
11 भोलन्टियर
-
विपद् आएको क्षेत्रमा सामान पठाउँदा पुग्नको लागि अत्याधिक समय लाग्छ। पुग्ने बेलासम्ममा उनीहरूलाई अर्कै कुरा चाहिसकेको हुन सक्छ।
साथै विपद् आएको क्षेत्रमा एकै चोटि थुप्रो सामान आइपुग्यो भने छुट्याउन र बाँड्न निकै कष्टकर हुन्छ।अर्कोतर्फ एलर्जी नहुने खानेकुरा, हलालफूड या शाकाहारी खानेकुरा, बुढ्यौली चस्मा या श्रवण यन्त्र, औषधीजन्य सामग्रीहरू जस्ता विशिष्ट प्रकारका वस्तुहरू पाउन नसकेर अप्ठ्यारोमा परेका व्यक्तिहरू हुन सक्छन्।
☞ शब्दावली सङ्ग्रह:हलालफूड
विपद् आएको क्षेत्रले खानेकुरा या लुगाको दान लिन्छ वा लिदैन पहिल्यै निश्चय गर्नुहोला।
त्यसपछि साँच्चै नै आवश्यक पर्ने वस्तुलाई राम्ररी पुऱ्याउन सकिन्छ सकिँदैन सोच्नुहोला।
सामानभन्दा पैसाको चन्दा दिँदा राम्रो हुनसक्छ।विपद्कालीन समयमा सामान पठाउँदा ध्यान पुऱ्याउनुपर्ने कुराको लागि निम्न पेज हेर्नुहोस्।
■Minna-no Bousai (NHK)https://www.nhk.or.jp/osaka/bousai/support/08.html(जापानी भाषा मात्र)
-
जापानिज रेडक्रस सोसाइटिहरूले चन्दा स्वीकार गर्ने गर्दछन्।
अन्यको लागि नगर/गाउँपालिका कार्यालय या समाज कल्याण परिषद्मा सोध्नुहोस्। -
-
नगर/गाउँपालिका कार्यालयका मानिसले फोन गर्ने वा घर आउने गरेर चन्दा माग्ने गर्दैनन्।
शङ्कास्पद फोनलाई तुरुन्त काट्नुहोस्। घर आउँछु भन्यो भने पर्दैन भन्नुहोला।
शङ्कास्पद केही भएमा वा पैसा तिरिसकेको समयमा प्रहरी या नगर/गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुहोस्। -
ठुलो विपद् आइपर्दा चन्दा रकमहरू ठगी गर्ने कार्य धेरै देखा पर्छन्।
नचिनेको मान्छेले चन्दा दिनुहोस् भनेपनि, तुरुन्त नदिई हाल्नुहोस्।
चन्दा दिनुपर्दा, चन्दा दिने समूहको गतिविधिको अवस्था र चन्दा रकम कहाँ उपयोग गर्ने हो राम्रोसँग बुझ्नुहोस्।
-
-
-
स्थानीय विपद् भोलन्टियर सेन्टरहरूले स्वयंसेवक लिने गर्छन्।
■स्थानीय भोलन्टियर/ नागरिक गतिविधि परामर्श काउण्टर (टोकियो भोलन्टियर/ नागरिक गतिविधि सेन्टर)
विपद् भोलन्टियर सेन्टरको जानकारीको लागि स्थानीय भोलन्टियर सेन्टरमा सोध्नुहोस्।https://www.tvac.or.jp/area/(जापानी भाषा मात्र)
-
नगर/गाउँपालिका कार्यालय या अन्तर्राष्ट्रिय आदानप्रदान संस्थाहरूले विपद्कालीन समयमा जापानी भाषा नआउने विदेशी नागरिकको निमित्त दोभासे/ अनुवाद गरिदिने भोलन्टियर लिने गर्छ।
■टोकियो महानगरको अन्तर्राष्ट्रिय आदानप्रदान संस्था (TIPS)
नगर/गाउँपालिका कार्यालय या अन्तर्राष्ट्रिय आदानप्रदान संस्थामा सोध्नुहोस्।https://tabunka.tokyo-tsunagari.or.jp/organization/tonai/ (जापानी भाषा)
https://tabunka.tokyo-tsunagari.or.jp/english/organization/tonai/ (अङ्ग्रेजी)
-