
10 मनोवैज्ञानिक स्याहार
-
-
नर्स या पब्लिक हेल्थ नर्सहरू आश्रय स्थल (hinanjo)मा घुमिरहेका हुन्छन्।
आफ्ना बालबच्चालाई नर्स या पब्लिक हेल्थ नर्सलाई देखाउनुहोस्। -
भोलन्टियर पनि आश्रय स्थलहरूमा घुमिरहेका हुन्छन्।
गीत गाउने, गेम खेल्ने, चित्र कोर्ने, स्फूर्ती जाग्ने गरी खेलिदिन्छन्।
बालबच्चा सँगसँगै सहभागी हुनुहोस्।
उनीहरू कहिले आउँछन् भनेर आश्रय स्थलको सूचना पाटी हेर्ने वा आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्। -
विपद् पछिको बालबच्चाको मनोवैज्ञानिक स्याहार बारेमा निम्न पेज हेर्नुहोस्।
■विपद्कालीन समयमा बालबच्चाको मनोवैज्ञानिक स्याहार (UNICEF जापान समिति)
https://www.unicef.or.jp/kokoro/(जापानी भाषा मात्र)
-
-
-
नर्स या पब्लिक हेल्थ नर्सहरू आश्रय स्थल (hinanjo)मा घुमिरहेका हुन्छन्।
नर्स या पब्लिक हेल्थ नर्सलाई देखाउनु होस्।
साथै कुरा सुनिदिने भोलन्टियरहरू धेरैजसो आश्रय स्थलमा आउने गर्छन्। भोलन्टियरलाई हालको मनको भावना सुनाउनुहोस्। -
मानसिक चिन्ता वा अप्ठ्याराहरूमा फोन या SNS (Facebook Messenger)बाट परामर्श गर्न मिल्ने ठाउँ पनि हुन्छ।
विस्तृतमा निम्न पेज हेर्नुहोस्।
■Yorisoi Hotline (Social Inclusion Support Center)https://www.since2011.net/yorisoi/np/ (11 भाषामा)
जापानी भाषाबाहेक अरू 10 भाषामा परामर्श गर्न सकिन्छ।
(परामर्श गर्न सकिने वार भने भाषा अनुसार फरक पर्छ।)■TELL (Tokyo English Lifeline फोन)
https://telljp.com/lifeline/(अङ्ग्रेजी)
अङ्ग्रेजीमा परामर्श गर्न सकिन्छ। जापान राष्ट्रभरीबाट परामर्श गर्न सकिन्छ।
-
विपद् पछिको मनोवैज्ञानिक स्याहार बारेमा निम्न पेज हेर्नुहोस्।
■विपद्कालीन समयमा “मनोवैज्ञानिक स्याहार”को मार्गनिर्देशिका (टोकियो महानगर (गोस्वारा) मानसिक स्वास्थ्य कल्याणकारी केन्द्र)https://www.fukushi.metro.tokyo.lg.jp/chusou/joho/rifuretto.files/R5saigaitebiki.pdf(जापानी भाषा मात्र)
-