फोहरभन्दा फाल्ने तरिका फरक हुने भएकोले अस्थायी राख्ने ठाउँमा जम्मा गर्ने।
      अस्थायी राख्ने ठाउँ धेरैजसो पार्क या खाली ठाउँमा हुने गर्छ।
      विपद्‍जन्य फोहरको फाल्ने तरिका वा फाल्ने ठाउँको लागि आफ्नो बसोबास रहेको नगर/गाउँपालिका कार्यालयमा बुझ्नुहोस्।

      ☞ शब्दावली सङ्ग्रह: विपद्‍जन्य फोहर