
3 रोग/ घाउचोट
-
-
ठुलो विपद् पश्चात् डाक्टरले निःशुल्क जाँच गर्ने चिकित्सा उद्धार केन्द्र खुल्ला गरिन्छ। स्वास्थ्य बिमा कार्ड चाहिँदैन।
चिकित्सा उद्धार केन्द्र कुन ठाउँमा छ भनेर नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।☞ शब्दावली सङ्ग्रह: चिकित्सा उद्धार केन्द्र
-
आश्रय स्थल (hinanjo)मा डाक्टर तथा नर्स आउने गर्छन्। डाक्टर तथा नर्स कहिले आउँछन् भनेर आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।
-
विदेशी भाषामा सेवा दिन सक्ने अस्पतालको लागि निम्न फोन नम्बरमा सोध्नुहोस्।
■टोकियो महानगर जनस्वास्थ्य जानकारी सेन्टर (हिमावारि) (टोकियो महानगर जनस्वास्थ्य ब्युरो)
फोन नम्बर: 03-5285-8181 प्रत्येक दिन: बिहान 9:00 बजेदेखि बेलुकी 8:00 बजेसम्म
-
-
नजिकको चिकित्सा उद्धार केन्द्रमा जँचाउनुहोस्। पैसा लाग्दैन। बिमा कार्ड चाहिँदैन।
चिकित्सा उद्धार केन्द्र कुन ठाउँमा छ भनेर नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।☞ शब्दावली सङ्ग्रह: चिकित्सा उद्धार केन्द्र
-
-
विपद् आइपर्ने बित्तिकै चिकित्सा उद्धार केन्द्रमा दोभासे हुँदैनन्। जापानी भाषा आउने मानिससँग जानुहोस्।
जापानी भाषा आउने मानिस नभएमा, नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।
☞ शब्दावली सङ्ग्रह:चिकित्सा उद्धार केन्द्र
-
विदेशी भाषामा सेवा दिन सक्ने अस्पतालको लागि निम्न फोन नम्बरमा सोध्नुहोस्।
■टोकियो महानगर जनस्वास्थ्य जानकारी सेन्टर (हिमावारि) (टोकियो महानगर जनस्वास्थ्य ब्युरो)
फोन नम्बर: 03-5285-8181 प्रत्येक दिन: बिहान 9:00 बजेदेखि बेलुकी 8:00 बजेसम्म -
अनुवाद एप प्रयोग गरेर सामान्य संवाद गर्न सकिने हुन्छ।
अनुवाद एप “VoiceTra” बारेमा निम्न पेज हेर्नुहोस्।https://voicetra.nict.go.jp/(जापानी भाषा)
https://voicetra.nict.go.jp/en/(अङ्ग्रेजी)
-
बहुभाषिक उपचारको जाँच फाराम मार्फत तपाईंको घाउचोट या रोगको अवस्था बताउन सक्नु हुनेछ।
■बहुभाषिक उपचारको जाँच फाराम (NPO इन्टरनेशनल कम्युनिटि हार्टी कोनान्दाइ/ कानागावा इन्टरनेशनल फाउन्डेसन)
निम्न पेजबाट डाउनलोड गर्नुहोस्।https://kifjp.org/medical/(23 भाषा)
-
-
नजिकको प्रहरीलाई भन्नुहोस्। प्रहरी कार्यालयको टोल फ्रि नम्बर 110 हो।
प्रहरी नआएसम्म त्यत्तिकै छोड्नुहोस्।
प्रहरी कार्यालय थाहा भएन भने नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।