
8 वासस्थान
-
-
लामो समय घरबाट टाढिंदा, निम्न अनुसार गर्नुहोस्।
- बिजुलीको सर्किट-ब्रेकर बन्द गर्ने।
- ग्याँसको मूल भल्भ बन्द गर्ने।
-
तपाईंलाई खोज्ने कोही व्यक्तिले नगर/गाउँपालिका कार्यालयमा सोधपुछ गर्न पनि सक्छन्।
केही समय घरबाट टाढिने हो भने नगर/गाउँपालिका कार्यालयमा सूचना दिइराखौँ।
लामो समय बसोबास गरेको घरबाट टाढिंदा या कतै बसाइ सर्दा बसोबास गरिरहेको नगर/गाउँपालिका कार्यालय र बसाइ सरेको नगर/गाउँपालिका कार्यालयमा प्रक्रिया अपनाउनुहोस्। -
घरबाट टाढा जाँदा कहिलेकाहीँ बसेको क्षेत्रमा फर्किएर नगर/गाउँपालिका कार्यालयले दिने सूचना हेर्नुहोस्।
नगर/गाउँपालिका कार्यालयको सूचनाको लागि घरमा आएको चिठीपत्र हेर्नुहोस्। साथै नजिकको आश्रय स्थल (hinanjo)को सूचना पाटी हेर्ने वा आश्रय स्थलको सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।
-
-
-
“आपतकालीन जोखिम स्तर निर्धारण (oukyuu kikendo hantei)” भनिने घरको जोखिम स्तर बताउने कागज हो।
ठुलो भूकम्प पश्चात् टोकियो महानगरमा दर्ता भएका व्यक्तिले तपाईंको घरमा जोखिम छ छैन हेर्न आई त्यसको नतिजा स्वरूप 3 प्रकारको कागज (रातो/ पहेँलो/ हरियो) टाँस्छ।
कागज टाँसिएको रहेछ भने लेखिए बमोजिम गर्नुहोस्।- रातो रङ्ग:
जोखिमपूर्ण भएकोले घर भित्र नछिर्नुहोला।
- पहेँलो रङ्ग:
घरभित्र छिर्नु पर्दा पर्याप्त सावधानी अपनाउनुहोला।
- हरियो रङ्ग:
यस घरमा न्यून क्षति भएको छ। घरभित्र छिरे पनि हुन्छ।
☞ शब्दावली सङ्ग्रह:आपतकालीन जोखिम स्तर निर्धारण
- रातो रङ्ग:
-
कागज नटाँसिएसम्म घर सुरक्षित छ छैन थाहा हुँदैन।
कागज नटाँसिएसम्म सकेसम्म घरभित्र नपस्नुहोला। -
आपतकालीन जोखिम स्तर निर्धारण भनेको आउँदा दिनमा उक्त भवन सधैँ प्रयोग गर्न मिल्छ वा मिल्दैन भनेर देखाइएको होइन। साथै विपद् पीडित प्रमाणपत्र (risai shoumeisho)को निमित्त चाहिने क्षति छानबिनसँग यसको केही सरोकार छैन।
आपतकालीन जोखिम स्तर निर्धारणको नतिजा जे जस्तो भए पनि घर भत्केको छ भने नगर/गाउँपालिका कार्यालयबाट विपद् पीडित प्रमाणपत्र प्राप्त गरेर घर मर्मत गर्ने योजना बनाऔँ।
विस्तृतमा नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।
विपद् पीडित प्रमाणपत्र बारेमा 9 - 2 हेर्नुहोस्।
-
-
-
घरभित्र थन्कोमुन्को लगाउनु अगाडि घरको कुन ठाउँमा कत्तिको भत्केको छ, कतिसम्म पानी छिरेको छ फोटो खिच्नुहोस्। विपद् पीडित प्रमाणपत्र (risai shoumeisho) या बिमा रकम पाउन उपयोगी हुनेछ।
फोटो खिच्दा घरबाहिर र भित्रकै खिच्नुहोस्।
घरको पुरै भाग र भत्केको भाग तथा पानी पसेको ठाउँको फोटो खिच्ने।घरबाहिरको फोटो- घरको पुरै भाग 4 वटै दिशाबाट खिच्ने।
- घरमा पानी पसेको छ भने पानीको उचाइ थाहा हुने गरी फोटो खिच्ने।
-
जमिनबाट पानी पसेको ठाउँसम्म टेपले नाप्ने।
-
टेपले पानी आएसम्मको उचाइ देखाउने गरी नजिकबाट खिचेको र टाढाबाट खिचेको गरेर दुईवटा फोटो खिच्ने।
मानिसपनि सँगै खिचियो भने पानी आएको उचाइ बुझ्न सजिलो हुन्छ।
घरभित्रको फोटो-
भत्के-बिग्रेको ठाउँ सहित कोठा पुरै आउने गरी फोटो खिच्ने।
-
भत्के-बिग्रेको ठाउँ मात्रको पनि फोटो खिच्ने।
-
नगर/गाउँपालिका कार्यालयमा परामर्श गरेर विपद् पीडित प्रमाणपत्र लिने।
विपद् पीडित प्रमाणपत्र, राज्य वा नगर/गाउँपालिकाबाट सहयोगहरू पाउनका लागि आवश्यक पर्छ।
विपद् पीडित प्रमाणपत्र बारेमा 9 - 2 हेर्नुहोस्। -
घर पूर्ण रूपमा भत्केको रहेछ भने, घर निर्माणका निमित्त पैसा सापटी लिन पाइन्छ। नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।
-
घर मर्मत गर्दा निर्माण-कार्य सुरु हुनुअगाडि नै कस्तो निर्माण-कार्य गर्ने हो, कतिमा निर्माण-कार्य गर्ने हो भनेर लेखेको सम्झौता पत्र निश्चय गर्नुहोस्। हतारिएर मर्मत गर्न खोज्दा ठगीमा परिएला। ध्यान पुऱ्याउनुहोस्।
-
कसलाई अनुरोध गर्ने भनेर थाहा नभएमा वा कुनै चिन्ता भएमा नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।
-
-
-
ठुलो विपद् पश्चात् घरको निर्माण-कार्य या मर्मतहरूमा पैसाको कुराले झगडा आइपर्ने हुनसक्छ।
(जस्तै: छानो निःशुल्क चेक गरेपछि “पानी चुहिएको मर्मत गर्नुपर्छ” भनेर उच्च रकमको सम्झौता गर्न लगायो।)घरमा निर्माण-कार्य वा मर्मत गरिदिन्छु भनेर कोही आए पनि तुरुन्त निर्णय नलिइहालौँ।
अप्ठ्यारो परेमा प्रहरी, नगर/गाउँपालिका कार्यालय वा छिमेकीहरूसँग परामर्श गरौँ। -
सम्झौता गरेपछि पनि पैसा फिर्ता गराउन सकिने हुन्छ। निम्न फोन नम्बरमा परामर्श गर्नुहोस्।
■टोकियो महानगर उपभोक्ता जीवन केन्द्र (Tokyo-to Syohi Seikatsu Sougou Center)फोन नम्बर 03-3235-1155 (5 भाषामा)
परामर्शको लागि पैसा लाग्दैन। कल महसुल भने आफैले तिर्नुपर्छ।https://www.shouhiseikatu.metro.tokyo.lg.jp/sodan/sodan_foreign.html(जापानी भाषा मात्र)
-
-
-
“ब्लूसीट” भनेको पोलिथिनहरू जस्ता सेन्थेटिक रेजिनले बनेको शीट हो।
छानो भत्किँदा, भत्केको भागलाई ब्लूसीटले ढाकेमा वर्षाको पानी चुहिने रोक्न सकिन्छ। -
विपद् उत्पन्न भएको बखतमा नगर/गाउँपालिका कार्यालयले ब्लूसीट वितरण गर्न सक्छ।
नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्। -
आफैले ब्लूसीट लगाउन गाह्रो परेमा नगर/गाउँपालिका कार्यालय या विपद् भोलन्टियर सेन्टरमा परामर्श गर्नुहोस्।
विशेषज्ञ व्यवसायी हुँ भन्दै महङ्गो रकम तिर्न लगाउने व्यक्ति पनि हुन्छन्। होशियार हुनुहोला।
-
-
त्यत्तिकै छोड्यो भने ढुसी पलाउन थाल्छ।
फ्लोरिङ या तातामि-म्याटहरू फुकालेर भुइँ तलको भाग ओभाउन दिनुहोस्।
विशेष प्रविधि आवश्यक पर्ने भएकोले विशेषज्ञ व्यवसायीलाई काम लगाउनुहोस्।
नगर/गाउँपालिका कार्यालय या विपद् भोलन्टियर सेन्टरमा परामर्श गर्नुहोस्।
विशेषज्ञ व्यवसायी हुँ भन्दै महङ्गो रकम तिराउन खोज्ने मान्छेहरू हुन्छन्। होशियार हुनुहोला। -
-
ठुलो विपद् पश्चात् धेरैजसो नगर/गाउँपालिका कार्यालयहरूले केही समयको लागि बस्ने घर स्वरूप “अस्थायी आवास” बनाउँछन्।
आश्रय स्थल (hinanjo) या नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।☞ शब्दावली सङ्ग्रह:अस्थायी आवास
-
अस्थायी आवासबाहेक अरू आफन्त वा चिनजानका व्यक्तिको घर, भाडाको आवास आदि, कहाँ बसोबास गर्ने हो सोचौँ।
विस्तृतमा निम्न पेज हेर्नुहोस्। (4 भाषामा)
■टोकियो अस्थायी बास (टोकियो आवास नीति मुख्यालय)https://www.juutakuseisaku.metro.tokyo.lg.jp/about/leaflet_tokyokari.html(जापानी भाषा)
https://www.juutakuseisaku.metro.tokyo.lg.jp/about/pdf/leaflet_tokyokari_A4_en_01.pdf(अङ्ग्रेजी)
-
-
-
नगर/गाउँपालिका कार्यालयमा परामर्श गरेर, “विपद् पीडित प्रमाणपत्र (risai shoumeisho)” लिनुहोस्। विपद् पीडित प्रमाणपत्र राज्य वा नगर/गाउँपालिकाबाट सहयोगहरू पाउनका लागि आवश्यक पर्छ।
विपद् पीडित प्रमाणपत्र बारेमा 9 - 2 हेर्नुहोस्। -
घर भत्किएर अप्ठ्यारोमा परेका मानिसलाई निम्नानुसारको सहयोग हुनेछ।
-
विपद् पीडित जीवनयापन पुनर्वहाली सहायता रकम:जीवनयापनमा आवश्यक पर्ने रकम प्रदान
☞ शब्दावली सङ्ग्रह:विपद् पीडित जीवनयापन पुनर्वहाली सहायता रकम
-
विपद् सहायता कोष:जीवनयापनको लागि आवश्यक रकम सापटी
☞ शब्दावली सङ्ग्रह:विपद् सहायता कोष
-
विपद् पुनरुत्थान आवास कर्जा:घर पुनः ठड्याउनका निमित्त आवश्यक रकम सापटी
☞ शब्दावली सङ्ग्रह:विपद् पुनरुत्थान आवास कर्जा
विस्तृतमा “विपद् आइपर्दा उपयोग गर्न मिल्ने आर्थिक सहयोग” हेर्नुहोस्।
☞ शब्दावली सङ्ग्रह:विपद् आइपर्दा उपयोग गर्न मिल्ने आर्थिक सहयोग
-
-
के कस्तोमा पैसा सापटी दिने भन्ने कुरा नगर/गाउँपालिका कार्यालय अनुसार फरक पर्छ। नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्।
-
भूकम्पले घर भत्किँदाको बिमामा सामेल हुनुभएको छ भने पैसा पाउन सकिन्छ।
बिमा कम्पनीमा सोधेर प्रक्रिया अपनाउनुहोस्।
-
-
आवास कर्जा तिरिराख्नु भएको अवधिमा विपद्ले घर भत्किएमा ऋण हलुका गरिदिने प्रणाली हुन्छ।
बैङ्क वा नगर/गाउँपालिका कार्यालयमा परामर्श गर्नुहोस्। -
बसोबास गर्ने मानिसहरू सबैजना मिलेर छलफल गरी कस्तो खालको क्षेत्र बनाउने हो निर्णय गर्ने।
त्यसपछि भवन बनाउँदै जाने।
नगर/गाउँपालिका कार्यालयका मानिस पनि सँगै छलफलमा सामेल हुन सक्छन्।
छलफलमा केही वर्ष लाग्न पनि सक्छ।
बसोबास गर्ने मानिसहरूको सोच चाँडै निष्कर्षमा पुग्न सकिएमा चाँडै भवन निर्माण गर्न सकिन्छ।
छलफलमा सहकार्य गरौँ।