ピックアップ
"हिट स्ट्रोक" 熱中症 _ネパール語

हिट स्ट्रोक भनेको गर्मी मौसमको दिनमा बिरामी हुने रोग हो। तातो र आर्द्रता भएको ठाउँमा हुँदा सजिलै हिट स्ट्रोक हुन सक्छ। शरीरको तापमान अनियन्त्रण हुने भाएकोले गर्मी स्ट्रोक हुन्छ।
बाहिर हुँदा पनि घरभित्र हुँदा पनि गर्मी स्ट्रोक हुन सक्छ।
हिट स्ट्रोकले गर्दा मर्न पनि सक्छ,त्यसैले होसियार हुनुहोस्।
हिट स्ट्रोक भयो भने कस्तो हुन्छ ?
उदाहरणको लागि ...
- सीधै उभिन नसक्ने हुन्छ।
- सीधै हिंड्न नसक्ने हुन्छ।
- वाकवाक लागेर बान्ता हुन सक्छ।
- धेरै पसिना आउन सक्छ।
- शरीर दुख्छ।
- हात र खुट्टा दुखेर त्यसलाई चलाउन नसक्ने हुन्छ।
- शरीर तातो हुन्छ।
- टाउको दुख्छ। आदि
हिट स्ट्रोक नहुनको लागि हिसियर हुनु पर्ने कुराहरु

- दिनमा धेरै पटक पानी पिउनुहोस्।
- धेरै पसिना आउँछ,त्यसैले खानेकुरा वा पिउने कुराबाट नुनको तत्व[नुन]लिनुहोस्।
- शितल हुने चल्न सजिलो लुगा लगाउनुहोस्।
- पसिना आए पनि तुरुन्तै सुक्ने लुगा लगाउनुहोस्।
बाहिर हुँदा होसियार हुनु पर्ने कुराहरु
- बाहिर निस्कने बेला टोपी वा छाता प्रयोग गर्नुहोस्।
- शीतल छाया[घाम नलाग्ने ठाउँ]मा हिंड्नुहोस्।
- कहिलेकाहीं शितल छायामा आराम गर्नुहोस्।
- सकेसम्म शीतल भएको समयमा बाहिर निस्कनुहोस्।
घर/कोठा भित्र हुँदा होसियार हुनु पर्ने कुराहरु
- AC(एयर कन्डिसनर) वा पँखा चलाएर कोठा शीतल बनाउनुहोस्।
- पर्दा वा ब्लाइन्ड आदि चीजहरू लगाएर कोठामा घाम आउन नदिनुहोस्।