
9 प्रक्रिया/ प्रमाणपत्र
-
“विपद् पीडित प्रमाणपत्र (risai shoumeisho)” लिनुहोस्।
विपद् पीडित प्रमाणपत्र, राज्य वा नगर/गाउँपालिकाबाट सहयोगहरू पाउनका लागि आवश्यक पर्छ।
विपद् पीडित प्रमाणपत्र पाउने तरिकाका लागि नगर/गाउँपालिका कार्यालयमा बुझ्नुहोला।
विपद् पीडित प्रमाणपत्र बारेमा 9 - 2 हेर्नुहोस्। -
“विपद् पीडित प्रमाणपत्र (risai shoumeisho)” भनेको घर कत्तिको भत्काएको छ भन्ने कुरा प्रमाणित गर्ने कागज हो।
राज्य या नगर/गाउँपालिकाको सहयोगहरू पाउने बेलामा प्रयोग गरिन्छ।
नगर/गाउँपालिका कार्यालयबाट पाउन सकिन्छ।
आगलागी भएको हो भने अग्नि नियन्त्रण कार्यालयबाट पाइने पनि हुन सक्छ।
नगर/गाउँपालिकाका छानबिनकर्ताले भत्केको घरको अवस्था हेरेर रचना गर्ने भएकोले पाउन केही समय लाग्ने गर्दछ।कस्ता सहयोग पाउन विपद् पीडित प्रमाणपत्रको आवश्यकता पर्छ, केही दृष्टान्तहरू:
-
विपद् पीडित जीवनयापन पुनर्वहाली सहायता रकम:विपद्ले घर भत्किएका व्यक्तिले पाउन सक्ने रकम
☞ शब्दावली सङ्ग्रह: विपद् पीडित जीवनयापन पुनर्वहाली सहायता रकम
-
राहत रकम:विपद्मा परेका व्यक्तिले पाउन सक्ने रकम
☞ शब्दावली सङ्ग्रह:राहत रकम
-
कर तथा बिमा शुल्क भुक्तानीलाई केही समय स्थगन वा छुट (पछि तिर्न मिल्ने बनाउने वा घटाउने)
-
अस्थायी आवास (kasetsu juutaku):विपद्ले आफ्नो घर भत्केका मानिसले निःशुल्क बस्न पाउने घर
☞ शब्दावली सङ्ग्रह:अस्थायी आवास
विपद् पीडित प्रमाणपत्र पाउनका लागि, आवश्यक कागजात तथा तीनका जारी समयहरू नगर/गाउँपालिका कार्यालय अनुसार फरक पर्छ। नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।
-
-
-
पानीमा परेको गाडीमा करेन्ट लाग्ने जोखिम हुने भएकोले इन्जिन स्टार्ट नगर्नुहोला।
-
मोटरगाडीको बिमा छ भने बिमा कम्पनीसँग परामर्श गरौँ।
-
बिग्रेको गाडी फ्याँक्नु पर्दा वा बाढी, पहिरो, सुनामीले गाडी बगाएको खण्डमा नजिकको परिवहन ब्युरोको शाखा कार्यालय आदिबाट गाडी विसर्जन (गाडी फ्याँक्ने कार्य)को प्रक्रिया अपनाउने।
विपद्ले गर्दा गाडी विसर्जनको प्रक्रिया अपनाउनुपरेमा तिरेको सवारी साधन कर फर्किएर आउन सक्छ।
विस्तृतमा नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।
-
-
आफ्नो राष्ट्रको राजदूतावासबाट पासपोर्ट पुनः जारी गर्ने प्रक्रिया अपनाउनुहोस्।
आवश्यक कागजातका लागि राजदूतावासमा नै सोध्नुहोस्।जापानमा भएको विदेशी राजदूतावास या वाणिज्य दूतावासहरूको जानकारी निम्न पेजमा हेर्नुहोस्।
■जापान अवस्थित विदेशी कूटनीतिक नियोगहरूको लिष्ट (परराष्ट्र मन्त्रालय, जापान)https://www.mofa.go.jp/mofaj/link/emblist/index.html(जापानी भाषा)
https://www.mofa.go.jp/about/emb_cons/protocol/index.html (अङ्ग्रेजी)
-
-
टोकियो अध्यागमन सेवा ब्युरोबाट भिसा म्याद बढाउने प्रक्रिया अपनाउनुहोस्।
आवश्यक कागजातको लागि टोकियो अध्यागमन सेवा ब्युरोमै सोध्नुहोस्।■अध्यागमन इन्फर्मेसन सेन्टर (विदेशी भाषाको परामर्श सेवा काउण्टर)
फोन नम्बर: 0570-013904 -
ठुलो विपद्को कारण भिसाको लागि प्रक्रिया अपनाउन नपाएका व्यक्तिले म्याद नाघेपछि पनि प्रायः प्रक्रिया अपनाउन पाउने गर्छन्। परामर्श गरी हेर्नुहोला।
विदेशी आवासीय सहायता केन्द्र (FRESC)मा समेत परामर्श गर्न सकिन्छ।
■विदेशी आवासीय सहायता केन्द्र (FRESC) (अध्यागमन सेवा एजेन्सी)
निम्न फोन नम्बरमार्फत परामर्शको लागि बुकिङ गर्नुहोस्।https://www.moj.go.jp/isa/support/fresc/fresc_2.1.html
(जापानी भाषा/ अङ्ग्रेजी)फोन नम्बर: 03-5363-3025 (बुकिङ स्पेशल)
-
-
टोकियो अध्यागमन सेवा ब्युरोबाट आवास कार्ड पुनर्जारीको प्रक्रिया अपनाउनुहोस्।
व्यक्तिगत परिचय खुल्ने प्रमाणपत्र (पासपोर्ट/ ड्राइभिङ लाइसेन्स/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड आदि) लिएर जानुहोस्। -
-
प्रहरी कार्यालयबाट ड्राइभिङ लाइसेन्स हराउँदाको प्रक्रिया अपनाउनुहोस्।
व्यक्तिगत परिचय खुल्ने प्रमाणपत्र (पासपोर्ट/ आवास कार्ड/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड आदि) लिएर जानुहोस्।ड्राइभिङ लाइसेन्सको पुनर्जारी गर्नुपर्दा प्रहरी कार्यालय वा ड्राइभिरस लाइसेन्स केन्द्र (Unten Menkyo Center)बाट गरिन्छ।
■ड्राइभिङ लाइसेन्स पुनर्जारी (प्रहरी विभाग)
टोकियो महानगरको ड्राइभिरस लाइसेन्स केन्द्रको लागि निम्न पेज हेर्नुहोस्।https://www.keishicho.metro.tokyo.lg.jp/menkyo/koshin/saikofu01.html(जापानी भाषा मात्र)
- ठुलो विपद्कालीन समयमा ड्राइभिङ लाइसेन्सको नवीकरण म्याद लम्ब्याइने, प्रक्रियाको सेवा शुल्क नचाहिने हुन्छ। साथै ड्राइभिङ लाइसेन्स सम्बन्धी विशेष काउण्टर खोलिने गरिन्छ।
नगर/गाउँपालिका कार्यालय या प्रहरी कार्यालयमा सोधौँ।
-
-
आवास दर्ता (Jumin Toroku) गरेको व्यक्तिले राहत रकम या विपद् सान्त्वना रकमहरू पाउन सक्छ।
व्यक्तिगत परिचय खुल्ने प्रमाणपत्र (पासपोर्ट/ आवास कार्ड/ ड्राइभिङ लाइसेन्स/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड इत्यादि) लिएर नगर/गाउँपालिका कार्यालयबाट प्रक्रिया अपनाउनुहोस्।☞ शब्दावली सङ्ग्रह: राहत रकम、 विपद् सान्त्वना रकम
-
-
आवास दर्ता गरेको व्यक्तिले जीवनयापनको लागि आवश्यक पैसा सापटी लिन सक्छ।
नगर/गाउँपालिका अनुसार प्रणाली फरक पर्ने भएकोले नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।
व्यक्तिगत परिचय खुल्ने प्रमाणपत्र (पासपोर्ट/ आवास कार्ड/ ड्राइभिङ लाइसेन्स/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड इत्यादि) लिएर, नगर/गाउँपालिका कार्यालयको कल्याणकारी फाँट अथवा समाज कल्याण परिषद् बाट प्रक्रिया अपनाउनु होस्।टोकियो महानगरको समाज कल्याण परिषद् रहेको ठाउँको लागि निम्न पेज हेर्नुहोस्।
■महानगर भित्र नगर/गाउँपालिका समाज कल्याण परिषद्को सूची (टोकियो महानगर समाज कल्याण परिषद्)https://www.tcsw.tvac.or.jp/shikuchoson/shakyo.html(जापानी भाषा मात्र)
-
विपद् पुनरुत्थान आवास कर्जा या विपद् सहायता कोष आदि, घर मर्मत गर्नुपर्दा, भाडामा लिनुपर्दा वा बनाउनु पर्दा केही रकम सापट लिन मिल्ने प्रणाली रहेको छ।
नगर/गाउँपालिका कार्यालय अनुसार प्रणाली फरक पर्ने भएकोले नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।
व्यक्तिगत परिचय खुल्ने प्रमाणपत्र (पासपोर्ट/ आवास कार्ड/ ड्राइभिङ लाइसेन्स/ स्वास्थ्य बिमा कार्ड/ कर्मचारी कार्ड/ विद्यार्थी कार्ड/ माइनम्बर कार्ड इत्यादि) लिएर नगर/गाउँपालिका कार्यालयबाट प्रक्रिया अपनाउनुहोस्।☞ शब्दावली सङ्ग्रह: विपद् पुनरुत्थान आवास कर्जा、 विपद् सहायता कोष
-
-
निम्न शुल्कको रकम कम गरिने वा तिर्नु नपर्ने हुन सक्छ।
नगर/गाउँपालिका कार्यालय अनुसार प्रणाली फरक पर्ने भएकोले नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।कर:आवासीय कर आदि
बिमा शुल्क:राष्ट्रिय स्वास्थ्य बिमा शुल्क/ राष्ट्रिय पेन्सन बिमा शुल्क/ वयोवृद्ध बिमा शुल्क/ स्याहार-सुसार बिमा शुल्क/ स्याहार-सुसार उपयोग शुल्क
बाल हेरचाह शुल्क:नर्सरी स्कुल/ किन्डरगार्टेन
-
बसाइ सरेको नगर/गाउँपालिका कार्यालयबाट प्रक्रिया अपनाउनुहोस्।
आवश्यक कागजातको लागि नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्। -
-
अस्पताल बाहेकको ठाउँमा मृत्यु भएको हो भने प्रहरीलाई खबर गर्नुहोस्। प्रहरीको टोल फ्रि नम्बर 110 हो।
प्रहरी नआएसम्म त्यत्तिकै छोड्नुहोस्।
अपनाउनु पर्ने प्रक्रियाको लागि प्रहरीलाई सोध्नुहोस्।
जापानी भाषा बुझ्ने मानिससँगै बसेर कुरा सुन्नुहोस्। जापानी भाषा बुझ्ने मानिस नभए नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्। -
नगर/गाउँपालिका कार्यालयमा मृत्यु दर्ता गराउनुहोस्।
मृत्यु दर्ता दाखिला गर्दा प्रहरीबाट प्राप्त हुने शव परीक्षण पत्र अथवा अस्पतालबाट प्राप्त हुने मृत्यु प्रमाणपत्र (अथवा शव परीक्षण पत्र) आवश्यक पर्छ।☞ शब्दावली सङ्ग्रह: शव परीक्षण पत्र、 मृत्यु प्रमाणपत्र
-
अन्त्येष्टि समारोहको लागि अन्त्येष्टि सेवा कम्पनी वा आफ्नो धार्मिक संघसंस्थामा परामर्श गर्नुहोस्।
शव जलाउनु पर्दा शवदाह अनुमति प्रमाणपत्र आवश्यक पर्छ।
नगर/गाउँपालिका कार्यालयमा मृत्यु दर्ता दाखिला गरेमा शवदाह अनुमति प्रमाणपत्र पाउन सकिन्छ।
शव वा दाहसंस्कार पछिको अस्तु गाड्ने हो भने, समाधि अनुमति प्रमाणपत्र आवश्यक पर्छ।
शव जलायो भने शवदाह गृहबाट समाधि अनुमति प्रमाणपत्र पाउन सकिन्छ।
शव जलाउने बाहेकको समयमा नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।☞ शब्दावली सङ्ग्रह: शवदाह अनुमति प्रमाणपत्र、 समाधि अनुमति प्रमाणपत्र
-
आफ्नो परिवारको मृत्यु भएमा विपद् समवेदना रकम पाउन सकिन्छ। बसोबास गरिरहेको नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।
☞ शब्दावली सङ्ग्रह:विपद् समवेदना रकम
-