災害のときのQ&A

5 सम्पर्क/ जानकारी

連絡・情報 ページ アイコン

5 सम्पर्क/ जानकारी

    1. ठुलो विपद्‍ आएमा थुप्रै मानिसले फोन प्रयोग गर्ने हुँदा फोन लाग्दैन।
      5 - 2 मा लेखेको विधि अनुसार सम्पर्क गर्ने गर्नुहोस्।


    2. आपत्कालिन समय (प्रहरी या एम्बुलेन्स, दमकल बोलाउने) या फोन नगरी नहुने समयमा सार्वजनिक टेलिफोन बुथ प्रयोग गर्न सकिन्छ।
      अन्तर्राष्ट्रिय कल गर्न मिल्ने सार्वजनिक टेलिफोन बुथमा अन्तर्राष्ट्रिय कल प्रयोग मिल्ने भनेर लेखिएको हुन्छ।


      सार्वजनिक टेलिफोन बुथ प्रयोग गर्ने तरिका
      • आपत्कालिन समय (प्रहरी या एम्बुलेन्स, दमकल बोलाउने)

        1. रिसिभर हातमा लिने। पैसा हाल्नु पर्दैन।

        2. रातो बटन छ भने उक्त बटन थिच्ने।
          रातो बटन नभए त्यत्तिकै फोन लगाउने।

        3. प्रहरी बोलाउनु पर्दा 110 थिच्ने।
          एम्बुलेन्स वा दमकल बोलाउनु पर्दा 119 थिच्ने।

      • फोन नगरी नहुने समयमा
        1. रिसिभर हातमा लिने। पैसा हाल्ने।
          धेरैजसो सार्वजनिक टेलिफोन बुथमा 10 येन वा 100 येनको सिक्का चलाउन सकिन्छ।
          इलेक्ट्रोनिक मनी प्रयोग गर्न मिल्ने सार्वजनिक टेलिफोन बुथ पनि छन्।
          ठुलो विपद्‍ आएपछि पैसा नहालेपनि सार्वजनिक टेलिफोन बुथ प्रयोग गर्न मिल्ने गर्छ।

        2. फोन नम्बर थिच्ने।

        सार्वजनिक टेलिफोन बुथ रहेको स्थानको लागि निम्न पेज हेर्नुहोस्।

        ■सार्वजनिक टेलिफोन बुथ रहेको स्थल सर्च (NTT EAST)

        https://publictelephone.ntt-east.co.jp/ptd/map/search/addrlist/13/(जापानी भाषा)

  • ठुलो विपद्‍ आएमा थुप्रै मानिसले फोन प्रयोग गर्ने हुँदा फोन लाग्दैन।
    परिवार वा साथीहरू सकुशल छन् छैनन् भन्ने कुरा निम्न विधिबाट खोजबिन गर्न सकिन्छ।
    विपद्‍ आइपर्नु अगाडि नै कुन विधिले सम्पर्क गर्ने हो निर्धारण गरिराखौँ।

    1. इन्टरनेट प्रयोग गर्ने

      1. Disaster Message Board (web171) (NTT EAST/ NTT WEST)         
        वेबसाइटमा लिखित रूपमा म्यासेज पोष्ट गर्न सकिन्छ।         
        फोन नम्बर थाहा भएको व्यक्तिले उक्त म्यासेज हेर्न सक्छ।
        https://www.web171.jp/
        (जापानी/ अङ्ग्रेजी/ चिनियाँ/ कोरियाली भाषा)


      2. मोबाइल फोनको Disaster Message Board सर्भिस
        मोबाइल फोन कम्पनी (NTT docomo/ SoftBank/ KDDI(au)/ Y! mobile/ Rakuten Mobile)को वेबसाइटमा लिखित रूपमा म्यासेज पोष्ट गर्न सकिन्छ।        
        फोन नम्बर थाहा भएको व्यक्तिले उक्त म्यासेज हेर्न सक्छ।        
        अन्य मोबाइल फोन कम्पनीको वेबसाइटमा पोष्ट गरिएको म्यासेज समेत हेर्न सकिन्छ।

        ■NTT docomo
        https://www.docomo.ne.jp/info/disaster/disaster_board/
        (वर्णन: जापानी भाषा)
        http://dengon.docomo.ne.jp/top.cgi?es=0(जापानी भाषा)
        http://dengon.docomo.ne.jp/Etop.cgi?es=0(अङ्ग्रेजी)

        ■SoftBank
        https://www.softbank.jp/mobile/service/dengon/boards/
        (वर्णन: जापानी भाषा)
        http://dengon.softbank.ne.jp/(जापानी भाषा)
        http://dengon.ezweb.ne.jp/E/service.do(अङ्ग्रेजी)

        ■KDDI(au)
        https://www.au.com/mobile/anti-disaster/saigai-dengon/
        (वर्णन: जापानी भाषा)
        http://dengon.ezweb.ne.jp/(जापानी भाषा)
        http://dengon.ezweb.ne.jp/E/service.do(अङ्ग्रेजी)

        ■Y! mobile
        https://www.ymobile.jp/service/dengon/(जापानी भाषा मात्र)

        ■Rakuten Mobile
        https://network.mobile.rakuten.co.jp/service/disaster_board/
        (जापानी भाषा मात्र)


      3. Google Person Finder
        आफू सकुशल भए नभएको पोष्ट गर्ने, परिवार या साथीहरूको अवस्था बुझ्न सकिन्छ।
        https://google.org/personfinder/japan(जापानी भाषा)
        https://google.org/personfinder/japan?lang=ne(नेपाली भाषा)

      4. Facebook Safety Check
        विपद्‍कालीन समयमा Facebook मा आफ्नो सकुशलता पोष्ट गर्ने, परिवार या साथीहरूको अवस्था बुझ्न सकिन्छ।
        https://www.facebook.com/help/141874516227713/(जापानी भाषा)
        https://www.facebook.com/about/safetycheck/(अङ्ग्रेजी)

    2. फोन प्रयोग
      Disaster Emergency Message Dial (171)

      फोन नलाग्ने समयमापनि, फोन (मोबाइल फोन/ घरको फोन/ सार्वजनिक टेलिफोन)बाट म्यासेज छोड्न सकिन्छ।
      परिवार या साथीहरूले म्यासेज छोडेका रहेछन् भने सुन्न सकिन्छ।       
      सुन्नलाई पनि मोबाइल फोन, घरको फोन, सार्वजनिक टेलिफोन बुथ प्रयोग गरिन्छ।       
      सार्वजनिक टेलिफोन बुथबाट म्यासेज छोड्न र सुन्न निःशुल्क पाइन्छ।       
      अटोमेटिक गाइडान्स जापानी भाषाको आवाजमा मात्र आउँछ।


      प्रयोग गर्ने तरिकाको लागि निम्न पेज हेर्नुहोस्।

      ■Disaster Emergency Message Dial (171) (NTT EAST)

      https://www.ntt-east.co.jp/saigai/voice171/(जापानी भाषा)

      https://www.ntt-east.co.jp/en/saigai/voice171/ (अङ्ग्रेजी)

    3. अन्य
      1. परिवार या साथीहरूको घर नजिकको आश्रय स्थल (hinanjo) का सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।

      2. परिवार या साथीहरू बसोबास गरिरहेका नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।

      3. परिवार या साथीहरूका देशको राजदूतावासमा सोध्नुहोस्।

    1. अहिले आफू भएको नगर/गाउँपालिकाको जानकारी

      1. नगर/गाउँपालिका कार्यालयको वेबसाइट, SNS (Facebook/ LINE/ X (पुरानो Twitter) इत्यादि), विपद् जोखिम व्यवस्थापन एप, सार्वजनिक सूचना पत्रिकाहरूबाट थाहा पाउन सक्नुहुन्छ। इन्टरनेटबाट खोजबिन गर्ने हो वा नजिकका मानिसलाई सोध्नुहोस्।

      2. नजिकका आश्रय स्थल (hinanjo) मा थाहा पाउन सकिन्छ। आश्रय स्थलको सूचना पाटी हेर्नुहोस्।

      3. विपद्‍को समयमा नगर/गाउँपालिका कार्यालयले महत्त्वपूर्ण समाचारहरू प्रसारण गर्छ।
        जापानी भाषा बुझ्नुभएन भने, भाषा बुझ्ने मानिसलाई उक्त प्रसारणले के भनेको हो, सोध्नुहोस्।

      4. विपद्‍को समयमा झुट्ठा जानकारी प्रशस्त आउँछन्।
        झुट्ठा हुन सक्ने जस्तो जानकारी देख्दा वा सुन्दा नगर/गाउँपालिका कार्यालय या प्रहरीसँग परामर्श गर्नुहोस्।


    2. टोकियो महानगर/ राष्ट्रव्यापी जानकारी

      1. 【टोकियो महानगर】टोकियो महानगर विपद् जोखिम व्यवस्थापन एप (टोकियो महानगर सामान्य मामिला ब्युरो, विपद् जोखिम व्यवस्थापन डिभिजन)
        टोकियो महानगरमा विपद्‍ आएको समयमा आश्रय सम्बन्धी जानकारी या विपद्‍ सम्बन्धी जानकारी थाहा पाउन सकिने एप हो। टोकियो महानगरको विपद् जोखिम व्यवस्थापन म्याप या मौसमको जानकारी समेत हेर्न सकिन्छ। (4 भाषा)
        https://www.bousai.metro.tokyo.lg.jp/1028747/index.html
        (जापानी भाषा/ मेसिनद्वारा अनुवाद हुने)

      2. 【टोकियो महानगर】टोकियो महानगर विपद् जोखिम व्यवस्थापन म्याप (टोकियो महानगर सामान्य मामिला ब्युरो, विपद् जोखिम व्यवस्थापन डिभिजन)
        टोकियो महानगरको विपद्‍ सम्बन्धी जानकारी, आश्रय सम्बन्धी जानकारी, आश्रय लिने ठाउँहरूको जानकारी थाहा पाउन सकिन्छ।
        https://map.bosai.metro.tokyo.lg.jp/
        (मेसिनद्वारा अनुवाद हुने (अङ्ग्रेजी/ चिनियाँ/ कोरियाली भाषा))

      3. 【राष्ट्रव्यापी】मौसम विज्ञान विभाग वेबसाइट (14 भाषा)
        भूकम्प/ सुनामी (tsunami)/ आँधीबेहरी (तुफान)/ पानी पार्ने बादलको बहाबहरूको जानकारी थाहा पाउन सकिन्छ।
        https://www.data.jma.go.jp/multi/index.html?lang=jp(जापानी भाषा)
        https://www.data.jma.go.jp/multi/index.html?lang=np(नेपाली भाषा)

      4. 【राष्ट्रव्यापी】Safety tips (पर्यटन विभाग)
        विपद्‍को जानकारी र आश्रय लिने तरिकाहरू थाहा पाउन सकिने एप हो। (14 भाषा)
        https://tabunka.tokyo-tsunagari.or.jp/info/2024/01/22.html(जापानी भाषा)
        https://tabunka.tokyo-tsunagari.or.jp/english/info/2024/01/22.html(अङ्ग्रेजी)

      5. 【टोकियो महानगर】 टोकियो महानगर बहुसांस्कृतिक सहअस्तित्व पोर्टल साइट (TIPS)
        विदेशी नागरिकलाई उपयोगी हुने जानकारी या विपद् जोखिम व्यवस्थापन/ विपद्‍ सम्बन्धी जानकारी सम्प्रेषण गर्ने गरिरहेको छ। (जापानी भाषा/ अङ्ग्रेजी: “विपद्को बारेमा अध्ययन गर्ने” 8 भाषा)
        https://tabunka.tokyo-tsunagari.or.jp/index.html (जापानी भाषा)
        https://tabunka.tokyo-tsunagari.or.jp/english/index.html(अङ्ग्रेजी)

    1. NHK WORLD-JAPAN मा विदेशी भाषाको समाचार सुन्न सकिन्छ।
      • टिभी प्रसारण :24 ऐ घण्टा अङ्ग्रेजीमा प्रसारण
      • रेडियो प्रसारण :जापान भित्र AM रेडियो (NHK Rajio Dai-ni) मा 9 भाषामा प्रसारण
      • वेबसाइट:जापानी भाषा लगायत 20 भाषामा समाचार सम्प्रेषण
      • एप :19 भाषामा समाचार सम्प्रेषण

    2. विपद्‍को समयमा निम्न विधिले विदेशी भाषाको समाचार हेर्न सकिन्छ।
      1. आँधीबेहरी (तुफान) या भूकम्प जस्ता विपद्‍हरू आइपर्दा
      2. माध्यम: NHK WORLD-JAPAN एप र वेबसाइट
        भाषा: अङ्ग्रेजी/ चिनियाँ (सरलीकृत तथा परम्परागत अक्षर)/ कोरियाली/ भियतनामी/ अरबी/ बङ्गाली/ बर्मेली/ फ्रान्सेली/ हिन्दी/ इन्डोनेशियाली/ फारसी/ पुर्तगाली/ रूसी/ स्पेनी/ स्वाहिली/ थाई/ तुर्केली/ युक्रेनी/ उर्दु भाषामा

      3. भूकम्पीय तीव्रता (सिन्दो) 5 तल्लो-(shindo 5 jaku) वा सो भन्दा माथिको भूकम्प आएको बेलामा, सुनामी (tsunami) वा ठूलो सुनामी (Oo-tsunami)को चेतावनी, भारी वर्षा विशेष चेतावनी, J-अलर्ट जारी गरिएको समयमा
      4. माध्यम: NHK WORLD-JAPAN एप र वेबसाइट
        विधि: “आपत्कालिन लाइभ इस्ट्रिमिङ पेज” बन्छ र त्यसमा NHK General टिभीले विशेष समाचारलाई AI अङ्ग्रेजी सबटाइटल तथा आवाज सहित प्रसार गर्नेछ
        भाषा: अङ्ग्रेजी मात्र

      5. सुनामीको चेतावनी/ सावधानी सन्देश जारी भएको बेलामा
      6. माध्यम: NHK General टिभी/ NHK Educational टिभी/ NHK BS प्रसारण
        NHK रेडियो प्रसारण (NHK Rajio Dai-ni; टोकियोमा 693kHz 500kw)
        विधि: सब-अडियोहरूमार्फत बहुभाषामा प्रसारण
        भाषा: अङ्ग्रेजी/ चिनियाँ/ कोरियाली/ भियतनामी/ पुर्तगाली भाषामा

      7. भूकम्प, सुनामीको चेतावनी/ सावधानी सन्देश जारी भएको समयमा, समुन्द्री आँधीको जानकारीहरूको ब्रेकिङ न्युज प्रसारण भएको बेला
      8. माध्यम: NHK WORLD-JAPAN को एप
        विधि: समुन्द्री आँधीको जानकारीहरूलाई ब्रेकिङ न्युज स्वरूप सूचित
        भूकम्पीय तीव्रता (सिन्दो) 3 वा सोभन्दा माथि अथवा भूकम्पीय तीव्रता (सिन्दो) 5 तल्लो वा सोभन्दा माथि (युजरको सेटिङ अनुसार फरक पर्न सक्ने)को भूकम्प आएको बेलामा र सावधानी सन्देश वा सोभन्दा माथिको सुनामी जानकारी, ठूलो वर्षा तथा हुरी आदिको विशेष चेतावनीको सन्देश स्मार्टफोनमा Push Notification आउने
        भाषा: अङ्ग्रेजी/ चिनियाँ (सरलीकृत तथा परम्परागत अक्षर)/ भियतनामी/ पुर्तगाली भाषा, फ्रेन्च, हिन्दी, इन्डोनेसियाली भाषा, कोरियन भाषा, रुसी भाषा, स्पेनी भाषा, थाई भाषामा
        *ब्रेकिङ न्युज भने अङ्ग्रेजीमा मात्र

    3.   ■NHK WORLD-JAPAN वेबसाइट (NHK)

        https://www3.nhk.or.jp/nhkworld/en/multilingual_links/
      (जापानी भाषा लगायत 20 भाषा)

        ■NHK WORLD RADIO (NHK)

        https://www3.nhk.or.jp/nhkworld/ja/radio/(17 भाषा)

        ■NHK WORLD-JAPAN एप (NHK)

        https://www3.nhk.or.jp/nhkworld/ja/app/#p-notification(19 भाषा)

    1. विपद्‍ आउने बित्तिकै भने दोभासे नहुने ठाउँ धेरै हुन्छन्।
      एकअर्काको भाषा नबुझ्ने समयमा अनुवाद एपहरू प्रयोग गर्नुहोला।

      ■बहुभाषिक आवाज अनुवाद एप “VoiceTra” (राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान (NICT)) (31 भाषा)

      डाउनलोड गर्ने URL

      https://apps.apple.com/jp/app/id581137577
      (App Store:जापानी भाषा)

      https://apps.apple.com/app/id581137577
      (App Store:अङ्ग्रेजी)

      https://play.google.com/store/apps/details?id=jp.go.nict.voicetra
      (Google Play:जापानी भाषा)

      https://play.google.com/store/apps/details?id=jp.go.nict.voicetra&hl=en
      (Google Play:अङ्ग्रेजी)

    2. अनुवाद एप प्रयोग गर्दा पनि संवाद गर्न गाह्रो परेमा जापानी तथा आफ्नो भाषा बोल्ने व्यक्तिलाई वा नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।

    1. ठुलो विपद्‍ आएको केही समय बितेपछि मोबाइल फोन कम्पनीहरूको Wi-Fi प्रयोग गर्न मिल्ने हुन्छ।
      Wi-Fi लाई ON गरेपछि, नेटवर्क-नेम (SSID)मा “00000JAPAN” चयन गर्नुहोस्। पासवर्ड चाहिँदैन।
      सबैले निःशुल्क Wi-Fi प्रयोग गर्न सक्नेछन्।

    2. TOKYO FREE Wi-Fi प्रयोग गर्न सकिन्छ।
      प्रयोग गर्न मिल्ने ठाउँको लागि निम्न पेज हेर्नुहोस्। (4 भाषा)

      ■TOKYO FREE Wi-Fi (टोकियो महानगर)

      https://www.wifi-tokyo.jp/ja/(जापानी भाषा)

      https://www.wifi-tokyo.jp/(अङ्ग्रेजी)

      ■TOKYO FREE Wi-Fi (OpenRoaming) (टोकियो महानगर)

      https://wi-fi.metro.tokyo.lg.jp/(जापानी भाषा)

      https://wi-fi.metro.tokyo.lg.jp/en/(अङ्ग्रेजी)

    3. जोकोहीले एक्सेस गर्न सक्ने Wi-Fi भएकोले, सेक्युरिटिमा ध्यान पुऱ्याउनुहोस्।

  • निम्न पेजमार्फत हुलाक या सामानको ढुवानी अवस्था खोजबिन गर्न सकिन्छ।

    ■सञ्चालन जानकारी (हुलाक कार्यालय)

    https://www.post.japanpost.jp/unkou.html(जापानी भाषा मात्र)

    1. प्राथमिक/ निम्नमाध्यमिक विद्यालयले फोन या इमेलबाट सूचित गर्नेछ। फोन बिग्रिएको छ भने अरू नै चल्ने फोन नम्बर विद्यालयलाई बताउनुहोस्।

    2. प्राथमिक/ निम्नमाध्यमिक विद्यालय अथवा विद्यालय नजिकको आश्रय स्थल (hinanjo) बाट थाहा पाउन सकिन्छ।

    3. प्राथमिक/ निम्नमाध्यमिक विद्यालय भएको नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।

    4. अन्य विद्यालयको हकमा सिधैँ सोही विद्यालयमा सोध्नुहोस्।

  • ठुलो विपद्‍ आइपरेको समयमा विद्यालयले भर्ना परीक्षाको टाइम परिवर्तन गर्ने, अर्को दिनमा परीक्षा गर्न पनि सक्छ। विद्यालयमा सोध्नुहोला।