外国人のみなさんへ
【ネパ―ル語】इन्फ्लुएन्जा नलाग्न सावधानी अपनाउनुहोस्।
टोकियो प्रदेशमा इन्फ्लुएन्जा लाग्ने मानिसहरू बढिरहेका छन्। यो वर्ष गत वर्षभन्दा छिटो इन्फ्लुएन्जा लाग्ने मानिसहरूको सङ्ख्या बढ्न थालेको छ।
इन्फ्लुएन्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्दा फैलिन्छ।
इन्फ्लुएन्जा नलाग्न सावधानी अपनाउनुहोस्।
- इन्फ्लुएन्जा लागेमा…
- आफूलाई इन्फ्लुएन्जा लागेको हुन सक्छ जस्तो लागेमा…
- इन्फ्लुएन्जा नलाग्न ध्यान दिनुपर्ने कुराहरू
- परिवारमा कसैलाई इन्फ्लुएन्जा लागेमा…
इन्फ्लुएन्जा लागेमा…
- ३८℃ वा सोभन्दा बढी ज्वरो आउन सक्छ, टाउको दुख्न सक्छ वा जीउ दुख्न सक्छ।

- रुघाखोकी लागेजस्तै घाँटी दुख्न सक्छ, सिँगान बग्न सक्छ वा खोकी लाग्न सक्छ।
आफूलाई इन्फ्लुएन्जा लागेको हुन सक्छ जस्तो लागेमा…
- सकेसम्म छिटो अस्पताल वा क्लिनिक गएर औषधि लिनुहोस्।
- अस्पताल जानुअघि फोन गरेर सोध्नुहोस्।
अस्पताल जान मिल्ने समय आदि कुराहरू पत्ता लगाउनुहोस्।
अस्पताल जाँदा मास्क लगाउनुहोस्। - गर्भवती व्यक्ति वा अरू रोग भएका व्यक्तिले आफू सधैँ जाँच गराउने डाक्टरलाई सम्पर्क गर्नुहोस्।
- ज्वरो घटेपछि दोस्रो दिनसम्म सकेसम्म बाहिर ननिस्कनुहोस्।
धेरैजसो मानिसहरू करिब १ हप्तामा निको हुन्छन्, तर वृद्धवृद्धाहरू वा अन्य रोग भएका व्यक्तिहरूको अवस्था अझ गम्भीर हुन सक्छ।
इन्फ्लुएन्जा नलाग्न ध्यान दिनुपर्ने कुराहरू
“थोपाबाट हुने संक्रमण” र “छोइएर हुने संक्रमण” बाट सावधान रहनुहोस्।
इन्फ्लुएन्जा “थोपाबाट हुने संक्रमण” र “छोइएर हुने संक्रमण” बाट फैलिन्छ।
“थोपाबाट हुने संक्रमण” भनेको इन्फ्लुएन्जा लागेको व्यक्तिको खोकी वा हाछ्युँमा भएको भाइरस सास फेर्दा भित्र गएर संक्रमण हुनु हो।
“छोइएर हुने संक्रमण” भनेको भाइरस लागेको व्यक्तिको हातले मुख वा नाक छुँदा संक्रमण हुनु हो।
- राम्ररी हात धुनुहोस् र कीटाणुनाशक प्रयोग गर्नुहोस्।


बाहिरबाट फर्किँदा र खाना खानुअघि साबुन र पानीले ३० सेकेन्डसम्म राम्ररी हात धुनुहोस्। हात धुँदा वा स्यानिटाइजर प्रयोग गर्दा हातमा लागेको भाइरस कम गर्न सकिन्छ।
खोक्दा पालना गर्नुपर्ने शिष्टाचारमा ध्यान दिनुहोस्।
खोकी लाग्दा वा हाछ्युँ गर्दा भाइरस नफैलियोस् भनेर मास्क, रुमाल वा तौलियाले मुख र नाक छोप्नुहोस्।- राम्ररी आराम गर्नुहोस्।
हरेक दिन स्वस्थ रहन राम्ररी आराम गर्नु महत्त्वपूर्ण छ। - कोठाको हावा फेर्नुहोस्।
झ्याल खोलेर कोठाको हावा फेर्नुहोस्। यसो गर्दा हावामा भएको भाइरस कम गर्न सकिन्छ।
१ घण्टामा करिब २ पटक, प्रत्येक पटक ५ देखि १० मिनेटसम्म झ्याल खोल्नु राम्रो हुन्छ। - सकेसम्म धेरै मानिसहरू भएको ठाउँमा नजानुहोस्।
इन्फ्लुएन्जा फैलिरहेको बेला मानिसहरू भेला हुने ठाउँमा नजानुहोस्। - इन्फ्लुएन्जाको खोप लगाउँदा इन्फ्लुएन्जा लाग्ने सम्भावना कम हुन्छ।
खोपले इन्फ्लुएन्जा लाग्ने सम्भावना कम गर्छ। साथै, इन्फ्लुएन्जा लागेमा पनि रोग गम्भीर हुने जोखिम कम गर्न मद्दत गर्छ। खोप लगाउन अस्पतालमा बुकिङ गर्नुहोस्।
परिवारमा कसैलाई इन्फ्लुएन्जा लागेमा…
- इन्फ्लुएन्जा लागेको व्यक्तिको हेरचाह गर्ने एक जना व्यक्ति तोक्नुहोस्।
- इन्फ्लुएन्जा लागेको व्यक्तिको हेरचाह गर्दा मास्क र पन्जा लगाउनुहोस्।
हेरचाह गरिसकेपछि मास्क र पन्जा तुरुन्तै फाल्नुहोस्।
मास्क र पन्जा फुकालेपछि हात धुनुहोस्। - इन्फ्लुएन्जा लागेको व्यक्तिले राम्रोसँग आराम गर्न सक्ने ठाउँ बनाउनुहोस्।
परिवार र वरपरका मानिसहरूलाई नसरोस् भनेर, इन्फ्लुएन्जा लागेको व्यक्ति सकेसम्म छुट्टै कोठामा एक्लै आराम गर्नुहोस्। - इन्फ्लुएन्जा लागेको व्यक्तिले मास्क लगाउनुहोस्। दिनमा १ पटक मास्क फेर्नुहोस्।
- इन्फ्लुएन्जा लागेको व्यक्तिले प्रयोग गर्ने तौलिया र गिलास परिवारका अरू सदस्यहरूबाट छुट्टै राख्नुहोस्।
- हात धुने ठाउँ, शौचालयजस्ता धेरै प्रयोग हुने ठाउँहरूमा कीटाणुनाशक प्रयोग गर्नुहोस्।