災害のときのQ&A

शब्दावली सङ्ग्रह

用語集

शब्दावली सङ्ग्रह

  • घर बाहिर विपद्‍मा परेर, घर जान गाह्रो परेका व्यक्तिलाई आश्रय दिइने ठाउँ।
    3 दिन जतिसम्म बस्न सकिने छ। धेरैजसो विद्यालय/ सरकारी कार्यालय, पालिका/ ठुल्ठुलो बिल्डिङ या सुविधा गृहहरू पर्दछन्।

  • विपद्‍ आइपरेको बखतमा, अग्रिम रूपमा निर्धारण गरिएको आश्रय सथल या अस्पताल जस्ता डाक्टर या नर्सहरू भेला भई, आपतकालीन उपचार गर्ने ठाउँ।

  • लामो समय बसेको बस्यै, सुतेको सुत्यै गरेमा रक्तशिरामा रगतको ढिको बन्न थाल्छ। जुन फोक्सो तर्फ बढेर रक्तनली जाम हुन गएमा मृत्यु हुनसक्ने रोग।

  • भूकम्प पश्चात्को परकम्पनद्वारा हुने द्वितीय विपद्‍बाट बच्नका निमित्त, भूकम्पद्वारा क्षति भएको भवनको खतरा स्तरहरू, अग्रिम रूपमा टोकियो महानगरले दर्ता गरेका निर्धारण कर्ता मार्फत छानबिन गराउँछ।

    आपतकालीन जोखिम स्तर निर्धारण भनेको अस्थायी हुन्छ र उक्त भवन आउँदा दिनहरूमा सधैँ प्रयोग गर्न मिल्छ वा मिल्दैन भनेर देखाउने वस्तु भने होइन। साथै, विपद् पीडित प्रमाणपत्र (risai shoumeisho)को निमित्त चाहिने क्षति छानबिन कार्य पनि होइन।

    छानबिनको नतिजा निम्न 3 प्रकारको हुन्छ र भवनको आउजाउ गर्ने द्वार आदिमा टाँसिन्छ।

     रातो: यस भवन प्रवेश गर्दा जोखिमपूर्ण हुन्छ।
     पहेँलो: यस भवनमा प्रवेश गर्दा पर्याप्त रूपमा सावधानी अपनाउनु होस्।
     हरियो: यस भवनमा न्यून क्षति भएको छ।

    विस्तृतमा निम्न वेबसाइट हेर्नुहोस्।

    ■टोकियो महानगर विपद् जोखिम व्यवस्थापन स्वयंसेवा प्रणालीमा आधारित रही, विपद्‍मा परेका निर्माण-संरचनाको आपतकालीन जोखिम स्तर निर्धारण गर्ने प्रणाली बारेमा (टोकियो महानगर; नगर विकास ब्युरो)

    https://www.toshiseibi.metro.tokyo.lg.jp/kenchiku/bousai/kn_t08_01.htm(जापानी भाषा मात्र)

  • विपद्‍मा परेर घर भत्किने, आगलागी हुने, पानीले बगाउने जस्ता कुराले बस्ने बास नाश भएको बखतमा, अस्थायी रूपमा निःशुल्क बस्न पाउने घर। आवेदनका लागि नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्ने।

  • नगर/गाउँपालिका कार्यालयले जारी गर्ने, लास जलाउनका निमित्त आवश्यक पर्ने कागजात। मृत्यु दर्ता पेस गरेको हुनुपर्छ।

  • आम मानिसबाट चन्दा उठाउने आदि गरेर, विपद्‍मा परेका मानिसहरूलाई हस्तान्तरण गरिने पैसा।
    नगर/गाउँपालिका कार्यालयहरू मार्फत हस्तान्तरण हुन्छ।

  • विपद्‍को कारणले चोटपटक लागेका, घर फर्निचरहरू भत्किने बिग्रने भएका व्यक्तिले सापटी लिन पाउने पैसा। आय अनुसारको हदबन्दी हुने।
    विस्तृतमा बसोबास गरिरहेको नगर/गाउँपालिका कार्यालयमा सोध्ने।

  • विपद्‍को कारणले उत्पन्न भएको फोहरलाई भनिन्छ। (जस्तै: बिग्रे भत्केका फर्निचर, घरायसी विद्युतीय सामान, मैलिएका बेडको सामान, तातामि-म्याट, घरको भग्नावशेष, काठको टुक्राटुक्रीहरू)
    अन्य फोहरहरूभन्दा फ्याँक्ने तरिका फरक हुन्छ र धेरैजसो पार्क या खाली जग्गा (अस्थायी रूपमा राख्ने ठाउँ)हरूमा सङ्कलन गरिने हुन्छ। फ्याँक्ने तरिकाको लागि नगर/गाउँपालिका कार्यालयमा सोध्ने।

  • विपद्‍को समयमा हिँडेर घर फर्किने व्यक्तिलाई पानी दिने, टोइलेट प्रयोग गर्न दिने, सडकको अवस्थाहरू बताइदिने ठाउँ।
    धेरैजसो पेट्रोल पम्प/ कन्भिनियन्स स्टोर/ फ्यामिली रेस्टुराँहरू जस्ता ठाउँ, जहाँ यस्ता साङ्केतिक मार्क टाँसेको हुन्छ।

  • विपद्‍को कारणले गम्भीर अपाङ्गता वहन गर्न पुगेका व्यक्तिले पाउने रकम।
    विस्तृतमा बसोबास गरिरहेको नगर/गाउँपालिका कार्यालयमा सोध्ने।

  • विपद्‍को कारणले मृत्यु भएका वा अवस्था अज्ञात भएका व्यक्तिका परिवारले प्राप्त गर्न सक्ने रकम।
    विस्तृतमा बसोबास गरिरहेको नगर/गाउँपालिका कार्यालयमा सोध्ने।

  • विपद्‍को कारणले घरमा क्षति पुगेका व्यक्तिलाई घर बनाउन वा मर्मत गर्नका निमित्त, पैसा सापट लिन मिल्ने प्रणाली।
    विस्तृतमा जापान हाउजिङ फाइनान्स एजेन्सीमा सोध्ने।

    ■विपद्‍ पुनरुत्थान आवास कर्जा (जापान हाउजिङ फाइनान्स एजेन्सी)

    https://www.jhf.go.jp/loan/yushi/info/saigai.html(जापानी भाषा मात्र)

  • विपद्‍मा क्षति व्यहोर्नु परेका पीडितहरूलाई व्यक्ति, कम्पनी या प्रशासनहरूले अर्पण गर्ने पैसा।
    रकम तथा सर्तहरू कम्पनी या प्रशासन अनुसार फरक पर्छ।

  • विदेशी नागरिकको 3 महिना वा सो भन्दा बढि जापानमा बसोबास गर्न दिइएको भिसा रहेको तथ्य प्रमाणित गर्ने कार्ड।

  • अस्पताल भन्दा बाहिर मृत्यु हुँदा, प्रहरीले बोलाएर आएको डाक्टरले शव हरेर प्रमाणित गरेको लिखत।

  • अस्पतालमा मृत्यु हुँदा, डाक्टरले मृत्यु भएको प्रमाण स्वरूप दिने लिखत।

  • मोटरगाडी या मोटरसाइकलमा सुरक्षाको मापदण्ड पूरा भएको प्रमाणित हुने कागजात।

  • भूकम्प पछि तीव्र गतिमा आउने अति उच्च छाललाई भनिन्छ।
    सुनामी (tsunami) कैयौँ पटक फर्की-फर्की आउने भएकोले, सुनामी (tsunami)को चेतावनी या सावधानीका सन्देशहरू नहराएसम्म समुन्द्र या खोलाको नजिक जानु हुन्न।

  • इस्लामी कानुन पालना गरेका खानेकुरा। पोर्क वा अल्कोहल भने निषेधित हुन्छ।

  • विपद्‍को कारणले बसोबास गर्ने गरेको घर भत्किने आदि भएकोमा पाइने पैसा।
    विस्तृतमा नगर/गाउँपालिका मा सोध्ने।

  • विपद्‍ले घरमा बस्न नमिल्ने हुँदा, जीवनयापन गर्ने ठाउँ।
    ठुलो समुन्द्री आँधी आउने या भारी वर्षा हुने समयमा, विपद्‍ आइपर्नु अगाडि नै आश्रय सथल खुल्ला गरिने पनि हुन्छ।
    खाद्यान्न, दैनिक जीवनयापनका सामान, कम्बलहरूको व्यवस्था गरिएको हुन्छ।
    धेरैजसो विद्यालय या सामुदायिक भवनहरू हुने गर्छन्।

  • ठुलो भूकम्प आएपछि भाग्ने ठाउँ।
    खानेकुरा या पानी नहुन सक्छ। बास बस्न नमिल्ने हुन्छ।
    ठुला पार्क या ग्राउण्डहरू।

  • ख्याल गर्नुपर्ने व्यक्ति (ज्येष्ठ नागरिक/ अपाङ्गता भएका व्यक्ति/ गर्भवती/ शिशु भएका व्यक्ति आदि)ले विशेष सहयोग पाउने आश्रय सथल।
    धेरैजसो ठुलो विपद्‍ पश्चात् केही समयपछि मात्र खुल्ने भएकोले, पहिला नजिकको आश्रय सथलमा गएर, कल्याणकारी आश्रय सथल खुल्ने बेलासम्म पर्खिनु पर्ने हुन्छ।

  • मृत्यु भएका व्यक्तिको अस्तुलाई चिहानमा समाधिस्थ गर्नका लागि आवश्यक कागजात।
    धेरैजसो शवदाह गृहले शवदाह अनुमति प्रमाणपत्रमा शवदाह पूर्ण भएको छाप लगाएकोलाई समाधि अनुमति प्रमाणपत्रको रूपमा मानिन्छ।

  • पासपोर्ट/ आवास कार्ड (zairyu card)/ ड्राइभिङ् लाइसेन्स/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड इत्यादि।

  • ठुलो भूकम्पपछि आउने भूकम्पलाई भनिन्छ।
    परकम्पन धेरै पटक आउन सक्ने हुनाले, भूकम्प आएपछि केही समयसम्म सावधानी अपनाउनु पर्छ।

  • बसोबास गरिरहेको घर आदि भवनहरूमा कत्रो ठूलो क्षति भएको छ भनी प्रमाणित गर्ने कागजात।
    क्षतिको गम्भीरता, पूर्ण-क्षतिग्रस्त (50% वा सो भन्दा बढि भत्किएको), ठुलो स्तरको अर्ध-क्षतिग्रस्त (40% भन्दा बढि 50% भन्दा कम भत्किएको), मझौला स्तरको अर्ध-क्षतिग्रस्त (30% भन्दा बढि 40% भन्दा कम भत्किएको), अर्ध-क्षतिग्रस्त (20% भन्दा बढि 30% भन्दा कम भत्किएको), न्यून अर्ध-क्षतिग्रस्त (10% भन्दा बढि 20% भन्दा कम भत्किएको), आंशिक क्षतिग्रस्त (10% भन्दा कम भत्किएको) आदिमा वर्गीकरण गरिन्छ।
    नगर/गाउँपालिकाका छानबिनकर्ताले भत्केको घरको अवस्था हेरेर रचना गर्दछन्।
    विस्तृतमा 9 - 2 हेर्नुहोस्।

  • ★★विपद्‍ आइपर्दा उपयोग गर्न मिल्ने आर्थिक सहयोग★★

    क्षतिका विषयवस्तु/
    चिन्ताका विषय

    सहयोगका विषयवस्तु

    सोधपुछ स्थल

    मानवीय क्षति

    परिवारको मृत्यु भयो

    ・विपद्‍ समवेदना रकम (अधिकतम 50 लाख येन)

    नगर/गाउँपालिका

    अपाङ्गता रहन गयो

    ・विपद्‍जन्य अङ्गभङ्ग सान्त्वना रकम (अधिकतम 25 लाख येन)

    नगर/गाउँपालिका

    बासको क्षति

    बसोबास गरिरहेको घर भत्केको

    ・विपद्‍ पीडित जीवनयापन पुनर्वहाली सहायता रकम
    (आधारभूत सहायता रकम: अधिकतम 10 लाख येन)

    नगर/गाउँपालिका

    ・निजी बिमाहरू

    बिमा कम्पनी

    कामको क्षति

    कम्पनी दिवालिया भएर काम छोडाइयो

    ・भुक्तानी बाँकी ज्याला सट्टा भुक्तानी प्रणाली

    श्रम मानक निरीक्षण कार्यालय

    कम्पनी चलिरहेको छ तर काम छोडाइयो

    ・बेरोजगार भत्ता

    हेलोवर्क

    पैसाको चिन्ता

    ऋण छ

    ・विपद्‍ प्रभावित लोन छुट प्रणाली

    बार एसोसियसन

    पैसा सापटी चाहन्छु

    ・विपद्‍ सहायता कोष

    नगर/गाउँपालिका

    ・जीवनयापन कल्याणकारी कोष

    समाज कल्याण परिषद्

    बासको चिन्ता

    घर मर्मत गर्न चाहन्छु

    ・आपतकालीन मर्मतसम्भार (करिब 7 लाख येनसम्मको माथिल्लो सीमा)

    ・विपद्‍ पीडित जीवनयापन पुनर्वहाली सहायता रकम
    (अतिरिक्त सहायता रकम: अधिकतम 10 लाख येन)

    नगर/गाउँपालिका

    ・विपद्‍ पुनरुत्थान आवास कर्जा

    जापान हाउजिङ फाइनान्स एजेन्सी

    नयाँ घर ठड्याउन/
    किन्न चाहेको

    ・विपद्‍ पीडित जीवनयापन पुनर्वहाली सहायता रकम
    (अतिरिक्त सहायता रकम: अधिकतम 20 लाख येन)

    नगर/गाउँपालिका

    ・विपद्‍ पुनरुत्थान आवास कर्जा

    जापान हाउजिङ फाइनान्स एजेन्सी

    घर भाडामा लिन चाहेको

    ・विपद्‍ पीडित जीवनयापन पुनर्वहाली सहायता रकम
    (अतिरिक्त सहायता रकम: अधिकतम 5 लाख येन)

    नगर/गाउँपालिका

    * जापान बार एसोसियसन महासंघ “विपद्‍ पीडित जीवनयापन पुनर्वहाली सहयोगी नोट” (सन् 2024 जून 24 तारिख पूरक संशोधित संस्करण)बाट उद्धरण। रकमहरू परिवर्तन हुने सम्भावना रहन्छ।

    विस्तृत विषयवस्तुको लागि, निम्न वेबसाइट हेर्नुहोस्।

    ■विपद्‍ पीडित जीवनयापन पुनर्वहाली सहयोगी नोट (जापान बार एसोसियसन महासंघ)

    https://www.nichibenren.or.jp/jfba_info/publication/pamphlet/saiken_note.html(जापानी भाषा मात्र)

    अझै विस्तृतमा जान्न चाहेमा निम्न वेबसाइट हेर्न सक्नुहुन्छ।

    ■विपद्‍ पीडित सहयोग सम्बन्धी विभिन्न प्रकारका प्रणालीका रूपरेखा (मन्त्रीपरिषद् कार्यालय: विपद्‍ जोखिम व्यवस्थापन जानकारी वेबसाइट)

    https://www.bousai.go.jp/taisaku/hisaisyagyousei/seido.html(जापानी भाषा मात्र)