विपद् रोकथाम र विपद्को बेलामा उपयोगी हुने जानकारी

हामीले टोक्यो तथा टोक्यो छेउछाउका क्षेत्रहरूमा हुने विपद्को तयारीको लागि, विदेशी नागरिकले सजिलोसँग विपद् रोकथाम सम्बन्धी कुराहरू बुझ्न सक्ने गरी, एनिमेशन चित्र प्रयोग गरी, हेरेर बुझिने र लामो समयसम्म याद रहिरहने हेतुले “विपद् रोकथाम चेतना अभिवृद्धि भिडियो” बनाएका छौं। यो भिडियो जापानी, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामिज, नेपाली, पोर्तुगाली र स्पेनिश गरी ८ वटा भाषाहरूमा छ। यो भिडियोबाट भूकम्प आएको बेला ध्यान दिने कुराहरू, भूकम्प आउनु अगाडि तयारी गरेर राख्ने सामानहरू, कार्यस्थल वा बाहिर निस्केको बेला भूकम्प आएको खण्डमा के-कस्ता कुराहरू कसरी गर्ने आदिबारे जान्न सकिन्छ। यो भिडियो हेरेर विपद् रोकथाम सम्बन्धी जागरूकता बढाउनुहोस् र विपद् रोकथामको तयारीमा उपयोग गर्नुहोस्।

भूकम्पको बेला ध्यान दिने कुरा, तयारी गर्ने कुराहरू 06:26

भूकम्पको बेला एकै ठाउँमा बसिरहने! खानेकुरा पनि तयारी गरेर राखौं! 07:34