災害のときのQ&A

4 खानेकुरा र अन्य वस्तु

食料・物 ページ アイコン

4 खानेकुरा र अन्य वस्तु

  • खानेकुरा, आश्रय स्थल (hinanjo)बाट पाउन सकिन्छ। लिन जाँदा लाम लागेर पर्खनुहोला।
    आवश्यक वस्तुहरू टाइम-टाइममा बाँडिने हुनाले, उक्त बखतमा चाहिने जति मात्र लिनुहोला।

    1. धाराको पानी प्रयोग गर्न नपाउने अवस्थामा पानी आपूर्ति स्थल स्थापना गरिन्छ र पानी आपूर्ति ट्याङ्कर ल्याउने आदि गरेर पानी वितरण गरिन्छ। आश्रय स्थल (hinanjo)हरूमा पनि पानी पाउन सकिन्छ।
      कहाँ पानी पाउन सकिन्छ भनेर नगर/गाउँपालिका कार्यालयमा सोध्नुहोस्।
      प्लास्टिकका जर्किन या प्लास्टिकका बोतल जस्ता पानी हाल्ने भाँडो लिएर जानुहोस्।

    2. ठुलो विपद्‍ले गर्दा पानी नआउने भएकोमा विपद्‍कालीन पानी आपूर्ति स्टेसनबाट पानी पाउन सकिन्छ।
      प्लास्टिकका जर्किन या प्लास्टिकका बोतल जस्ता पानी हाल्ने भाँडो लिएर जानुहोस्।
      विपद्‍कालीन पानी आपूर्ति स्टेसनको स्थान, निम्न पेजबाट खोजबिन गर्न सकिन्छ।

      ■आफ्नो नजिकको विपद्‍कालीन पानी आपूर्ति स्टेसन (टोकियो महानगर खानेपानी ब्युरो)

      https://www.waterworks.metro.tokyo.lg.jp/kurashi/shinsai/ichiran.html(जापानी भाषा)

      https://www.waterworks.metro.tokyo.lg.jp/eng/life/ichiran.html(अङ्ग्रेजी)

    1. धेरैजसो आश्रय स्थल (hinanjo)मा पाइँदैन।
      खानेकुरामा के-के प्रयोग भएको छ, यकिन गरेर खानुहोस्।
      के प्रयोग भएको छ थाहा पाउन नसकेमा आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।


      ☞ शब्दावली सङ्ग्रह : हलालफूड

    2. खान नमिल्ने कुरा भएमा, यस कागज प्रयोग गरेर आश्रय स्थलको मानिसलाई सूचित गर्न सकिन्छ।

      ■खाद्यसामाग्रीको पिक्टोग्राम (FOODPICT) (अन्तर्राष्ट्रिय सम्बन्धका निमित्त स्थानीय स्वायत्त निकायहरूको परिषद्)

      https://www.clair.or.jp/j/multiculture/tagengo/ercard_foodpict.html(जापानी भाषा)

  • आश्रय स्थल (hinanjo) हरूमा एलर्जी अनुरूपको खानेकुरा राखिएको केन्द्र पनि हुन्छ। आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।
    विशेष खालको खानेकुरा छैन भनिएमा खानेकुरामा के-के प्रयोग भएको छ, चेक गरेर खाने गर्नुहोस्।
    एलर्जीले गर्दा खान नमिल्ने कुरा भएमा यस कागज प्रयोग गरेर आश्रय स्थलको व्यक्तिलाई सूचित गर्नुहोस्।

    ■एलर्जी कम्युनिकेशन सीट (टोकियो महानगर जनस्वास्थ्य ब्युरो)

    https://www.hokeniryo.metro.tokyo.lg.jp/shokuhin/allergy/leaflet.html(जापानी भाषा)

  • धेरैजसो आश्रय स्थल (hinanjo)मा निर्मित-दुध (पाउडर वा तरल)/ बेबिफुड/ जाउलो इत्यादि हुने गर्छ। आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।

    1. धेरैजसो ठुलो विपद्‍ आउने बित्तिकैको समयमा पसलमा क्षति पुग्ने वा सामान बेचेर रित्तिने तर पसलमा सामान आपूर्ति नहुने भएर पसल बन्द हुने गर्छ।

    2. केही समय बितेपछि विस्तारै पसल खुल्दै जान्छन्। कुन ठाउँको पसल कहिले खुल्छ भनेर धेरैजसो आश्रय स्थलमा जानकारी टाँसिने गरिन्छ।

    3. ठुलो विपद्‍पछि क्रेडिट कार्ड वा इलेक्ट्रोनिक मनी (Suica/ PayPayहरू) प्रयोग गर्न नमिल्ने हुनसक्छ।
      साथै, पसलमा खुद्रा पैसा नहुन पनि सक्छ। हजार येनको नोट तथा सिक्का पैसा अलि धेरै बोकेर जाऔं।
  • केही समय बितेपछि भने धेरैजसो आश्रय स्थल (hinanjo)मा तातो खानेकुरा बाँडिने गरिन्छ।
    साथै सार्वजनिक सुविधा गृह या पार्क, सामुदायिक भवन, भेला स्थलहरूमा समेत तात्तातो खानेकुरा बनाएर भोज लगाइने (takidashi) कार्य पनि हुन्छ।

  • आश्रय स्थल (hinanjo) बाहेकको ठाउँ (आफ्नो घर, साथीको घर, गाडीभित्र, चर्च वा मस्जिदहरू)मा जीवनयापन गरिरहेका व्यक्तिले समेत धेरैजसो आश्रय स्थलमा खानेकुरा पाउन सक्छन्। आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।

    1. धेरैजसो आश्रय स्थल (hinanjo)मा स्यानेटरि आइटम तथा डाइपर व्यवस्था गरिएको हुन्छ। आश्रय स्थलका सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्।
    2. आश्रय स्थलमा स्यानेटरि आइटम या डाइपर नपाइने त होइन तर धेरै भने हुँदैन। आफू तथा परिवारलाई चाहिने जति अग्रिम रूपमा जोहो गरिराखौँ।